सोमबार, ०७ जेठ २०८१

एमाले स्वयंसेवकले बनाए जाजरकोटमा ७१३ अस्थायी आवास

कर्ण धामी 
जाजरकोट : कार्तिक १७ गते आएको भुकम्पमा परेका जाजरकोटका घर  ब्यबस्थापन तथा अस्थायी आवास निर्माणको लागि नेकपा एमालेले जाजरकोटमा ७ सय १३ अस्थायी आवास निर्माण गरि हस्तान्तरण गरेको छ । यस्तै ६ सय भुकम्पबाट प्रभाबित बनेका घर ब्यबस्थापन गरेको छ । 

अनेरास्ववियु, अखिल नेपाल किसान महासंघ,रास्ट्रीय युवा संघ, जिफन्ट कमिटी लगायत आफ्नो पार्टिको भातृसंगठनहरु परिचालन गरेको स्वयंसेवक परिचालन कमिटी संयोजक किरन पौडेलले बताउनु भयो । 

यस्तै अनेरास्ववियु केन्द्रिय सचीव तथा प्रवक्ता प्रकाश पौडेलका अनुसार अनेरास्ववियु केन्द्रिय ए –वान क्याप 
५ वटा बिध्यालयका अस्थायी निर्माण,२८ घर ब्यबस्थापन, ८ वटा अस्थायी टहरा निर्माण गरेको बताए । यस्तै अखिलको अन्य क्याम्पले तिब्रगतिमा काम भैरहेको समेत बताए । 

यता अखिल नेपाल किसान महासंघको स्वयंसेवक परिचालनको जिम्मेवारी टेक वोगटिले गर्नु भएको छ । उहाँका अनुसार  बारेकोट गाउँपालिकाका बिभिन्न ठाउँमा काम गरि राखेको छ । 

रास्ट्रीय युवा संघ नेपालले भेरी नगरपालिका,नलगाड नगरपालिका,कुसे गाउँपालिका, बारेकोट गाउँपालिका त्यस्तै जिफन्ट कमिटी जिल्लाका विभिन्न ठाउँमा स्वयंसेवक परिचालन छन । 

No description available.स्वयंसेवक परिचालन कमिटी संयोजकका अनुसार अहिले ७१३ वटा अस्थायी टहरा, ६ सय भुकम्पबाट ग्रसित घर निर्माण तथा ब्यबस्थापन गरेको बताए । 

No description available.नेकपा एमालेले जिल्लाभर २७ टिम बनाएको छ । यस्तै पश्चिम रुकुममा १५ टिमले काम गरी रहेका छन ।

प्रतिक्रिया दिनुहोस