आइतबार, ३० बैशाख २०८१

त्रिवेणी नगरपालिकामा सद्भावका लागि तीज बिशेष कार्यक्रम

बाजुरा : त्रिवेणी नगरपालिकाले तीज बिशेष कार्यक्रम सञ्चालन गरेको छ । हिन्दुनारीहरुको महान पर्व तीजको अवसर पारी सद्भावका लागि तीज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । 

नौ वटै वडाका महिलाहरुको उपस्थिति रहने गरि आपसी सहकार्य, सद्भाव र भेटघाटका लागि तीज बिशेष आयोजना गरिएको नगरका उपप्रमुख कमला कुमारी न्यौपानेले बताएकी छन् । न्यौपानेकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य जुना दानी रहनु भएको छ ।

महिला दिदीबहिनीको साँस्कृतिक पर्व तीजलाई भेटघाट र सद्भावको पर्वका रुपमा मनाउन पालिका भरिकै महिलाहरु बोलाएर कार्यक्रम आयोजना गरिएको नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् । तीज बिशेष कार्यक्रममै दर खाने, नाचगान र रमाइलो गर्ने कार्यक्रम राखिएको थियो ।

तीज बिशेष कार्यक्रमले रमाइलो नाचगान सँगै लामो समय भेट्न नपाएका, भेट नभएका, चिनजान हुन बाँकी रहेका महिला दिदीबहिनीसँग भेट हुने, आपसी दुख सुखका कुरा साँट्ने, चिनापरिचय हुने अवसर जुराएको प्रदेश सभा सदस्य जुना दानीले बताएकी छन् । 

नेपालीहरुले मनाउने हरेक पर्वमा आपसी सद्भाव, भाइचारा, हार्दिकता सहीतको मौलिक बिशेषता रहेको बताउँदै दानीले तीजलाई पनि साँस्कृतिक पर्वका रुपमा विकास गरिनु पर्नेमा जोड दिएकी छन् । हामीले अरुको नक्कल र बाह्य सँस्कृतिको बढावा दिने कुरालाई विस्थापित गर्दै आफ्नो मौलिक पहिचान र साँस्कृतिक विरासद बचाउने गरि संरक्षणमा सबैले लाग्नु पर्ने सुझाव दानीको छ ।

नौ वटा वडाका महिलाहरु सहीत पालिकाका कर्मचारी, पालिका मुकाम रहेको बजार क्षेत्रका महिलाहरुको बाक्लो उपस्थिति रहेको ३ नम्बर वडाका अध्यक्ष एंव नगर प्रवक्ता मिनबहादुर भण्डारीले बताएका छन् । 

कार्यक्रम नेपाली काँग्रेसकी नेतृ कविता विष्ट सहीत महिलाहरुको व्यापक सहभागिता रहेको कार्यक्रम त्रिवेणी नगरपालिकाको सभा हलमा आयोजना गरिएको हो । कार्यक्रममा महिला पुरुष सबैले नाचगान गर्दै रमाइलो गरेका छन् । पालिकाहरुले तीज बिशेष कार्यक्रम गर्ने चलन पछिल्लो समयमा बढ्दै गएको छ । 

No description available.

प्रतिक्रिया दिनुहोस