सोमबार, ०७ जेठ २०८१

हाडजोर्नी तथा नसा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट २०२ जनाले लिए सेवा

बाजुरा : गौमुल गाउँपालिकामा हाडजोर्नी, नास तथा मेरुदण्ड सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको सहजीकरण र आईएनएफ नेपाल हरियो खर्क पोखरा कास्की आउट रिज परियोजनाको आयोजनामा गरिएको १ दिने निःशुल्क शिविरबाट २०२ जनाले विशेषज्ञ सेवा लिएका छन् ।

घट्मुना आधारभूत अस्पताल गौमुलमा सहज स्वास्थ्य सेवा उपलब्ध गारउने उद्देश्य सहीत सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न प्रकारका बिरामीहरुले विशेषज्ञ डाक्टर सहीतको सेवा लिएका हुन् । 

गाउँमै विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर सञ्चालन गरेपछि भौगोलिक विकटता र कमजोर आर्थिक अवस्थाका कारण सुविधा सम्पन्न अस्पताल सम्म जान नसकेका धेरैजसो नागरिकहरुले निःशुल्क स्वास्थ्य शिविरबाट सहजै सेवा पाएका छन् ।

निःशुल्क स्वास्थ्य शिविरमा डाडजोर्नी, नसा तथा मेरुदण्ड विशेषज्ञ डाक्टर दिवास (कटवाल) क्षेत्री र फिजियोथेरापिस्ट डाक्टर प्रेम बस्यालले सेवा दिएका दिए ।   

जनरल मेडिसन, हाडजोर्नी, नसा तथा मेरुदण्ड, फिजियोथेरापिस्ट लगायत १० प्रकारका उपचार सेवा निःशुल्क उपलब्ध गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उपचार सम्भव नभएका जटिल खालका विरामीहरुलाई थप उपचारका लागि आईएनएफद्धारा सञ्चालित सुविधा सम्पन्न अस्पताल पठाउने समेत व्यवस्था रहेको थियो । 

शिविरमा मेरुदण्ड सम्बन्धी समस्या भएका विरामीलाई निःशुल्क औषधी र १६ जनालाई कम्पर बेल्ट पनि उपलब्ध गरिएको थियो । कान सम्बन्धी २ जना, ल्याप ५ जना र ३५ जनाले एक्सरे सेवा लिएको थिए ।       

निःशुल्क शिविर सञ्चालन गरी रोगबाट ग्रसित भएका दुर्गम ठाउँका नागरिकलाई गाउँमै उपचार सेवा प्रदान गरेकोमा गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरेका छन् । 

नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँने गरी गाउँपालिकाले सम्बन्धीत निकायसंग साझेदारी गरी क्रमस विभिन्न समस्याका कारण उपचारबाट बञ्चित भएका र सुविधायुक्त स्वास्थ्यको पहुँचमा नभएका नागरिकहरुलाई लक्षित गरी गाउँपालिकामा समय समयमा फरक–फरक रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको अध्यक्ष रोकायाले बताएका छन् ।

गाउँपालिकामा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको भन्दै अझै जनतालाई सहज र भरपर्दो सेवाहरु दिने लक्ष्य आफूहरुको रहेको बताए । उनले भने हाडजोर्नी, नसा तथा मेरुदण्ड सम्बन्धी जिल्लामै राम्रो उपचार सेवा छैन्, उपचारका लागि सुविधा सम्पन्न अस्पताल सम्म जाने धेरैको आर्थिक अवस्था पनि छैन् । यस्ता धेरै समस्याले थलिएका र रोग पालेर बस्नुपर्ने बाध्यतालाई हल गर्न गाउँमै हाडजोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर सहीतको शिविर सञ्चालन गरिएको हो ।

हाजजोर्नीको उपचार गाउँमै पाएपछि खुशी लागेको शिविरमा सेवा लिन आएका गौमुल गाउँपालिका ६ का स्थानीय डबल चदाँराले बताएका छन् । उनले स्थानीय सरकार आईसकेपछि धेरै सुविधा पाएका छौ, साना साना विरामका लागि पनि जिल्ला बाहिर धाउनु पर्ने बाध्यता यसअघि थियो, तर आजभोली हाडजोर्नी, नसा, डाढ लगायत जटील खालका विरामको उपचार पनि गाउँमै पाउने गरेका छौ खुशी हुदै बताए ।  

प्रतिक्रिया दिनुहोस