उहाँले पालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना बनाउन सहयोग गर्ने सवै कर्मचारी सरोकारवालालाई सबैलाई धन्यवाद दिएका छन् । गाउँपालिका अध्यक्ष दिलबहादुर रावलले बालबालिकालाई खोप सेवामा समावेश गराउनु मात्रै होइन, यसलाई दीगो बनाउँदै लैजान चुनौति रहेकोले त्यसमा ध्यान दिन स्वास्थ्य कर्मी र सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।
सोमबार १९, जेठ २०८२ ०९:४६
तीनै जनालाई तत्काल उपचारका लागि न्याय हेल्थ अस्पताल, बयलपाटा लगिएको र हाल त्यहीँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
मङ्गलबार २०, जेठ २०८२ ०७:५९
२ हजार २ सय बढी वडामा जनसंख्या छ । ती मध्ये हाल ४ सय ६० जना बढी वैदेशिक रोजगारका लागि भारत सहीत देशमा गएको तथ्याकं वडाकार्यालयसँग छ । स्थायी जागिरे कमै छन् । व्यापारमा पनि संलग्नता कमैको छ । यो अवस्था सुधारका लागि कृषि खेती बाहेक अर्को विकल्प नभएको र त्यसमा पनि प्रमुख खेती केरा नै हुने भन्छन्, वडा अध्यक्ष कृष्ण खड्का ।
मङ्गलबार २०, जेठ २०८२ ०२:३३
उनले गृहमन्त्रीलाई संसदबाट जवाफ दिनुपर्ने वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने धारणा राखे ।संसदको गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले हल्का रूपमा अपरिपक्व तरिकाले राखेको विषयलाई पुनर्विचार गर्नुपर्ने उनले बताए । बर्तौलाले सरकारलाई रोकेर प्रतिपक्षीले संसद्लाई बन्धन बनाउन नमिल्ने धारणा राखे ।
बुधबार २१, जेठ २०८२ ०६:४७
गण्डकीको नीति तथा कार्यक्रम पुरानै, नारा भने नयाँ
बुधबार २१, जेठ २०८२ ०६:५०
बडीमालिका नगरपालिका, पीसविन नेपाल र पलान इन्टरनेशनलको सयुक्त सहकार्यमा नीतिगत बहस र पैरवी सहीत कार्यान्वयनको पाटो बलियो बनाउदै लैजाने नगर प्रमुख अमर खड्काले बताएका छन् । कार्यविधी, कार्यनीति बनाएर बाल कल्याण अधिकारी समेत नियुक्ती गरिसकेको बडीमालिकाले वटा, टोल स्तरमै बाल सञ्जाल गठन सहीत सक्रियता बढाउने योजना अघि बढाएको छ ।
बुधबार २१, जेठ २०८२ ०८:२३
पछिल्लो विकासित प्रविधी मार्फत शिक्षण सिकाइ गर्दा आवश्यक ज्ञानसीप र अनुभव आदान प्रदानका लागि तालिम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख रंगमल विकले जानकारी दिएका छन् । बडीमालिका नगरपालिकाले सबै सामुदायिक विद्यालयमा इहाजिरी देखि कम्प्यूटर कक्षा सञ्चालनको नीति लिएको छ ।
बुधबार २१, जेठ २०८२ ०८:२७
“नेपालले सन् २०३० सम्ममा न्यून आय भएको मुलुकबाट मध्यम आय भएको देशको स्तरमा पुग्ने एक महत्वपूर्ण लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्तिका लागि आर्थिक, सामाजिक, रोजगारी र नागरिक जीवनस्तरका क्षेत्रमा आमूल सुधार गर्न आवश्यक छ । यसै सिलसिलामा हालसम्म न्यून आय भएको देश भएकाले विश्व समुदायबाट प्राप्त सुविधाहरूमा मध्यम आय भएको देशको स्तरमा स्तरोन्नती हुँदा कटौती हुन सक्ने भएकाले अब प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र आर्थिक विकास र वृद्धिलाई टेवा दिने उपायहरू खोज्नु हाम्रो प्राथमिकता हुनुपर्छ ।” भण्डारीले भने ।
बुधबार २१, जेठ २०८२ ०८:३०
बिरामी भएर अस्पताल लगिएका थुनवा रावतको हिजो साँझ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । रावतले पेट दुख्यो भनेर हिरासतबाट जिल्ला अस्पतालमा लगिएको थियाे ।
बिहिबार २२, जेठ २०८२ ०९:२०
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन–२०८२’ पेस गर्ने छन् ।
बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सांसद सदस्यहरूको नाम हेरफेर गर्ने छन् ।
बिहिबार २२, जेठ २०८२ ०९:३३
आँखाको मोतीविन्दु हराए,आँखाको अन्य समस्याको परिक्षण सहित शिविर संचालन गरिएको हो । शिविरमा ६ सय जनाले उपचार सेवा लिएका छन् । मोतिविन्दु लागेर दृष्टिविहिन भएका एक सय ४२ जनाको अप्रेसन गरिएको छ । भने चार सय ५८ जनाको सामान्य उपचारपछि परामर्श सहित सेवा लिएका छन् ।
हरेक वर्ष नगरपालिकाले गेटा आँखा अस्पतालसंग समन्वय र सहकार्यमा नगरका नागरिकलाई आँखाको मोतिविन्दुको रोगबाट मुक्त गर्ने गरी शिविर संचालन गर्दै आएको ।
बिहिबार २२, जेठ २०८२ ०८:३४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालत काठमाडाैँमा मुद्दा दायर गरिएको हो ।
बिहिबार २२, जेठ २०८२ ०८:४०
नेकपा एमाले वाग्मती प्रदेश कमिटीको जनसंगठन संयन्त्रले आयोजना गरेको वाग्मती प्रदेश अन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसंगठन इन्चार्ज तथा प्रमुखहरूको संयुक्त बैठकलाई पार्टी प्रदेश कार्यालय च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले जसका लागि काम गर्ने हो त्यही समुदायमा नरहने व्यक्तिले जिम्मेवारी पुरा गर्न नसक्ने बताएका हुन् ।
बिहिबार २२, जेठ २०८२ ०९:५४
बृहत जानरण सभा बाजुराको सदरमुकाम मार्तडीमा भव्य रुपमा आयोजना गरिएको छ । जिल्ला दलित नेटवर्क बाजुराको आयोजना, बडीमालिका सामुदायिक विकास समाज बाजुराको सहकार्य र दलितका लागि दलित अभियानको समन्वयमा वृहत जागरणसभा भव्य रुपमा मार्तडीमा सम्पन भएको हो ।
बिहिबार २२, जेठ २०८२ १०:२०
आँखा शिविरमा सबैले सेवा लिन आउन अपिल गरेका छन् । शिविरमा कुनै समस्या आए पालिकासंग समन्वय गर्न पनि नगर प्रमुख खड्काले आग्रह गरेका छन् ।
नगर प्रमुख खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गेटा आँखा अस्पतालका चिकित्सक स्मिथ अधिकारी,बडीमालिका नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धरमपाल मिजार,७ का वडा अध्यक्ष धर्मराज पाध्याय, ९ का वडा अध्यक्ष सूर्यकिरण वि।क।,बुढीनन्दा नगरपालिका ७ का वडा अध्यक्ष अशोक दानी अतिथी रहेका थिए ।
शुक्रबार २३, जेठ २०८२ १२:५६
आगलागि वाट लाखौंको क्षती भएको छ । आगो लाग्नुको कारण खुलेको भएपनि के कति क्षति भयो भन्ने बारेमा एकिन हुन सकेको छैन ।
हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको बताइएको छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी,स्थानीयहरु लागि रहेका छन् ।आगलागिका कारण फाइवर इन्टरनेट र विद्युत सेवा समेत अवरोध भएको छ ।
शुक्रबार २३, जेठ २०८२ ०९:३३
निरीक्षणका क्रममा मन्त्री पाण्डले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिनुभएको छ । क्षतिको विवरण लिएसंगै आगजनीबाट पीडित व्यक्तिहरुसँग समेत भेटघाट गरेको बताईएको छ ।बाजुरा मन्त्री पाण्डेको गृह जिल्ला पनि हो । शुक्रबार दिउँसा आगलागी भएर ४० वटा पसलहरू जलेर नष्ट हुँदा करोड भन्दा बढीको क्षति भएको बताएका छन् ।
शनिबार २४, जेठ २०८२ ११:५३
जिप डाब बजारबाट सामान लिएर सदरमुकाम मार्तडी तिर आउँदै गरेको शनिबार दिउसो ३ बजेतिर बल्दे नजिकैको उकालो सडकमा पल्टिएको छ ।उनका अनुसार जीप सडकमै पल्टिएको र मानवीय क्षती भने नभएको बताएका छन् । मालबाहक जीप भने मार्तडी बजारका व्यापारी हंसबहादुर सिंहको रहेकाे छ ।
शनिबार २४, जेठ २०८२ ०७:३४
आगलागी पीडित व्यवसायीहरुको राहत संकलन अभियानका लागि मार्तडी, बाम्का, बेतालमाण्डौ र रिठा बजारमा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्षको नेतृत्वमा द्धित्तिय उपाध्यक्ष तुलाबहादुर रोकाया, सचिव अफिलाल धामी, कोषाध्यक्ष हंशबहादुर सिंह, सदस्यहरु पार्वती जोशी, मिठिला सिंह, ज्ञानबहादुर थापा, टेकबहादुर धामी र बन्दना रोकायालाई खटाउने निर्णय गरेको छ ।
शनिबार २४, जेठ २०८२ ०७:५३
कार्यक्रममा कोशी प्रदेशमा रहेको हुलाकका प्रतिनिधिहरूले आफ्ना क्षेत्रका समस्या प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सञ्चार मन्त्रालय अन्तर्गत रहेका कर्मचारीका साथै सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।
शनिबार २४, जेठ २०८२ ०८:१३
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
आइतबार २५, जेठ २०८२ ०९:०७
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद छन् । यस बीचमा समानुपातिक सांसदहरुले पनि आफूहरुले पनि प्रत्यक्ष निर्वाचित सरह पाँच करोड बजेट नै पाउनुपर्ने माग गर्दै आएका थिए ।
आइतबार २५, जेठ २०८२ ०९:१८
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमार्फत सुरु गरेको ‘म झोले हो’ भन्ने उक्त अभियान एमालेको तल्लो तहसम्म पुगेको छ ।थापाले एमालेमा झोले नभई मूल्य, मान्यता, सिद्धान्त र विचारसहितका निष्ठावान नेता कार्यकर्ताको ठूलो पंक्ति रहेको बताए । सत्ता र शक्तिको वरिपरि बसेका केही मानिसले आफूहरुले गरेका गलत गतिविधि सबै ठीक ठानिरहेको भन्दै थापाले एमाले पंक्तिले उनीहरुलाई नजिकबाट नियालीरहेको उल्लेख गरे ।
आइतबार २५, जेठ २०८२ १२:०८
आईतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुरा आगलागी पीडितका लागि तत्काल बुढीगंगा नगरपालिकालाई चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
आइतबार २५, जेठ २०८२ १२:१३