सोमबार, ०७ जेठ २०८१

भुकम्पले भत्केका घर र दुखेका मन जोड्दै एमालेका योद्धा

रुकुम र जाजरकोटमा युवा संघ र अनेरास्ववियुको मानव सेवा

रुकुम : राजनीतिक चित्रबाट हेर्दा रुकुम पश्चिम माओवादी केन्द्रको आधार इलाका हो । यसो भनिरहँदा जाजरकोट पनि कमजोर छैन् । यहाँ सबै भन्दा बलियो माओवादी केन्द्र त्यसपछि कांग्रेस छ भने एमाले कमजोर अवस्थामा छ ।

तर विचार र सिद्धान्तले राजनीतिलाई जोडेपनि मन जोड्न मानवता चाहिन्छ । जुन मानवताको सेवामा सक्रिय छन्, नेकपा एमालेका योद्धाहरु । अनेरास्ववियु, राष्ट्रिय युवा संघ, खेलकुद महासंघ सहीत एमालेमा आवद्ध मजदुर संगठनहरुको रुकुम र जाजरकोटमा बाक्लो उपस्थिति छ । 

एमाले बलियो बन्दै गइरहेका अवस्थामा २०५५ फागुन २१ गते एमाले रुकुमका तत्कालीन सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार यदु गौतमको माओवादीहरूले घाँटी काटेर हत्या गरे ।

त्यसपछि यहाँ एमाले बलियो हुन नसकेको उक्त घटना देख्ने बुझ्ने बताउँछन् । यदु गौतमको हत्या गरिएको २५ बर्ष पछि त्यहि ठाउँमा आएको भूकम्पमा एमालेको सक्रियता माओवादी केन्द्र र अन्य पार्टी भन्दा धेरै ठुलो र जिम्मेवार देखिएको छ ।

रुकुम पश्चिममा १ प्रतिनिधि सभा दुई प्रदेश सभा ६ स्थानीय तह, ७३ वडा छन् । संघ, प्रदेश र स्थानीय तहको प्रमुख उपप्रमुख अध्यक्ष तथा उपाध्यक्षमा एमालेको उपस्थिति शून्य छ । ७३ वडा मध्ये एमालेले २ वडाध्यक्ष मात्रै जितेको छ । तर चुनावमा एमाले हारेपनि  भुकम्प पछि एमालेले भत्केको मन जितेको देखिन्छ । 

कात्र्तिक १७ गते शुक्रवार राति ११ः४७ मा जाजरकोट बारेकोट रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प आयो । भूकम्पका कारण ५३ जनाको पश्चिम रुकुममा मृत्यु भएको छ भने २०२ जना घाइते भएका छन् । सयैको संख्यामा घर भत्किएका छन् । करोडौंको क्षति भएको छ । 

हेर्दा लाग्छ सिंगो मानव जीवन नै अस्तव्यस्त छ । घरबार विहिन, बेसाहारा र बेघरबारको अवस्थामा स्थानीय छन् । चिसोको सेकाइले कयैं विरामी र अलपत्र छन् । घरसँगै मनपनि भत्किएका छन् । ती भत्केका घर र दुखेका मन जोड्ने कार्यमा यतिबेला नेकपा एमालेका योद्धाहरु सक्रिय छन् । 

दशै र तिहारले केही ढिलागरि पुर्ननिर्माणको काममा खटिन परेपनि स्थानीयले मानव सेवाका लागि उद्दार र पुननिर्माणमा आएकाजतिलाई मनदेखि नै स्वागत गरेका छन् । घरवार जोहो गरिदिने र बस्ने साहरा बनाइदिने सूचीमा सरकार माथि एमाले देखिएको दाबी अनेरास्ववियुका महासचिव नरेश रोकाया गर्छन् ।

सकारको पातलो उपस्थिति देखिन्छ । अन्य पार्टीका साथीहरु पनि फाटफुट देखिन्छन्, तर ती प्रचारका लागि सस्तो लोकप्रीयता कमाउन आएजस्तो अवस्था छ, त्यो स्वयम यहाँका स्थानीयलाई सोधे पनि हुन्छ, महासचिव रोकायाले थप्नु भयो ।

