सोमबार, ०७ जेठ २०८१

संघर्षबाटै लोकसेवामा सफल बाजुराकी रिता, एकैदिन २ परीक्षाबाट सरकारी जागिरमा सिफारिस

बाजुरा : जीवनमा कर्म अनुसारको फल र संघर्ष गरेजत्तिको सफलता अपवाद बाहेक सबैले प्राप्त गर्छन्, नै । तर एउटै व्यक्तिले २४ घण्टाको नबित्दै दुईदुई वटा सफलता प्राप्त कमैले मात्रै प्राप्त गर्ने गर्छन् । ती कमै मध्ये पर्ने भाग्यमानी पात्र हुन् रिता ताम्राकार ।

रिताले भाग्यले भन्दा कर्म र मेहनतले त्यो सफलता हात पारेकी हुन् । बुढीनन्दा नगरपालिका २ कोल्टीकी रिताले एकै दिन दुई लोकसेवा आयोगका परीक्षा पास गरिन् । त्यो पनि मौखिम परीक्षा नै उत्र्तिण गरेर स्थायी जागिरका लागि दुई परीक्षामा एकै दिन सिफारिस भइन् ।

रिता पेशाले स्टाफ नर्स हुन् । उनले कक्षा १ देखि ८ सम्म जनप्रकाश मावि कोल्टी र ९ र १० नन्देश्वरी मावि कोटीलामा अध्ययन गरिन् । सरकारी विद्यालयमै पढेर वीर अस्पताल नर्सिङ क्याम्पसमा स्टार्फ नर्स अध्ययन गरिन् । आमा बुबा कोल्टी बजारमा सानो टिनको खोको बनाएर व्यापार गथ्र्ये ।

परिवार सम्पन्न थिएन् । गरिबी र विपन्नता परिवारको प्रमुख समस्या नै थियो । एक दाई, एक भाई र एक बहिनी सहीत चार सन्तानलाई टिनको खोकोमा राखिएको गाउँको पसलको आम्दानीले पढाउन कम्ता दुख गर्नु परेन् । सबै सन्तान ठाउँमै पुगेको र त्यसैमा रिताको सफलताले धेरै खुसी मिलेको आमा दुधकला ताम्राकारको भनाई छ ।

२०७५ सालमा मा स्टार्फ नर्स पास गरेकी रिताले २ वर्ष कोल्टी गाउँकै आधारभुत स्वास्थ्य संस्थामा जागिर गरिन् । त्यो उनको बाध्यता थियो । लागेको परिवार ऋण तिर्न बाँकी थियो । लगत्तै लोकसेवा तयारी कक्षा पढ्न सहज थिएन्, उनी त्यो दिन सम्झिन्छन् ।

२ वर्ष जिल्ला अस्पताल बाजुरामा पनि जागिर गरिन् । जागिर गर्दै गर्दा लोकसेवाको परीक्षा पास हुनेअवस्था नभएपछि उनी २०७९ मा तयारी कक्षाका लागि काठमाडौं गएकी रिताले एकै वर्ष तीन वटा परीक्षामा सफलता हासिल गरिन् । जेष्ठ, भदौ र असोजमा उनले लिखित परीक्षा दिएकी थिइन् । दिएका सबै परीक्षामा सफल भइन् ।

लुम्बीनी र सुदूरपश्चिममा अनमी तर्फ नाम निस्कीयो, संघीय लोक सेवा आयोग तर्फ स्टार्फ नर्समा नाम निस्कीयो । तीन परीक्षा उत्र्तिण गरेका मध्ये संघीय लोक सृवा आयोग तर्फ परीक्षाफल माघ १६ गते र सुदूरपश्चिम प्रदेश लोक सेवाको माघ १७ गते प्रकाशित भयो ।

दुबै परीक्षामा रिताको नाम एक नम्बरमा थियो । २४ घटा नबित्दै २ परीक्षामा सिफारिसहुने रिता सघर्ष गर्ने मध्येकी पनि भाग्यमानी हुन् । संघ तर्फको स्टार्फ नर्समा १ जनाको मात्रै कोटा थियो । त्यसैमा कोटामा डडेल्धुरा जिल्ला अस्पतालमा दरबन्दी रहनेगरि रिता सिफारिस भईन् । जहाँ मौखिकसम्म पुग्दा चार जना बीच प्रतिस्प्रर्धा थियो ।

