शनिबार, २९ बैशाख २०८१

जनसाँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा विनोद बाजुराली

प्रथम अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्न सफल

बाजुरा : जनसाँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा विनोद बाजुराली सर्वसम्मत चयन भएका छन् । सनिवार भएको सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनबाट बाजुराली सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा बाजुराली सचिवमा दिर्घ फुलारा सहितको ५१ सदस्यीय कमिटी चयन गरिएको हो । 

बडीमालिका नगरपालिका वडा न. ९ मा जन्मिएर आफ्नो जीवन नेपाली गीत संगीत क्षत्रमा बेतित गरेका बाजुराली एक चर्चित एरेन्जर हुन् । बिधिन्न बिधाका गीतहरुमा उनले एरेन्ज गर्दै आएका छन् । मालाश्री रेकर्डिङ स्टुडियोका सञ्चाल समेत रहेका बाजुरालीको नेपाली गीत संगीत प्रती गरेको योगदानको जतिसुकै प्रसंशा गरेपनि कमै हुने उनका समर्थकहरु बताउन्छन् ।

उनले आफु जस्तै धेरै कालाकारहरु उत्पादन गर्न समेत सफल भएका छन् । सुदूरपश्चिमएली कला सस्कृतिको जगेर्ना गर्नमा उल्लेख योगदान पुर्याएका उनी कलाकारहरुको संगठित सस्था जनसास्कृतिक महासंघको  नेतृत्व गर्ने अवसर पाएका छन् । कलाकारहरुको हितका लागि कलाकारिता क्षेत्रको बिकास र मौलिक सस्कृतिको जगेर्नामा टेवा पुर्याउने गरि काम  गर्ने उनले बताएका छन् । आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ भए पूरा गर्ने र उपलब्धिमुलक कार्यकालका रुपमा स्थापित हुने उनको भनाई छ ।

बाजुराली यस अघि पनि नेकपा एमाले निकट कलाकारहरुको बिभिन्न संगठनमा आवद्ध घई नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका छन् । यस अघि नेकपा हुँदा उनलाई जनसाँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको संयोजकको जिम्मेवारी दिइएको थियो । बिद्यार्थी उमेरमा हुँदा अनेरास्ववियुमा आबद्ध भई बिद्यार्थी राजनिति सुरु गरेका बाजुराली नेकपा बिभाजन पछि पहिलोपटक अधिवेशनबाट सर्वसम्मत जनसाँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयन भएको हो । अधिवेशनबाट पहिलो अध्यक्ष उनि बनेका हुन् । 

प्रतिक्रिया दिनुहोस