सोमबार, ०७ जेठ २०८१

बुढीगंगा ५ लाई बाल विवाह मुक्त र महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा

बाजुरा : बुढीगंगा नगरपालिका ५ लाई विवाह मुक्त र महिनावारी स्वच्छता व्यवस्थापन मैत्रीक वडा घोषणा गरिएको छ । बाल विवाहलाई शुन्य अवस्थामा झारेको र महिनावारी स्वच्छताका सबै प्रकारका सूचकहरु पनि पुरा गरेपछि वडालाई घोषणा गरिएको हो । 

विहेवारी २० पारी अभियानालाई सहयोग गर्न वडा बासी प्रतिवद्ध छन् । भने महिनावारी स्वच्छताका लागि पनि प्रत्येक घर परिवार र स्वयम व्यक्तिले प्रतिवद्धता सहीत व्यवहारिक कार्यान्वयन गरेपछि घोषणा गरिएको नगर उपप्रमुख माया कुँवरले बताएकी छन् ।

घोषणा नगर प्रमुख रामबहादुर बानीयाँले औपचारिक कार्यक्रमका बीच गरेका हुन् । बाल विवाह मुक्त वडा घोषणा हुनेमा बुढीगंगा नगरपालिकामा ५ नम्बर वडा दोस्रो बनेको छ । यस अघि बुढीगंगा ४ लाई घोषणा गरिसकिएको छ । 

बाल विवाह मुक्त घोषणा र महिनावारी स्वच्छता व्यवस्थापनका सबै सूचक पुरा गर्ने वडाका रुपमा ५ लाई घोषणा गरिएको वडा अध्यक्ष चक्रबहादुर थापाले बताएका छन् । नगरपालिकासहीत पीसविन, गुडनेवर्स इन्टरनेशनल, सहयोगी हातहरुको समूह सहासको सयुक्त सहकार्यमा घोषणा गरिएको छ ।

नगरका प्रमुख, उपप्रमुख सहीत सबैको सहभागितामा घोेषणा गरिएको हो । सहयोगी निकायका प्रतिनिधी, वडा बासीहरुको भव्य सहभागिता रहेको थियो । वडा बासीले बाल विवाहलाई पूर्ण रुपमा बन्द गरिसकेको अवस्था छ । भने महिनावारी स्वच्छताका सूचकहरु पनि सुधार हुदै गएका छन् ।  

प्रतिक्रिया दिनुहोस