रोकायाले उद्दार, पुननिर्माणका लागि खटिएको हालको जनशक्ति पनि कम देखिएको जानकारी गराए । नेकपा एमालेले देशैभरिबाट करिब १ हजार ५ सय बढी संख्यामा अनेरास्ववियु, युवा संघ, मजदुर संगठन, खेलकुद महासंघबाट स्वयम सेवक खटाएको छ ।  यहाँ २५ जनाको दरले ५० बढी समूहमा विभिन्न स्थानमा भग्नावशेष व्यवस्थापन र पुनर्निर्माणको काम भइरहेको छ ।

अन्य पार्टीका केही नेता कार्यकर्ता पनि देखिन्छन् । त्यो संख्या मात्रै प्रर्याप्त छैन् । खाने र बस्ने दुबै समस्यामा रहेका भुकम्प पीडितको समयमै व्यवस्थापन नगरिए चिसोले ठूलो संकट ल्याउने खतरा पनि बढेको पुननिर्माणमा खटिरहनु भएका नेकपा एमाले प्रदेश कमिटी सदस्य युवराज शाहीले बताएका छन् ।

May be an image of 6 people and people climbingविरामीको संख्या बढ्दै छ । बालबालिका, वृद्धवृद्धा र दिर्घरोगीहरुमा चिसोको संक्रमण च्यापीदो अवस्थामा छ । समयमै बासको व्यवस्थापन गर्न स्वास्थ्य कर्मीको समेत सुझाव छ ।

एमालेले पार्टी आस्थावान, स्वास्थ्य कर्मी, इन्जिनियर, सहीतको जनशक्ति पठाएपनि त्यो नै प्रर्याप्त नभएकोले थप संख्या सक्रिय हुनु पर्ने र राज्य जिम्मेवार देखिनु पर्ने सुझाव युवा संघका पूर्व अध्यक्ष किरण पौडेलले बताएका छन् । राज्यको उपस्थिति नै नदेखिएको आरोप पीडितहरुले नै बताउने गरेका छन् ।

उसोत त माओवादी प्रभावको क्षेत्रमा एमालेको प्रभावकारी काम भइरहेको छ । उद्दार र राहतका लागि जुट्न अरु पार्टीले उर्दि जारी गर्दा एमालेका योद्धाहरु मैदानमा खटिसकेका थिए । मजदुर संगठन, युवा संघ र अनेरास्ववियुले मंसिर नलाग्दै स्वमसेवी कार्यमा जुटिरहेका छन् ।

यहाँ पूर्ण रुपमा १६ हजार ५७० घर क्षति भएको छ भने आंक्षिक घरहरू ९ हजार ९६१ क्षति भएको छ । पश्चिम रुकुमबाटै प्रतिनिधि सभामा निर्वाचित जनार्दन शर्मा पूर्व अर्थमन्त्री हुन् । 

प्रदेश सभा २ बाट निर्वाचित राजकुमार शर्मा कर्णाली प्रदेशका मुख्यमन्त्री छन् । तर, पनि यहाँका नागरिकहरूले अहिले सम्म राहत र क्षतिपूर्ति पाउन सकेका छैनन् । ढलेका घरहरू पनि अहिले सम्म पुर्न निर्माण हुन सकेको छैन ।

May be an image of 5 peopleयता माओवादी निष्क्रिय भएको आरोप लागिरहेको बेला एमालेले भने माओवादीको आधार इलाकामा पुर्न निर्माणलाई तीव्रता दिएको छ । विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेल नेतृत्वको दस्ताले हप्तादिन देखि जाजरकोट र रुकुममा पुनर्निर्माण तथा भग्नावशेष व्यवस्थापन गरिरहेको छ ।

माओवादीको आधार इलाका रुकुम पश्चिममा मात्रै एमालेका ४ सय स्वयंसेवक खटिएका छन् । उनीहरुले यहाँ अहिले सम्म सय भन्दा बढि घर पुर्न निर्माण गरिसकेका छन् । पनि माओवादीको आधार इलाकामा माओवादीबाटै त्यति चासो नदिएको स्थानीयले गुनासो गर्ने गरेका छन् । 

May be an image of 2 people, fire, tree and foundryMay be an image of 6 people and treeMay be an image of 6 people

प्रतिक्रिया दिनुहोस