सोमबार, ०७ जेठ २०८१

गौमुल गाउँपालिका अध्यक्ष हरि रोकाया ‘हेल्थ अवार्ड’बाट सम्मानीत

बाजुरा : गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया सम्मानीत भएका छन् । स्वास्थ्य अवस्था सुधारमा पुर्याएको योगदानको कदर गर्दै रोकाया सम्मानीत भएका हुन् । रोकायालाई नेपाल लाइभ ग्रुपले प्रदान गर्ने गरेको स्वास्थ्य खबर हेल्थ आवार्डबाट सम्मानीत गरिएको हो ।

दुर्गमका नागरिकलाई स्वास्थ्यको सहज पहुँच पु¥याएको भन्दै स्वास्थ्यखबर हेल्थ अवार्डबाट सम्मान गरिएको छ । रोकायालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक कार्यक्रमका बीच सम्मान पत्र हस्तान्त्रण गरेका थिए । 

दिगो विकास लक्ष्यका सूचक अन्र्तगत स्वास्थ्य क्षेत्रको सुधारमा योगदान पुर्याएवापत सम्मान गरिएको आयोजकले बताएको छ । राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर विषयमा केन्द्रित यस वर्षको अवार्डबाट रोकायालाई सम्मान गरेको नेपाल लाइभ ग्रुपले बताएको छ ।

ग्रामीण भेगमा नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउन चुनौतिको सामना गदै गाउँ गाउँमै आवश्यकता अनुसारको सहज स्वास्थ्य सेवा प्रदान गरेको बताइएको छ । सहज स्वास्थ्य सेवा प्रदान गर्न प्रत्येक वडामा स्वास्थ्य चौकीबाट नियमित सेवा प्रवाह, निःशुलक स्वास्थ्य शिविर र पालिकामै चिकित्सक सेवा प्रदान लगायतका विषय समावेश गरिएको छ ।

भूगोलमा निकै दुर र विकट रहेपनि विकास निर्माण र स्वास्थ्य, शिक्षा लगायतका सेवा प्रवाहमा गौमुल गाउँपालिकाले राम्रो काम गरेको चर्चा हुने गरेको छ । हरि बहादुर रोकायाले सम्मान प्राप्त गरेपनि शुभचिन्तक तथा पालिका बासीले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस