काठमाडौं: नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गतको मंगलबारको खेलमा विराटनगर किङसले पोखरा एभेन्जर्सलाई अहिलेसम्मकै उच्च २२१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको हो ।यो एनपीएल इतिहासकै उच्च रन हो । पहिलो सिजनको सातौ खेलमा लुम्बिनी आयन्सले विराटनगर किङसलाई नै १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरले १९३ रनको बनाउँदै उक्त लक्ष्य पूरा गरेको थियो ।
विराटनगरले मंगलबारको खेलमा अर्को कीर्तिमान पनि राखेको छ । यो सिजनमा एक खेलमा एकै टिमका दुई खेलाडीले एकसाथ अर्धशतक हान्दै कीर्तिमान कायम गरे । विराटनगरका ओपनर लोकश बम र ब्याटर मार्टिन गुप्टिलले पोखराविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।
यो कीर्तिमानी लक्ष्य प्रस्तुत गर्न विराटनगरका लोकेशले ४८ बलमा ७२ रन जोडे । उनले ७ छक्का र एक चौका प्रहार गरे । उनी आजको खेलको विराटनगरका सर्वाधिक रनकर्ता हुन् । मार्टिनले भने ३५ बलमा तीन चौका पाँच छक्का प्रहार गर्दै ६१ रन जोडे ।
प्रतिक्रिया दिनुहोस