आइतबार, ३० बैशाख २०८१

सद्भावका लागि बुढीनन्दाले दशैं बिशेष शुभकामना आदान प्रदान

कोल्टी : बुढीनन्दा नगरपालिकाले दशैं तिहार र छठ पर्वको अवसर पारी शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । आपसी सद्भाव र सहकार्यका लागि शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

नगर पालिकाले हरेक बर्ष झै यो बर्ष पनि शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरीएको हो । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन भएको थियो । 

कार्यक्रममा नगर उप–प्रमुख रामबहादुर बोहरा नि. प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाह एक देखि १० सम्मका वडाध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाको साँस्कृतिक टिमले साँस्कृतिक प्रस्तुती दिएको थियो ।

बुढीनन्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन महेश कार्कीले गर्नुभएको थियो । कार्यक्रम नगर प्रमुख बोहराले पालिका भित्रको पारिवारीक सम्बन्ध र हार्दिकतालाई कायम गरि दशैं तिहार मनाउन आग्रह गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस