शुक्रबार, २८ बैशाख २०८१

बाजुराकी एक महिलाले बाटोमै बच्चा जन्माइन्

४ बर्ष यता बाटोमै बच्चा जन्माउनेको संख्या  १२ पुग्यो

बाजुरा :  बाजुरामा एक सुत्केरी महिलाले बाटोमै बच्चा जन्माएकी छन् । खप्तड छेडेदह गाउँपालिका १ काँडाकि ३२ वर्षिय उज्जली सुनार बाटोमै बच्चा जन्माएकी हुन्। सुत्केरी व्यथा लागेपछि  अछामको बयलपाटा अस्पतालमा पुगेकी उज्जलीलाई स्वास्थ्यकर्मीले घर पठाएका थिए ।

अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधी १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने वताएका थिए । तर आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याएपछि बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि सिर्जना सार्किले बताएकी छन् ।

घर फर्किने क्रममा बाजुराको बुढिगंगा नगरपालिका वडा न. १० स्थित पानीभुवाको सडकमा बच्चा जन्माएको सार्किले वताइन् । बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यक्रमी सिर्जना सार्किले भेटाएकी थिइन् । अनमी सृजना सार्किले वाटोमै सुत्केरी गराउनमा सहयोग गरेकि थिइन् ।

बाजुरामा उज्जली मात्र नभइ केही धैरै महिलाहरुले बाटोमै बच्चा जन्माउने गरेकी छन् ।  बाजुरामा ४ बर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । 

बुढीगंगा नगरपालिका वडा न. १० वडा अध्यक्ष दल बहादुर साउँद, स्वास्थ्य ईन्चार्ज लक्ष्मी जोशीको रोहवरमा अनमी सिर्जना सार्कीले सुत्केरी गराउन सफल भएको बताइएको छ । अस्पतालले समेत बाहिर रिफर गरेकी उनलाइ स्वास्थ्यकर्मीले बाटोमै बच्चा जन्माउन सहयोग गरेकी छन् । यसमा जनप्रतिनिधिले समेत सहयोग गरेको श्रोतले बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस