शुक्रबार, २८ बैशाख २०८१

बुढिगंगामा भालुको आक्रमणबाट एक महिला गम्भिर घाइते

उपचारका लागि अछाम स्थित बयालपाटा अस्पताल लगियो

बाजुरा :  जिल्लाको बुढीगंगा नगरपालिकामा शनिबार विहान जंगली भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । 
स्थानीयका अनुसार घाइते हुनेमा सोही नगरपालिका–७ झालीकी अन्दाजी २७ वर्षीया सुनिता कटुवाल रहेकी छन् ।  

घर नजिकै रहेको मकैबारीबा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला भालुले महिलालाई आक्रमण गरी घाईते बनाएको स्थानीयले बताएका छन् ।  भालुको आक्रमणबाट घाइते भएकी  कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको छ । घाइते कटुवाललाई स्थानीयले  झाली आधारभूत स्वास्थ्य चौकीमा उपचारका लाथि लिएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एम्बुलेन्समा अछामको बयालपाटा अस्पतालमा लगिएको बताइएको छ । जंगली भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था गम्भिर रहेको स्थानीय खडक बिष्टले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस