मङ्गलबार, ०६ माघ २०८२

सुशीला सरकारका मन्त्रीलाई हेमराजले भने–जसरीपनि सेती लोकमार्ग बनाउनु, देउवाले धेरै दुख दिए

त्यसमध्ये हालसम्म १८७ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । राज्यकै प्राथमिकतामा राखिएको र २०६६ पछि कुनै वर्ष पनि नीति कार्यक्रम र बजेटबाहिर नराखिएको सडक हो, सेती लोकमार्ग । सेती लोकमार्ग बन्न सके बाजुरा बासीका लागि हालको भन्दा करिब १ सय २० किलोमिटर सडक छोटो देखिन्छ ।

बुधबार ०३, मङि्सर २०८२ ०७:१८

बुढीगंगा नदीको बेलिब्रिज दानसाँघुमा जडान हुदै, कुण्डा क्षेत्रको सडक यात्रा सहज बन्ने

सडक डिभिजन कार्यालय साँफेबगरले दानसाँघु खोलामा बेलिब्रिज राख्ने उद्देश्यले पुलको सर्भे गरेको थियो । हिउँद र बर्खा दुवै मौसममा बारम्बार समस्या आएपछि अब बेलिब्रिज निर्माण भएपछि बुढीनन्दा नगरपालिका मात्र होइन, हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर गाउँपालिकाका बासिन्दा तथा छिमेकी जिल्ला मुगु र हुम्लाका नागरिकलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।

बुधबार ०३, मङि्सर २०८२ ०७:४३

कोल्टीबाटै सरकारको प्रशासनीक सेवासुरु, राष्ट्रिय परिचयपत्र बनाउन मार्तडी पुग्ने बाध्यता हट्यो

सेवा लिन आउने अधिकांश नागरिक उत्साहित छन् र सेवा सहज बन्दै गएको छ । अबदेखि बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका नागरिकहरूले कोल्टीमै राष्ट्रिय परिचयपत्र सेवा प्राप्त गर्न सक्नेछन् ।

बुधबार ०३, मङि्सर २०८२ ०७:४५

डिजिटल मिडिया सावधानी सन्देशसहित बडीमालिकामा १६ दिने अभियान सञ्चालन गर्ने

बैठकमा सहभागीहरूबीच लैङ्गिक हिंसा रोकथाम सम्बन्धी वर्तमान चुनौती, डिजिटल प्लेट फर्ममार्फत भइरहेका दुरुपयोग, समुदायमा ब्यापक सचेतना विस्तार गर्ने उपाय, विद्यालय तथा युवासँगको सहकार्य, स्थानीय संस्थाहरुको भूमिका लगायत विषयमा विस्तृत छलफल गरिएको थियो ।

बिहिबार ०४, मङि्सर २०८२ ०८:३१

बाजुरामा १२ वटा मतदान केन्द्र थप, ४ केन्द्रको स्थान परिवर्तन गर्न सिफारिस

जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त प्रमुख अंगत महतका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली गाउँपालिका १ बिच्छ्यामा एक, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा २ वटा मतदान केन्द्र सिफारिस गरिएको छ । त्यस्तै उनले त्रिवेणी नगरपालिका ८ मा २ वटा र बुढीनन्दा नगरपालिका ३ मा २ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफरिस गरिएको बताए ।

बिहिबार ०४, मङि्सर २०८२ ०८:३५

अशोक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंह, शिक्षा विकास तथा समन्वय एकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत सहित उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीले मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

बिहिबार ०४, मङि्सर २०८२ ०८:३७

विश्व बालअधिकार दिवस : बडीमालिकामा नगर बाल सञ्जाल पुनर्गठन बारे बहस

बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बाल सहभागिताको महत्त्वबारे आ–आफ्ना भनाइ राखेका थिए । जसमा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख अमर खड्काले बालबालिकालाई राष्ट्रको भविष्यका रुपमा ब्याख्या गर्दै भोलिको नेपाल सुखी र समृद्ध बनाउन आजका बालबालिकालाई लगानी गर्नु पर्नेमा जोड दिएका छन् ।

बिहिबार ०४, मङि्सर २०८२ ०८:३९

बाजुराको मार्तडीमा बृहत साँस्कृतिक कार्यक्रम हुने, लक्ष्मी आचार्य र ध्वज महराको प्रस्तुती रहने

जनसांस्कृतिक माध्यमबाट सामाजिक सद्भाव तथा पहिचान संरक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्य सहित आयोजना गरिएको अधिवेशनमा राष्ट्रियदेखि स्थानीय तहसम्मका कलाकारहरू र स्थानीय बासिन्दाको समेत व्यापक सहभागिता रहने जनाइएको छ ।

बिहिबार ०४, मङि्सर २०८२ ०८:४०

चेतनदीपको सम्झनामा बाजुरामा श्रद्धाञ्जली सभा

कार्यक्रममा नेकपा ९एमाले० केन्द्रीय कमिटी सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, प्रदेश कमिटी सदस्य युवराज शाही, सीता बराल, जिल्ला कमिटी सचिव काँशी विक, अमर खड्का, अनेरास्ववियु केन्द्रीय निर्वतमान महासचिव नरेश कुमार रोकाया लगायतका नेताहरूले स्वर्गीय अयडीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

बिहिबार ०४, मङि्सर २०८२ ०८:४३

आज विश्व टेलिभिजन दिवस

शुक्रबार ०५, मङि्सर २०८२ ०७:०९

संस्थागत सुधारको आवश्यक छ : मुख्यमन्त्री शाह

शुक्रबार ०५, मङि्सर २०८२ ०७:३८

पालिका अध्यक्ष ससुराको आड  : काँग्रेस नेता साउँदले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की

सुरक्षित रूपमा खाना खान नपाउने अवस्था सिर्जना भएको भन्दै गाउँपालिकाका कर्मचारीहरू आक्रोशित बनेका छन्। आफुमाथी गाली गलौज भएको बताउदै सूचना अधिकारी समेत रहेका लेखा अधिकृत अर्जुन जोशीले कानुनी उपचारका बिषयमा परामर्शमा रहेको बताएका छन् ।

सोमबार ०८, मङि्सर २०८२ ०३:०१

मुख्यमन्त्री शाह जुड्डीमा, जगन्नाथ गाउँपालिकाले बुझायो तीन बुँदे मागपत्र

गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले स्वास्थ्य, पूर्वाधार तथा शिक्षासम्बन्धी समस्याका तीन मुख्य बुँदा मुख्यमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । अध्यक्ष शाहीले जुड्डीमा स्थापना भएको १० शैया अस्पताल सञ्चालनका लागि सरकारले आवश्यक जनशक्ति र उपकरण दिनु पर्ने माग गरेका हुन् ।

सोमबार ०८, मङि्सर २०८२ ०३:०४

पीसविन नेपालले गर्यो ३०५ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

पीसविन आभा परियोजना चार वटा स्थानीय तहका ४० वटा विद्यालयमा काम गरिरहेको छ । ती मध्ये ३४ वटा मावि र ६ वटा आधारभूत विद्यालय छन् । यो पटक ३७ वटा विद्यालयका ३०५ जनालाई सहयोग गरिएको छ । भने तीन वटा विद्यालयका ५४ जनालाई यस अघि नै वितरण गरिएको थियो ।

सोमबार ०८, मङि्सर २०८२ ०३:२६

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए, बाजुरामा सबैभन्दा कम, कैलालीमा धेरै

नयाँ थपिएका मध्ये सबैभन्दा मतदाता कैलालीमा छन् । भने सबैभन्दा कम बाजुरामा रहेका छन् । कैलालीमा १८ हजार २१३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको देखिन्छ । भने सबैभन्दा कम रहेको बाजुरामा एक हजार ५१७ जना थपिएका छन् ।

सोमबार ०८, मङि्सर २०८२ ०५:५९

बडीमालिकामा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, विद्यार्थीमाझ खेलकुदको उत्साह

उद्घाटन समारोहमा बडीमालिका–१ र २ का विद्यालयहरूले आकर्षक झाँकी, मार्चपास र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे, जसले सम्पूर्ण वातावरणलाई उत्साहपूर्ण बनाएको थियो । शिल्डमा १२ वटा विख्द्यालयका ६ सय बढीको संख्यामा खेलाडी विद्यार्थीले नै भाग लिएका छन् । शिल्ड उद्घाटनसँगै महिलाहरुबीच देउडा खेल प्रस्तुती गरिएको थियो । भने जनप्रतिनिधी र विव्यस अध्यक्ष सहीत सरोकारवाला बीच मैत्रीपूर्ण दौड आयोजना गरिएको थियो ।

सोमबार ०८, मङि्सर २०८२ ०८:१६

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

मङ्गलबार ०९, मङि्सर २०८२ ०७:३४