आइतबार, ३० बैशाख २०८१

मर्यादित तीज मनाउन बडीमालिकाको आग्रह, ९ बजेपछि नाचगान गर्न नपाइने

बाजुरा : बडीमालिका नगरपालिकाले मर्यादित तीन मनाउन सबैलाई अनुरोध गरेको छ । तीज सँस्कृतिको नाममा राती अवेर समयसम्म नाचगान हुने र अनैतिक क्रियाकलापले प्रश्रय पाएको जनगुनासो बढेपछि नगरपालिकाले मर्यादित तीज मनाउन सार्वजनिक अपिल गरेको हो । 

नगरपालिकाका तर्फबाट सार्वजनिक सूचना जारी गर्दै सभ्य, सुसंस्कृत र व्यवाहारित तीजका गीतमा नाचगान तथा सँस्कृति प्रस्तुत गर्न आग्रह गरेको नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिएका छन् । जिल्ला सदरमुकाम मार्तडी लगायतका बजार क्षेत्रमा हरेक रात भद्दा नाचगान, होहल्ला, मदिरा सेवक गर्नेहरुको भीड बढ्न थालेपनि नगरपालिकाले कडाइ गरेको हो ।

पालिकाले राती ९ बजे पछि कुनै नाचगानका कार्यक्रम गर्न नपाउने निर्णय सहीत स्थानीय प्रहरी प्रशासनलाई समेत जानकारी गराएको छ । सभ्य नाचगानमा पनि अराजक शैली प्रस्तुत हुने, होहल्ला बढ्ने र झगडा विवादका घटना समेत घट्ने जोखिमलाई मध्येनजर गर्दै पालिकाले कडाइ गरेृको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

पछिल्लो समय बजारमा तीजका नाचगानले स्थान पाएको छ । बजारका चोक, गल्लीमा नाचगान भइरहेको छ । भने केही युवाहरुको समूह मध्यरातसम्म पनि मदिराको तालमा हिड्ने गरेको जनगुनासो छ । स्थानीय प्रहरी प्रशासनले पनि बाजुराको शान्ति सुरक्षामा सुधार गर्न नसकेको आलोचना बढीरहेको छ ।

May be an image of ticket stub and text

प्रतिक्रिया दिनुहोस