यस्तै सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग अन्र्तगत अनमी तर्फपनि २ जनाको कोटामा रिता पहिलो भइन् । उनको पञ्चदेवल विनायक गाउँपालिका अछाममा सिफारिस भएको छ । अब रोजेर भन्दा पनि स्टार्फ नर्सको पाँचौ तहको जागिरको दरबन्दी बुझ्न डडेल्धुरा पुगेको रिताले सुनाइन् ।

लुम्बीनी प्रदेशको मौखिक परीक्षा फागुन २५ गते छ । त्यो अनमी कोटाको हो । निकाल्नेमा ढुक्क थिएँ, तर अब दिनुको अर्थ नै रहने, खुसी हुदै रिताले भनिन् । संघर्ष गर्नुको मजा नै सफलता रहेछ, जागिर नै जिन्दगी होइन्, तर जीवन सफल बनाउन सघर्ष आवश्यक पर्छ भन्ने सिकाइ भएको रिताले सुनाइन् ।

सपना थियो, सरकारी जागिर खाने, नाम निकाल्ने विश्वास पनि राखेकी थिएँ, तर एकैदिन दुई कार्यालयको जागिर पाउने र सिफारिस हुने कल्पना पनि थिएन्, मेहनत गर्दा प्राप्त भयो, धेरै खुसी छु, रिताले थपिन्, । अरुका लागि यो सानो कुरा होला तर हाम्रा लागि धेरै ठूलो सफलता हो, यो सफलताको सबै श्रेय पेटमारि पढाउने आमा बुबालाई दिन चाहन्छु, खुसी हुदै रिताले भनिन् ।

कक्षा १ बाटै पहिलो र दोस्रो हुने रिता अस्थायी करार जागिरमा पनि पहिलो दोस्रो नम्बरमा नाम निकाल्नेमा पर्छिन् । दलित परिवार, त्यसैमा आमा बुबाको खाइनखाइ गरेको संघर्षलाई सफलताको सिँढी चढेर नै सन्तानले ऋण तिर्नु पर्ने हुन्छ, त्यो रिताले गरेकोमा गर्व लागेको भन्नु हुन्छ, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा ।

सरकारी विद्यालय पढ्नेहरु कमजोर हुदैन्, बाजुराका कमजोर छैनन् । संघर्ष गर्नेहरुले सफलता अवश्यै प्राप्त गर्छन् भन्ने प्रमाणित बाजुराकी छाया कुमारी जैशी र रिता ताम्राकारले गरेकी छन् । यस्को निरन्तरता स्थानीय सरकारको शिक्षा नीतिबाटै हुन आवश्यक हुने र सबै लाग्नु पर्नेमा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको जोड छ ।  

बेरोजगारी समस्या बढेको, अवसरको खाँचो भइरहेको बेला रिताको सफलताले युवामा नयाँ उर्जा र सिकाइ प्राप्त गर्न सहयोग पुगेको बडीमालिकाका नगरउपप्रमुख नन्दा थापाको विश्वास छ । रिता ताम्राकार हाल विहेपछि बडीमालिका नगरपालिका ९ की स्थायी बासीन्दा हुन् ।

आमा बुबाकै संघर्षले रिताका दाई र भाई पढाइको शिलशिलामा जापान छन् । कान्छी बहिनी पनि सिटीइभिटी अन्र्तर्गतको छात्रवृत्ती कोटामा हेल्थ असिष्टेन्ट पढिरहेकी छन् । मेहनत गरे सब संभव छ भन्ने कुराको प्रमाणित गरेकी रिता सरकारी जागिरको रहरका बोकेकाहरुका अभाव र गरिबीले रोक्दैन्, संघर्ष र लगाव भए पुग्छ भन्ने कुराको प्रेरणा हुन् ।

 

प्रतिक्रिया दिनुहोस