शनिबार, २९ बैशाख २०८१

जनप्रकाश माविको शैक्षिक स्मारिका विमोचन

बाजुरा : जनप्रकाश माद्यामिक बिद्यालयले प्रकाशित गरेको शैक्षिक स्मारिका विमोचन गरिएको छ । २०७८ सालमा प्रकाशन गरिएको शैक्षिक स्मारीकाको औपचारिक कार्यक्रममा बीच बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले विमोचन गरेका हुन् ।

May be an image of textविद्यालय स्थापनाका ७० वर्ष पुरा गरेको अवसरमा अनुसन्धानमुलक लेख रचनाहरुका संगालो स्वरुप बिद्यालयको ऐतिहासिक लेख समेटीएको शैक्षिक स्मारीका प्रकाशन गरिएको विद्यालयका प्रधानाध्यापक अनोजराज गिरीले बताएका छन् ।

गिरीले नै सम्पादन गर्नु भएको स्मारिकामा विभिन्न क्षेत्रका ५१ जनाका लेख रचना समेटिएका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नन्दराम बिष्टको अध्यक्षतामा सञ्चालन भएको शैक्षिक स्मारीका बिमोचन कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा रहनुभएको थियो । 

विमोचन समारोहमा बुढीनन्दा नगरपालिकाका उप प्रमुख रामबहादुर बोहरा, प्रबक्ता जंगवीर रोकाया सहीत वडाध्यक्ष, पार्टी प्रतिनिधी सहीत सहभागि थिए । विमोचन समारोहको सञ्चालन नहकुल जोशीले गरेका हुन् । नगर प्रमुख जनक कुमार बोहराले स्मारिकाले विद्यालयको इतिहासलाई जीवन्त राख्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस