सोमबार, ०७ जेठ २०८१

दशैं मनाउन सहजताको माग गर्दै बुढीनन्दाका नगर प्रमुखलाई खाद्य सञ्जालको ज्ञापन पत्र

कोल्टी : दशैं मनाउन सहजताको माग गर्दै बुढीनन्दा नगरपालिकाका नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ । स्थानीय खाद्य अधिकार संजाल बुढीनन्दा नगरपालिकाले ६ बुदेँ ज्ञापनपत्र बुझाएको हो । 

चाड पर्वको समयमा पनि खाद्य ब्यवस्था तथा ब्यापार कम्पिनी लिमिटेड कोल्टी डिपोमा अहिलेसम्म खाद्यान्न नभएको र खानलाई समेत खाद्यन्न नहुने अवस्था आएपछि सञ्जालले नगर प्रमुख जनक कुमार बोहरालाई ज्ञापनपत्र बुझाएको संजालका अध्यक्ष महेश कार्कीले बताएका छन् ।

वास्तविक किसान पहिचान गरी सुचिकृत गर्न सुचिकृत भएका किसानहरुलाई बर्गिकरण गरी बर्गिकरणका आधारमा परिचयपत्र वितरण गर्न आवश्यक पहल र  कोल्टीमा उडान हुदै आईरहेको हवाई क्षेत्रमा सदावहार हवाई भाडामा मनोमानी भईरहने समस्यालाई तत्काल सामाधान गर्न समेत संजालले अनुरोध गरेको छ । 

ज्ञापनपत्र बुझ्दै नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले नगरपालिकाबाट गर्न सकिने प्रतिबद्ध रहेको बताउनुभएको छ । जनताले पैसा तिरेर भात खान खोज्दा पनि जनतालाई भनेजति चामल समेत उपलब्ध नगराउनु राज्य नै दोशि भएको बताउदै दशै अगाबै कोल्टी डिपोमा चामलको प्रबन्ध मिलाउने नगर प्रमुख बोहराले बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस