आइतबार, ३० बैशाख २०८१

बाजुरामा बाल दिवसको रौनक, विद्यालय र पालिका केन्द्रमा मनाइयो बाल दिवस

बाजुरा : ५९ औं बाल दिवस सबैजसो विद्यालयले भव्यताका साथ मनाएका छन् । बाल अधिकार, बाल संरक्षण, बाल विकास र बाल बचाउका विषय केन्द्रीत सिर्जनात्मक कार्यक्रम आयोजना गरि विद्यालय स्तरमै बाल दिवस मनाइएको छ । यो वर्ष बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नारा तय गरिएको थियो ।

नौ वटै स्थानीय तहले पालिका स्तरीय कार्यक्रम गरि बाल दिवस मनाएका छन् । नाचगान, वक्तत्व, नृत्य, निबन्ध, वादविवाद, साँस्कृतिक कार्यक्रम सहीतका कार्यक्रम गरेर दिवस मनाइएको छन् । बुढीनन्दा नगरपालिकाले १० वटै वडाका साँस्कृतिक प्रस्तुती सहीत कार्यक्रम गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

बडीमालिका नगरपालिकाले पालिका स्तरीय विद्यालय बीच प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरि मनाएको छ । बुढीगंगा, खप्तड छेडेदह लगायतका स्थानीय तहले पालिका स्तरीय विद्यालयका बीच कार्यक्रम आयोजना गरेको छ । 

स्वामिकात्र्तिक, हिमाली, जगन्नाथ लगायतका पालिकामा विद्यालय स्तरमा पनि कार्यक्रम आयोजना गरिएको छ । भदौ २९ गते आयोजना हुने बाल दिवसलाई नेपाल सरकारले बाल अधिकारको ग्यारेन्टी सहीतको महत्वका साथ मनाउने गरेको छ ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुल्सीराम रोकाया रहनु भएको थियो । नगर उपप्रमुख नन्दा कुमारी थापा, द्र सापकोटा सहीत कार्यक्रम सहभागि हुनु भएको थियो ।

राम बहादुर कटुवालले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत देबेन्द्र सापकोटाले गर्नु भएको हो । ११ विद्यालय सहभागि कार्यक्रममा चकलेट दौड, प्राथमिक तह हिसाब दौड, आधारभूत तह वक्तृत्व कला र माध्यमिक तह कबिता प्रतियोगिता आयोजना गरेको हो ।

चकलेट दौडमा प्रथम कन्भर्स एकेडेमी, द्धितीय नेरा आधारभुत विद्यालय, र तृतीय बडिमालिका ईङलिस बोडिङ स्कुल भएका छन् । यसैगरी हिसाब दौडमा चौराटा आधारभुत विद्यालय प्रथम, क्रियटर जोन ऐकेडेमी द्धितीय र मष्टेश्वरी आधारभुत विद्यालय तृतीय भएका छन् ।

वक्तृत्वकलामा कन्भर्स ऐकेडेमी प्रथम, बडीमालिका बोडिग स्कुल द्धितीय, मालिका मावि तृतीय र क्रियटर जोन ऐकेडेमी सान्त्वना स्थान ल्याउन सफल भएका छन् । कविता तर्फ क्रियटर जोन ऐकेडेमी प्रथम, मालिका मावि द्धितीय, मालिका मावि नै तृतीय र ज्ञानोदय मावि सान्त्वना स्थान ल्याउन सफल भएका छन् । सबै विजेतालाई पुरस्कार सहीत प्रमाण पत्र पनि प्रदान गरिएको छ ।

बुढीनन्दामा पनि भब्य  कार्यक्रम

बुढीनन्दा नगरपालिकाको महिला बालबालिका तथा जेष्ट नागरीक शाखाको आयोजनामा उक्त कार्यक्रम मनाईएको हो । नगरपालिकाको उक्त शाखाले आयोजना गरेको कार्यक्रममा १० वटै वडाबाट छनौंट भई आएको बिद्यालयका बिद्यार्थीहरुको नृत्य प्रतियोगिता र बक्तृत्वकलाको आयोजना गरी कार्यक्रम मनाएको छ ।

२०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालबाट भने भदौ २९ मा मनाउन थालिएको हो । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट बालअधिकारसम्बन्धी महासन्धी पारित भएपछि नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो । त्यसअनुसार नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ मा मनाउन थालेको हो ।

नृत्य प्रतियोगितामा बुढीनन्दा नगरपालिका दुईको हातेमालो बोडीड स्कुलले प्रथम स्थान हाशिल गरेको छ । द्धितिय बुढीनन्दा ९ को हिमाली आधारभुत बिद्यँ भएको छ भने बुढीनन्दा नगरपालिका तितृय बुढीनन्दा ४ को देबडाँडा माबि कुरु भएको छ । त्यस्तै बक्तृत्वकलामा छात्र तर्फ बुढीनन्दा नगरपालिका २ जनप्रकाश माबिका मार्सल देवकोटा, द्धितिय बुढीनन्दा १ बाँधु माबिका आयुस गिरी र तितृय बुढीनन्दा १० सत्य माबीका उर्केन थापा भएका छन् ।

छात्रातर्फ बुढीनन्दा ५ नन्देश्वरी माबिकी करुण मल्ल द्धितिय बाँदु मामीकी निरुता गीरी र तितृयबुढीनन्दा १ जप्रकाश माबिका सरीता गिरी हुनुभएको छ । उक्त प्रतियोगितामा स्थान ल्याउनेलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको निर्णयक मण्डलका संयोजक प्रेम नेपालीले जानकारी दिनुभयो ।

बुढीनन्दा नगरपालिकाको महिला बालबालिका तथा जेष्ट नागरीक शाखा प्रमुख गंगा गिरीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा रहनुभएको थियो । कार्यक्रममा बुढीनन्दा नगरपालिकाका उप–प्रमुख रामबहादुर बोहरा, प्रबक्ता जंगवीर रोकाया अन्य नगरभरीका वडाध्यक्ष पार्टी प्रतिनिधी लगाएत अतिथि रहनुभएको थियो । बुढीनन्दा नगरपालिका शिक्षा शाखा प्रमुख दयाराम जोशीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन नगरपालिकाका संगित शिक्षक मोति सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस