आइतबार, ३० बैशाख २०८१

राजेन्द्र रावतको डब्बल्या देउडा गीतको भिडियो बजारमा

बाजुरा : देउडा गायक तथा सर्जक राजेन्द्र रावतको डब्बल्या नामक देउडा गीत सार्वजनिक भएको छ । रावतको आफ्नै युट्युव च्यानल मार्फत भिडियो गीत सार्वजनिक गरिएको हो । लक्ष्मी आचार्य र राजेन्द्र रावतको स्वर रहेको गीतको शब्द र लय पनि आफैले बनाएका हुन् ।

गीतको एरेन्ज चर्चित एरेन्जर राजेन्द्र बाजुरेलीको रहेको छ । गीतमा अभिनय राजेन्द्र रावत, हेमराज अधिकारी (खन्ट्या खलास) ले गरेका छन् । पुरानो दिनको स्मरण हुने गरि गीत तयार पारिएको उनले बताएका छन् । 

रोजगारीको सिलसिलामा भारत लगायतका अन्य मुलुक जानेहरुले आफ्नो भाषा सस्कृतिलाई भुल्ने, बिदेशी रहनसहन र सस्कृती भित्रीने क्रम बढेकोले यसको नियन्त्रण गर्न सहयोग पुग्ने र आफ्नो मौलिकता भुल्न नहुने सन्देश दिने गरि गीत तयार पारिएको छ । 

केही वर्ष अगाडि जुन बेला सूचना प्रविधिको विकास नभएको तत्कालीन समयमा प्रेम गर्ने तरिकाको परिवेशलाई देखाइएको छ । पछिल्लो समयमा नेपाली देउडा गीत मात्रै नभई अन्य बिधाका गीतहरू संग पनि जोडिएर काम गर्ने रावत ३ दर्जन बढी देउडा गीतको लय शब्द गरिसकेका छन् । 

पछिल्लो समयमा उनी आफै पनि गीतमा आवाज दिदै आएका छन् । उनले आधुनिक, लोकदोहोरी, देउडा ठाडी भाका, पप आदि गीतहरुको रचना गर्दै आएका छन् । नेपाली सांगीतिक क्षेत्रका उच्च तहका व्यक्तिहरु संगसहकार्य गरेर काम गर्दै आएका रावत दर्शकहरुले रुचाउँने मध्यको एक हुन् । 

रावतले वर पिपल दालीको नामक देउडा गीत मार्फत आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । उनका करिब ३ दर्जन बढी गीतहरू बजारमा छन् । गीतमा आवाज समेत दिने रावत गीतको लय शब्द , निर्देशन, अभिनय पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस