सोमबार, ०७ जेठ २०८१

पोषण अवस्था सुधारको माग सहीत मुक्तिकोट बासीले बुझाए गाउँपालिकालाई ज्ञापन पत्र

कोल्टी : पोषण अवस्था सुधारको माग सहीत मुक्तिकोट बासीले स्वामिकात्र्तिक खापरगाउँपालिकालाई ज्ञापन पत्र बुझाए छन् । गाउँमा गठन गरिएको कुपोषण खाद्य अधिकार प्रभावित समूहद्धारा ज्ञापन पत्र बुझाएका हुन् । 

पाँच बुदेँ माग सहीत गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको फियन नेपालका बाजुरा प्रतिनिधी सविता थापाले बताएकी छन् । गाउँमा रहेका समूहलाई फियन नेपालले नै सहजिकरण र शसक्त बनाउने र समस्या बारे सचेत पार्ने काम गरिरहेको छ । 

गाउँमा खानेपानीको सहज आपूर्ति हुनु पर्ने, सिँचाइ सुविधा निर्माण गरिनु पर्ने, कुपोषित आमा र बच्चालाई बिशेष पोषण कार्यक्रम लागु गर्नु पर्ने, बस्ती स्थान्तरण र रोजगारीका लागि पहल गरिनु पर्ने माग सहीत ज्ञापन पत्र बुझाएको समूहका सहजकर्ता धनपति विकले बताएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायालाई ज्ञापनपत्र बुझाएका हुन् । उहाँले मागहरु जायज रहेको र आफुले पालिकाका जनप्रतिनिधि र कार्यपालिकाको बैठकमा पेश गरेर आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् ।
मुक्तिकोट कुपोषणले सिकार बनेको दुर्गम गाउँ हो ।

सामाजिक सञ्जाल, सञ्चार माध्यमको खोजि पत्रकारिता पछि अवस्था बारे राज्य जानकार बनेको थियो । केही समय केही मुक्तिकोटमा नेपाल सरकार, फियन नेपाल सहीतका सरकारी तथा गैर सरकारी निकायले काम गरिरहेका छन् ।

मुक्तिकोटका स्थानीय अवस्थामा सुधार भएको छैन् । अभाव र समस्या पुरानै अवस्थामा रहेको फियन नेपालका बाजुरा प्रतिनिधी सविता थापाले बताएकी छन् । केही गर्न सुरुवाद गरिएपनि अझै धेरै गर्नु पर्ने र राज्य थप जिम्मेवार हुनु पर्ने सुझाव सहीतको छलफल समेत स्थानीयसँग गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस