आइतबार, ३० बैशाख २०८१

आस्थाकै भरमा अडेको ‘धर्तीको स्वर्ग’ बडीमालिका

बाजुरा : बडीमालिका धार्मीक आस्थाको धरोहर, प्राकृतिक सुन्दरताले भरिएको धर्तीको स्वर्ग । लाग्छ प्रकृतिले वरदान दिएको अनुपम उपहार हो, बडीमालिका क्षेत्र । ४ हजार २ सय मिटर उचाइमा पनि अवस्थीत बिशाल फाँटहरु, आँखाले समेत नियाल्न नसकिने खेत जस्तै देखिने दृश्य भएका गराहरु हेर्दा कसैले हातले बनाए झै लाग्छन् ।

शब्दले जति सुन्दरताको ब्याख्या गरेपनि अपूर्ण नै हुन्छ बडीमालिका । जति हेरपनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउदैन् । जति समय खर्चिएर घुमेपनि २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ । पुग्नेहरुले सुदूरको स्वर्गकै उपमा दिने गरेका छन् । प्रकृति जति प्यारो र आकर्षण मानव मनका लागि अरु केही होइन रहेछ, बडीमालिका क्षेत्र पुगेपछि बल्ल थाह हुन्छ । त्यहाँ पुगेपछि सबैजसोले यही अनुभूत गर्छन् । र भन्छन् । 

तर विडम्बना बडीमालिका क्षेत्र पुग्न, बस्न र फर्किन अति कठिन र कष्टकर छ । आस्था बोकेर जानेहरु दुख कष्ट पोख्दैनन् । थकाइ लुकाउन खोज्छन् । तर प्रकृतिकै आनन्द लिन पुग्नेहरु असहज यात्रामै हैरान हुन्छन् र दुख कष्ट सहन नसकि अर्को पटक नफर्किने निधो गरि घर फिर्ता हुन्छन् । यी सबै हुनुको एउटै कारण हो, बडीमालिका क्षेत्रको यात्रामा न सुविधा छ, न सहजता नै । न त कुनै संरचना नै बनेको छ । 

ठाडो उकालो र भीरको बाटो । लामो श्वास फेर्न मिल्ने अवस्था नै हुन्न, त्रिवेणी पाटन क्षेत्र नपुगेसम्म । बाजुरा सदरमुकाम मार्तडीबाट करिब २ दिनको पैदल पछि मात्रै त्रिवेणी पाटन क्षेत्र पुगिन्छ । करिब ३२ किलोमिटर बढी उकालो बाटोमा न आराम गर्न मिल्ने चौतारा छन्, न बास स्थानका लागि धर्मशाला नै । न त कुनै अतिथी बासका लागि संरचना नै निर्माण भएका छन् । शौचालय, खानेपानी, होटल बास त धेरै टाढाको कुरा ।

बडीमालिका क्षेत्र पुग्दासम्म र त्यहाँबाट नाटेश्वरी झर्दासम्म कुनै स्थानमा खानेपानीको प्रवन्ध गरिएको छैन् । खोला भेटिएमा पानी खान मिल्छ, नभए उकालोको सास्ती र कष्टकर यात्रामा पानीको प्यास समेत मेटाउन पाइदैन् । भन्दा र सुन्दा त यो कुरा अचम्म लाग्न सक्छ, बडीमालिकामा पनि यस्तो, प्रश्न उठ्न सक्छ । न विरामी पर्दा भरपर्दो उपचार विधीको व्यवस्था नै छ । न ज्यान सुरक्षाका लागि अरु व्यवस्था नै । 

तर वास्तविकता त्यहाँ पुगेपछि मात्र थाह हुन्छ, जो पुगेकाहरु भोग्न बाध्य छन् । खानेपानी, बास स्थान, खानेकुरा, शौचालय सबैको अभाव छ । पुग्नेहरु जति सबै सास्ती नभोगि फर्किने कोही हुदैनन् । प्रकृतिको आनन्दले त्रिवेणी पाटनमा केही समय वा घण्टा दुख बिर्सन सहज भएपनि फेरि उकालो चढ्दा, पालमुनी रात काट्दा, हेरि नसक्नु चट्टानदार ओरालोको यात्रा गर्दा फेरि कष्टले थप दुखि तुल्याइ हाल्छ । 

फर्किने बेला तल झर्ने बाटो हात खुट्टा सँगै राखेर हिँड्नु पर्छ, घाँसमा अल्झिएर अर्थात, हिलोमा चिप्लीए ज्यानको टुक्रा समेत रहने अवस्था छैन् । कतिपयले देवीको दर्शनमा मिलेको चण्डीपण्डी सहीतको खाना बासका लागि बोकेको झोला समेत ओर्लिला चिप्लीएर त्यही हराएर आउनु पर्ने बाध्यता छ । यी सबै असहजता, असुविधा र अफ्ठ्यरो हेर्दा लाग्छ बडीमालिका आस्थाले मात्रै अडेको छ ।  

बडीमालिकामा प्राचीन कालदेखि नै हो जनैपूर्णिमा र गंगादशहराको दिन मेला लाग्छ । यही मितिबाट पुजा पाठ सुरु गरिएको भन्ने एकीन छैन् । तर बाजुराका स्थानीय सुमेशर उपाध्यायको पालादेखि पुजापाठ हुदै आएको आधिकारिक दस्तावेज छ । जो हालका पुजारी नेत्रराज पाध्याय खलकको १४ पुस्ता अघिका पुर्खा हुन् । 

श्री साखे संवत १३४३ र १३४८ मा बडीमालिका मन्दिरको मत्गल्य गोत्रका ब्राह्मण बडीमालिकाका मुल पुजारी हुने भन्ने प्रमाण छ । यो मिति हेर्दा पनि बडीमालिका क्षेत्रमा परापूर्वकाल देखि नै पुजापाठ हुदै आएको भन्ने पुष्टी हुन्छ । 

उसोत वि.स.१८८३ मा राजा रणबहादुर शाहद्धारा लाल मोहर लगाएरै राष्ट्रिय धार्मीक आस्थाको क्षेत्रका रुपमा प्रमाणित गरेको प्रमाण पुजारी परिवारसँग छ । पुर्खाको अर्तिलाई विश्वास मान्ने हो भने लाल मोहर लगाइसकेपछि राजा रणबहादुर शाह स्वयमले बडीमालिकाको दर्शन गरेको भन्ने पनि भनाई छ । 
यी र यस्तै प्रमाण र भनाइ हेर्दा बडीमालिका क्षेत्र आज मात्र होइन सदियौं देखि महत्व र महिमाको क्षेत्र हो, भन्ने प्रष्ट हुन्छ । राजा महेन्द्र, वीरेन्द्र देखि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले समेत अवलोकन र पुजा पाठ गरेको क्षेत्र हो । तर यति लामो समय राज्यका कार्यकारीहरु कै उपस्थिति हुनु र उपलब्धी शुन्य देखिन दुखत विषय छ । 

May be an image of 8 people and grassमत्गल्य गोत्रका ब्राह्मण बडीमालिकाका मुल पुजारीले नै पुजा लगाउने हक हुने प्रमाण उल्लेख छ । बिशेष कुनै व्यक्ति वा परिवारलाई नै तोकेर पुजा अधिकार दिइएको छैन् । बाजुरा त्रिवेणी ९ पैमा निवासीले पाउने गरि उल्लेख छ । सुन्नमा आए अनुसार अमर सिंह थापा र भीमसेन थापाले समेत दर्शन गरेको भन्ने पुर्खाहरुको सूचना भएपनि लिखित भने छैन् । 

बडीमालिका क्षेत्रको प्रवद्र्धन र विकास गर्न सके यहाँका स्थानीयले धुप बचेर नै जीवन गुजारा गर्न सक्ने अवस्था छ । तर बडीमालिका क्षेत्रलाई आस्थाको केन्द्र मात्र नभई आकर्षणको केन्द्र नबनाएसम्म न त दर्शनार्थी बढ्नेछन्, न त कुनै थप आम्दानीको अवस्था सिर्जना हुने देखिन्छ । 

सुन्दरताले स्वर्ग जस्तै लाग्ने बडीमालिका संरचना, सुविधा र असहजताले कठिनपूर्ण यात्राको गन्तव्य हो । बाटोको असहजता, बसाइको अव्यवस्थापन र राज्यको बेवास्ता हेर्दा बडीमालिका सुन्दरताले भन्दा आस्थाले मात्रै अडेको छ । बालक देखि वृद्धाहरु समेत नयाँ उर्जा र साहस सहीत बडीमालिका यात्रा गरिरहेकै छन् ।  

भदौ १३ गते यो वर्षको पुजा लाग्यो । जनैपूर्णिमाको दिन यात्रुहरु फर्किएर घर पुगेका छन् । बडीमालिका क्षेत्रको यो पटकको यात्रा मौसमका कारण निकै सहज र रमाइलो भएपनि दुई जनाले ज्यान गुमाउनु परेको छ । लेक लागेर १ जना र भीर बाट खसेर एक जना गरि २ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय सरोकारको क्षेत्रमा परिवारको बोलवाला

बडीमालिका क्षेत्र राष्ट्रिय सम्पत्ती हो । तर त्यहाँ सीमित व्यक्तिको बोलवाला र पहुँच छ । आएको श्रोत साधान देखि मेला पर्वमा पुजारी बाहेकको अधिकार देखिदैन् । रहेक वर्षको मेला संकलन हुने दान वापतको रकम र सम्पत्तीको पनि हिसाब नै छैन् ।  

गंगादशहरामा सेनाको उपल्लो स्थानको व्यक्तिबाटै सरकारका तर्फबाट पुजा पाठ हुन्छ, चण्डीपण्डी चढाइन्छ । तर त्यो पनि पुजारीकै हक लाग्छ र अरुले थाह नै पाउँदैनन् । तर पुजार नेत्रराज पाध्याय भने धेरै रकम नै नउठ्ने गरेको विगत देखि नै बताउँदै आएका छन् । 

अघिल्लो वर्ष हालसम्मकै बढी भक्तजनहरु आएको दाबी पुजारी खलकको थियो । २०७९ मा नगद रकम ४ लाख ८२ हजार संकलन भएको थियो । त्यसमा ९ जना ब्राह्मण, भरिया, त्यो अवधीको खानाबास त्यसैमा सकिएको दाबी थियो । यो पटक पनि विगतको तुलनामा धेरै व्यक्तिहरु बडीमालिका यात्रामा गएका छन् । बडीमालिकाको सम्पत्ती बारे बाहिर भने जस्तो र प्रचार गरिएजस्तो पुजारी खललको दाबी छ । 

डोटी गौंडाबाट गोर्खाला र जुम्लाबाट चन्द्रनाथको पल्टन आउने गरेको छ । सरकारका तर्फबाट त्यो चिनारीमा पनि पुजारी परिवारकै मातहतमा हुने गरेको छ । सुन चाँदी सहीतका गहना पनि चढाइन्छ, सदियौं देखि त्यसको कुनै हिसाब नै नराखिएको सर्वसाधारणको आरोप छ । पुजारी परिवार भने आफूहरु नै राज्यको अपेक्षामा परेको गुनासो गर्ने गरेका छन् । 

यो पटक बाजुराबाट पनि आधिकारिक सरकारी पुजा टोली बडीमालिका यात्रामा गएको छ । बडीमालिका नगरपालिका र जिल्ला प्रशासन कार्यालय बाजुराको टोली नै आधिकारी सरकार पुजा सहीत यात्रामा छ । सरकारी पुजा गर्नेहरुले सुनको छत्र वा चिनो चढाउने गरेका छन् । 

May be an image of 13 peopleसंरक्षणमा सरकार र सरोकारवाला दुबै मौन 

माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा बडीमालिकालाई संरक्षित क्षेत्र बनाउने प्रस्ताव नीति तथा कार्यक्रममा आयो, पछि त्यो पनि हरायो । आस्थाकै भरमा मात्र टिकेको बडीमालिका क्षेत्रको संरचना निर्माण र सहजताका लागि निर्णायक छलफल नै भएको छैन् ।

सबैभन्दा पुरानो र शक्तिशाली शक्तिपीठ आफै ओझेलमा छ । असुविधा र असहजता बढी छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेको प्रमुख गन्तव्यमा समावेश गरेपनि आर्थिक लगानी र संरक्षणमा ठोस पहल नै छैन् । मार्तडी र त्रिवेणी दुईतिरबाट सडक निर्माण सुरुवाद गरिएको छ । त्यो बाहेक अर्को कुनै प्रयास र पहल भएको छैन्, भन्नु हुन्छ, पुजारी नेत्रराज पाध्याय । 

पुजारी खलकका परिवारबाट पनि खासै चासो र चिन्ता देखिएको छैन् । बार्षिक चाड पर्वको चण्डीपण्डी लिने र त्यहीमा चित्त बुझाउने बाहेक अर्को ठोक पहलमा पुजारीहरु लागेकै छैनन् । त्रिवेणी नगरपालिका ९ पैमामा पुजारी बस्ने घर नजिकै होम कुण्ड निर्माण गरिएको छ । जाने बाटो समेत सरकारकै लगानीमा बनाएको थियो । तर बडीमालिका जाने आउने बाटो भगवान भरोसाको छ । 

प्रधानन्यायधिस चोलेन्द्र समशेर जबराले पैमाबाट जाने बाटोको तीन ठाउँमा अतिथी बास व्यक्तिगत लगानीमा बनाएका छन् । त्यो नै हजारौं भक्तजनहरुका लागि प्रर्याप्त छैन् । संरचना र सहजताको अवस्था हेर्दा लाग्छ, बडीमालिका क्षेत्र सबैभन्दा दयालाग्दो छ ।

अघिल्लो वर्ष त्रिवेणी नगरपालिकाले महायज्ञ लगायो, बुढीगंगा नगरपालिकाले नगर प्रमुख रामबहादुर बाँनीया, उपप्रमुख माया खड्काले त्रिशुल र घण्ट चढाए । यो नै बाजुराको तर्फबाट गरिएको पहिलो सरकारी गतिधिवी हो । यो पटक बडीमालिका नगरपालिकाले सयुक्त रुपमा पालिकाले आधिकारीक पुजा गरेको छ । यो बाहेक थप कुनै पक्षबाट सरोकार पनि नभएको गुनासो पुजारीहरुको छ । २०५८ सालमा बडीमालिका क्षेत्र प्रवद्र्धन संस्था गठन गरिएको थियो । 

May be an image of 1 personत्यो पनि संस्था ऐन अन्र्तगत सीमित सरोकार राख्ने व्यक्तिको मातहतमा भएकोले हाल सक्रिय देखिदैन् । यी सबै अवस्था हेर्दा संरक्षणमा कुनै पक्ष चिन्तीत छैन् । राज्यको लगानी शुन्य जस्तै छ, सरोकारवालको सक्रिय झनै दयालाग्दो देखिन्छ । कर्णाली सरकारका तर्फबाट बासका लागि संरचना निर्माणको प्रक्रिया थालिएको छ । त्योपनि बाजुराको क्षेत्रमा कर्णालीको कब्जा गरिएको विषय बनाएर विवाद सुरु भएको छ । 

हरेक वर्ष त्रिवेणी पाटन क्षेत्रमा सान्नी त्रिवेणी गाउँपालिकाले अस्थायी शौचालय र मन्दिरका स साना संरचना बनाउने गरेको छ । त्यो बाहेक अर्को सुरुवाद छैन् । बडीमालिका नगरपालिकाले मार्तडी क्षेत्रबाट सोतासम्म ट्याक खुला गरेको छ । त्रिवेणी नगरपालिकाले पनि पर्यटन बोर्ड मार्फत काम अघि बढाएको छ । केही अवरोध नभए अर्कोवर्षसम्म त्रिवेणी नजिक सडक बाटो पुग्ने अवस्थाले केही सहज हुने देखिन्छ । 

सुन्दरताले भरिएको धर्तीको स्वर्ग

५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडीमालिका । अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा कर्णाली प्रदेशका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ । 

स्थानीयले यस क्षेत्रको धार्मिक तिर्थ स्थलमा रुपमा चिन्ने गर्दछन् । ४ महिना हिउँले ढाक्ने गर्दछ । बर्षादका अरु महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ । 

प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडीमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास छ । सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन् । बडीमालिकाको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन् । 

शुद्ध आत्म भएका दर्शनार्थी मात्र पार गर्न सक्ने धर्मद्धार आस्थाको केन्द्र विन्दु जस्तै बनेको छ । बडीमालिका क्षेत्रमा हयिालीफाँटमा भँेडा र घोडा खच्चडका बथानहरु बर्षादका चार महिनासम्म देख्न सकिन्छ । लोपन्मुख प्रजातीका बन्य जन्तु तथा पशु पँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटीन्छन् ।  

पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट आउने गरेका छन् । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृष्यलेपनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ । 

May be an image of fog, grass and mountainनिसन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मीक विश्वास छ । यहि आकांक्षा लिएर वर्षेनी ५० हजारले दर्शन गर्ने गरेका छन् । बडिमालिका क्षेत्रमा मार्तडीबाट तीन दिनमा पुग्नु पर्ने मान्यता छ । बीचमा भैसी गोठ र पाल टाँगेर बस्नु पर्ने बाध्यता छ । 

त्रिवेणीमा पीतृकार्य पनि गरिन्छ । सो ठाउँमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरेपनि त्यो मासलाई धान्न सक्ने छैन् । दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन् । 

बडिमालिमा सबै थोक छ, प्रकृतिको अनुपम उपहार हो, भन्छन्, उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया । राजनीतिक स्तरबाट पनि जिल्लाका बडिमालिका लगायतका गन्तव्यको प्रवद्र्धनमा पहल गरिएको छैन् । 

May be an image of mountain and fogMay be an image of grass, tree and mountain

प्रतिक्रिया दिनुहोस