आँखाको मोतीविन्दु हराए,आँखाको अन्य समस्याको परिक्षण सहित शिविर संचालन गरिएको हो । शिविरमा ६ सय जनाले उपचार सेवा लिएका छन् । मोतिविन्दु लागेर दृष्टिविहिन भएका एक सय ४२ जनाको अप्रेसन गरिएको छ । भने चार सय ५८ जनाको सामान्य उपचारपछि परामर्श सहित सेवा लिएका छन् ।
हरेक वर्ष नगरपालिकाले गेटा आँखा अस्पतालसंग समन्वय र सहकार्यमा नगरका नागरिकलाई आँखाको मोतिविन्दुको रोगबाट मुक्त गर्ने गरी शिविर संचालन गर्दै आएको ।
बिहिबार २२, जेठ २०८२ ०८:३४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालत काठमाडाैँमा मुद्दा दायर गरिएको हो ।
बिहिबार २२, जेठ २०८२ ०८:४०
नेकपा एमाले वाग्मती प्रदेश कमिटीको जनसंगठन संयन्त्रले आयोजना गरेको वाग्मती प्रदेश अन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसंगठन इन्चार्ज तथा प्रमुखहरूको संयुक्त बैठकलाई पार्टी प्रदेश कार्यालय च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले जसका लागि काम गर्ने हो त्यही समुदायमा नरहने व्यक्तिले जिम्मेवारी पुरा गर्न नसक्ने बताएका हुन् ।
बिहिबार २२, जेठ २०८२ ०९:५४
बृहत जानरण सभा बाजुराको सदरमुकाम मार्तडीमा भव्य रुपमा आयोजना गरिएको छ । जिल्ला दलित नेटवर्क बाजुराको आयोजना, बडीमालिका सामुदायिक विकास समाज बाजुराको सहकार्य र दलितका लागि दलित अभियानको समन्वयमा वृहत जागरणसभा भव्य रुपमा मार्तडीमा सम्पन भएको हो ।
बिहिबार २२, जेठ २०८२ १०:२०
आँखा शिविरमा सबैले सेवा लिन आउन अपिल गरेका छन् । शिविरमा कुनै समस्या आए पालिकासंग समन्वय गर्न पनि नगर प्रमुख खड्काले आग्रह गरेका छन् ।
नगर प्रमुख खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गेटा आँखा अस्पतालका चिकित्सक स्मिथ अधिकारी,बडीमालिका नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धरमपाल मिजार,७ का वडा अध्यक्ष धर्मराज पाध्याय, ९ का वडा अध्यक्ष सूर्यकिरण वि।क।,बुढीनन्दा नगरपालिका ७ का वडा अध्यक्ष अशोक दानी अतिथी रहेका थिए ।
शुक्रबार २३, जेठ २०८२ १२:५६
आगलागि वाट लाखौंको क्षती भएको छ । आगो लाग्नुको कारण खुलेको भएपनि के कति क्षति भयो भन्ने बारेमा एकिन हुन सकेको छैन ।
हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको बताइएको छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी,स्थानीयहरु लागि रहेका छन् ।आगलागिका कारण फाइवर इन्टरनेट र विद्युत सेवा समेत अवरोध भएको छ ।
शुक्रबार २३, जेठ २०८२ ०९:३३
निरीक्षणका क्रममा मन्त्री पाण्डले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिनुभएको छ । क्षतिको विवरण लिएसंगै आगजनीबाट पीडित व्यक्तिहरुसँग समेत भेटघाट गरेको बताईएको छ ।बाजुरा मन्त्री पाण्डेको गृह जिल्ला पनि हो । शुक्रबार दिउँसा आगलागी भएर ४० वटा पसलहरू जलेर नष्ट हुँदा करोड भन्दा बढीको क्षति भएको बताएका छन् ।
शनिबार २४, जेठ २०८२ ११:५३
जिप डाब बजारबाट सामान लिएर सदरमुकाम मार्तडी तिर आउँदै गरेको शनिबार दिउसो ३ बजेतिर बल्दे नजिकैको उकालो सडकमा पल्टिएको छ ।उनका अनुसार जीप सडकमै पल्टिएको र मानवीय क्षती भने नभएको बताएका छन् । मालबाहक जीप भने मार्तडी बजारका व्यापारी हंसबहादुर सिंहको रहेकाे छ ।
शनिबार २४, जेठ २०८२ ०७:३४
आगलागी पीडित व्यवसायीहरुको राहत संकलन अभियानका लागि मार्तडी, बाम्का, बेतालमाण्डौ र रिठा बजारमा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्षको नेतृत्वमा द्धित्तिय उपाध्यक्ष तुलाबहादुर रोकाया, सचिव अफिलाल धामी, कोषाध्यक्ष हंशबहादुर सिंह, सदस्यहरु पार्वती जोशी, मिठिला सिंह, ज्ञानबहादुर थापा, टेकबहादुर धामी र बन्दना रोकायालाई खटाउने निर्णय गरेको छ ।
शनिबार २४, जेठ २०८२ ०७:५३
कार्यक्रममा कोशी प्रदेशमा रहेको हुलाकका प्रतिनिधिहरूले आफ्ना क्षेत्रका समस्या प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सञ्चार मन्त्रालय अन्तर्गत रहेका कर्मचारीका साथै सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।
शनिबार २४, जेठ २०८२ ०८:१३
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
आइतबार २५, जेठ २०८२ ०९:०७
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद छन् । यस बीचमा समानुपातिक सांसदहरुले पनि आफूहरुले पनि प्रत्यक्ष निर्वाचित सरह पाँच करोड बजेट नै पाउनुपर्ने माग गर्दै आएका थिए ।
आइतबार २५, जेठ २०८२ ०९:१८
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमार्फत सुरु गरेको ‘म झोले हो’ भन्ने उक्त अभियान एमालेको तल्लो तहसम्म पुगेको छ ।थापाले एमालेमा झोले नभई मूल्य, मान्यता, सिद्धान्त र विचारसहितका निष्ठावान नेता कार्यकर्ताको ठूलो पंक्ति रहेको बताए । सत्ता र शक्तिको वरिपरि बसेका केही मानिसले आफूहरुले गरेका गलत गतिविधि सबै ठीक ठानिरहेको भन्दै थापाले एमाले पंक्तिले उनीहरुलाई नजिकबाट नियालीरहेको उल्लेख गरे ।
आइतबार २५, जेठ २०८२ १२:०८
आईतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुरा आगलागी पीडितका लागि तत्काल बुढीगंगा नगरपालिकालाई चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
आइतबार २५, जेठ २०८२ १२:१३
आगलागीबाट ३५ पसलको क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार प्रहरीले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण सङ्कलन गरेको उक्त पसलको रु १९ करोड भन्दा बढी क्षेति भएकाे बताएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको रु १ करोड ८० लाख क्षति भएको पाइएको छ ।
आइतबार २५, जेठ २०८२ १२:३१
शनिबार बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले एकद्धार प्रणालीबाट राहत वितरण गर्न बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो ।
समितिले सिद्धार्थ बैंकमा खाता संचालन गरी सोही खातामा रकम जम्मा गरेर अग्नी पिडितलाई राहत वितरण कार्य अघि बढाउने राहत कोष व्यवस्थापन समितिका सदस्य कर्णबहादुर थापाले बताउनु भएको छ ।
आइतबार २५, जेठ २०८२ ०७:११
पीडितहरुलाई भेटेर तत्काल राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायमा पहल गरीने बताएका छन्।सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आगलागी पीडितका लागि राहत स्वरुप ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आइतबार २५, जेठ २०८२ ०८:४४
बाम्का बजारमा ब्यापार गर्दै आउनु भएका ३५ जना ब्यापारीहरुको गएको शुक्रवार दिउसो ३ः ३० बजे आगलागी भएर धनजनको क्षेती भएकाले उहाँलाई राहात संकलनका लागी नगर प्रमुख रामबहादुर बानियाँले पीडितहरुका लागि राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । उक्त राहत कोषमा नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ दिने समेत निर्णय भएको छ ।
आइतबार २५, जेठ २०८२ ०८:५५
भित्तेपात्रो विमोचन कार्यक्रम संघका अध्यक्ष धनरुप कामीको अध्यक्षतामा सम्पन भएकाे हाे । बडीमालिका नगरपालिका उप प्रमुख नन्दा थापाकाे प्रमुख आतिथ्यमा संचालन भएकाे कार्यक्रमकाे स्वागत मनतव्य दलित पत्रकार संघका सल्लाहकार समिति सदस्य रमित विकले गरेका थिए । कार्यक्रममा बिषिष्ठ अतिथि बडीमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्बर महत, वडा नम्बर ३ का अध्यक्ष डबल बहादुर रोकाया, वडा नम्बर ५ का अध्यक्ष धरमपाल मिजार, वडा नम्बर ९ का अध्यक्ष सूर्यकिरण विक, पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम सिंह लगायत पत्रकारहरू सहभागी थिए।
आइतबार २५, जेठ २०८२ ०९:२९
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले नेपालमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरेको छ । अस्पतालका प्लास्टिक सर्जरी विभागका पूर्वविभागीय प्रमुख प्राडा ईश्वर लोहनीले नेपालमा पहिलो पटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिनुभयो । “त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक गत जेठ १३ गते मङ्गलबार अमेरिकाबाट चिकित्सक झिकाएर केटाबाट केटी (मेल टु फिमेल) शल्यक्रिया गरिएको हो,” उहाँले भन्नुभयो, “अब भने नेपालकै चिकित्सकको टोलीले लिङ्ग परिवर्तन शल्यक्रिया गर्ने छन् ।
सोमबार २६, जेठ २०८२ ०७:१६
प्रतियोगितामा १७ स्वर्ण सहित कञ्चनपुर जिल्ला दोश्रो भएको छ । कंचनपुरले १२ रजत र ११ कास्य पदक जितेको छ । कञ्चनपुरले नगद १५ हजार पुरस्कार सहित ट्रफी तथा मेडल प्राप्त गरेको छ । यस्तै ७ स्वर्ण सहित बझाङ जिल्लाले तेस्रो स्थान प्राप्त गरेको छ । बझाङले ४ रजत तथा ११ कास्य पदक जित्दै नगद १० हजार तथा ट्रफी र मेडल प्राप्त गरेको छ । यस्तै चौथो स्थान प्राप्त गर्न सफल बैतडीले ३ स्वर्ण, ६ रजत तथा ७ कास्य पदक पाएको छ ।
सोमबार २६, जेठ २०८२ ०७:२०
बाम्का बजारमा भएको आगलागीबाट स्थानीयको घर, पसल तथा सामग्रीमा ठूलो क्षति भएको थियो । क्षतिको यथोचित मूल्याङ्कनका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा मूल्याङ्कन कार्य अघि बढाएका छन् । यस सहयोगले पीडितलाई तत्कालिक राहत प्रदान गर्ने र पुनःस्थापनामा टेवा पुग्ने विश्वास समेत गरेका छन् ।
सोमबार २६, जेठ २०८२ ०८:५४
व्यवसायी पुस्कर शाहका अनुसार डाब बजारदेखि बल्देसम्मका १ सय ६२ सहयोगी व्यवसायीहरुले सहयोग गरेको सो रकम हस्तान्तरण गरिएको छ ।आगलागीबाट पूर्ण रुपमा क्षति भएका १३ जनालाई ६२ हजार ५ सय ६० र आंशिक क्षति भएका ९ जनालाई १० हजारका दरले रकम हस्तान्तरण गरिएको थियो । आगलागीबाट पीडित व्यवसायीहरुलाई तत्काल राहत, पुनःस्थापना गरी पुरानै अवस्थामा ल्याउने प्रयासमा लागी रहेको बिपत बेवस्थापन समिति संयोजक तथा बुढीगंगा नगरपालीका नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।
सोमबार २६, जेठ २०८२ ०९:१७
यी प्रतिवेदनहरूमाथि छलफल गर्न १० वटा समूह बनाइएको निवर्तमान अध्यक्ष समिककुमार बडालले जानकारी दिए। उनकाअनुसार दोस्रो दिनको बन्द सत्र सोमबार बिहान ८ बजेबाट सुरू हुनेछ। आज प्रतिवेदनमाथि समूहगत छलफल सकेपछि पारितको कार्यसूची छ। त्यसलगत्तै नेतृत्व चयनको प्रक्रिया सुरू हुने उनले जानकारी दिए।
सोमबार २६, जेठ २०८२ ०९:२२