मङ्गलबार, ०१ जेठ २०८१

कांग्रेस बाजुराले मनायो ११० औं विपी जन्मजयन्ती

विपीको विचार नै नेपाली समाज विकासको आधार भएको नेताहरुको दाबी

बाजुरा : नेपाली कांग्रेस बाजुराले विपी कोइरालाको ११० औं जन्मजयन्ती मनाएको छ । औपचारिक कार्यक्रममा विपीको सम्झना र विपी वादको बारेमा छलफल गरिएको छ । जननायक विपी कोइरालाको फोटोमा माल्याम्प्ण गरी संगै श्रद्धासुमन व्यक्त गरिएको छ ।

विपी को विचारबाट प्रेरित कांग्रेसहरुले बिचारलाई आत्मसात गरेर निस्वार्थ ढङ्गले जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् । वि. पीको बिचार र नेपाली राजनीतिमा पुर्याएको अतुलनीय योगदान वर्तमान समयमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको वक्ताहरुको भनाई थियो ।  

वि .पीको बिचारबाट पछिल्लो समयमा नेपाली कांग्रेस बिचलित हुनु चिन्ताजनक बिषय रहेको बताउदै सुध्रिनुको अर्को विकल्प नरहेको बताएका छन् ।  कार्यक्रमका प्रमुख अथिती निवर्तमान जिल्ला कार्य समिति सभापति कविराज पण्डितले वि. पीको बिचारलाई आत्मसात गरेर एकताबद्ध भएर अगाडि बढ्नुको अर्को विकल्प नरहेको बताउदै उहाँकि बिचारबाट बिचल्लीत नहुन आग्रह गरेका छन् । 

प्रजातन्त्रको स्थापन, राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रिक गोणतन्त्रात्मक मुलुक स्थापना नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै लोकतन्त्र रक्षाका लागि कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । 

पार्टी उपसभापति पदम बडुवालको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अथिती नेपाली कांग्रेस जिल्ला कार्य समितिका निवर्तमान सभापति कविराज पण्डित रहेका थिए । कार्यक्रममा बिशिस्ट अथिती प्रदेश सभा सदस्य महिना नेतृ जुना दानी रहेकी थिइन् ।

कार्यक्रममा निवर्तमान जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र रोकाया हिमाली गाउँपालिकाका सभापति अम्मलाल कार्की,  जिल्ला कार्य समितिका पदाधिकारी, विभिन्न पालिकाका सभापति, वडा कार्यसमितिका सभापति, अन्य पधातीकारी, पार्टीका भातृ संगठनका प्रमुख एवम् प्रतिनिधि, लगायत नेपाली कांग्रेस प्रति आस्थावान नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस