आइतबार, २२ असार २०८२

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षाको मात्रै नभएर स्वास्थ्यको पनि केन्द्र बनोस् भन्ने उद्देश्यले सहकुलपतिमा शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राख्ने व्यवस्था गरिएको बताएका थिए। 
छलफलका क्रममा सांसद योगेशकुमार भट्टराईले धेरै पहिलादेखि उठेको विषय भएको सुदूरपश्चिमका जनतालाई न्याय गरेको बताए। सांसद डा अमरेशकुमार सिंहले सुदूरपश्चिमका जनतालाई बधाई दिँदै विकासमा विभेद भएको भन्दै मधेस–प्रदेशमा अहिलेसम्म एउटा पनि सरकारी मेडिकल कलेज भएको उल्लेख गरे।

आइतबार ०४, जेठ २०८२ ०८:३५

केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

सोमबार ०५, जेठ २०८२ ०६:४८

शिक्षक महासंघ फेरि असन्तुष्ट, सबै सहमति लत्याइएको आरोप

विधेयकमा व्यवस्था भए अनुसार शिक्षकको सरुवा झन् शिक्षक मारा भएको सुवेदीको टिप्पणी छ । अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन नभएको उनले बताए । उनले अघि थपे, ‘विभागीय कारबाही जस्ताको तस्तै रहयो । बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन । सबैलाई अन्याय गर्न खोजियो’, अध्यक्ष सुवेदीले भने । वि.स. २०७५, २०७८ र २०८० मा भएका सबै सहमतिलाई लत्याइएको अध्यक्ष सुवेदीको आरोप छ ।

सोमबार ०५, जेठ २०८२ १२:००

ओली र युवाको विश्वास जितेका विनयको, युवा संघ हाँक्ने हुटहुटी

दूई कार्यकाल सचिव भइसकेका विनयलाई नवौं महाधिवेशनबाटै महासचिव हुने, नभए उपमहासचिव बन्ने धोको थियो । उनले प्रयास पनि गरे, पुराना अनुहार मिलाउनु पर्ने अवस्था आएपछि फेरि सचिवमै दोहोरिए र सुदूरपश्चिम प्रदेशको इन्चार्जको भूमिका निर्वाह गरिरहेका छन् । फेरि यतिबेला राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनको चर्चा सुरु भएको छ । महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुदैछ ।

सोमबार ०५, जेठ २०८२ ०३:०८

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ ।

सोमबार ०५, जेठ २०८२ ०३:२०

धार्मिक तथा पर्यटकीय क्षेत्र ,बडीमालिका मन्दिर निर्माण हुदैं

तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण हुन सकेको थिएन । यो पटक भने सेनाको सक्रियतामा निर्माण सुरु भएको छ,’ उनले भने । पुरानो भत्काएर नयाँ मन्दिर निर्माण, हवन कुण्ड र हेलिप्याड निर्माण हुने भएको छ । पुजारीका अनुसार मन्दिर करिब २ करोड लागतमा निर्माण हुन लागेको हो ।

सोमबार ०५, जेठ २०८२ १०:५४

त्रिवेणी नगरपालिकाको  सार्वजनिक सुनुवाई सकियो,नगरका काम प्रति नागरिक सन्तुष्ट

चालू आर्थिक बर्ष २०८१र०८२ मा संचालन गरेको सम्पूर्ण योजना तथा कार्यक्रमको सम्पन्न भइ नगरबासी लाइ प्रस्ट पारीएको छ । त्यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रममा त्रिवेणी नगरपालिकाका स्वास्थ, शिक्षा, खानेपानी, संचार, कृषि, पर्यटन र भौतिक पुर्वाधारको क्षेत्रका काम गरेको नगरपालिकाले जनाएको छ ।

मङ्गलबार ०६, जेठ २०८२ ०१:४८

विश्व पौडेललाई गभर्नर बनाउने सहमति

मन्त्रिपरिषद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसका नेताहरू उपसभापति पूर्णबहादुर खड्काको निवासमा छलफलमा जुटेका थिए ।उक्त छलफलमा गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत सहभागी थिए । कांग्रेस बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री बिरामी भएर नै सभापतिसँग छलफल नभएको र मन्त्रिपरिषद्को बैठक पनि नबसेको ब्रिफिङ गरेका थिए ।

मङ्गलबार ०६, जेठ २०८२ ०३:५६

अर्थमन्त्री पौडेलले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिस समिति खारेज गरेर पुनः नयाँ समिति गठन गरेको हो । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नरमध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहेका छन् ।

मङ्गलबार ०६, जेठ २०८२ ०४:०५

गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो,“माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा. विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ ।”

मङ्गलबार ०६, जेठ २०८२ ०८:४२

आधारभूत पत्रकारीता तथा उद्घोषक तालिम बुढिगंगा नगरपालिकामा उद्घाटन

आज वाट सुरु भएको आधारभुत पत्रकारिता तालिमको शुभारम्भ बुढिगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । बुढिगंगा नगरपालिकाले नगर भित्र पत्रकारीता क्षेत्रमा कलम चलाउँन चासो भएका विद्यार्थीहरुलाई पत्रकारिताको विषयमा आधारभुत तालीम गराउँन नेपाल पत्रकार महाँसध बाजुरा लाई समन्वय भुमिका दिउको छ ।

बुधबार ०७, जेठ २०८२ ०२:३८

राष्ट्रियसभामा संस्कृतिमन्त्रीको जवाफ- हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो

राष्ट्रियसभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउनका लागि संशोधन गर्न तयार रहेको बताएका हुन् ।

बुधबार ०७, जेठ २०८२ ०५:४५

सुत्केरी व्यथाले छट्पटिएकी महिलाको उद्धार गर्ने प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रशंसा पत्र र रेकर्डमा जानिने गरी पुरस्कृत गरेको हो । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० बालनरसिंह राणाले जवान देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन् ।

बुधबार ०७, जेठ २०८२ ०५:४९

विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, कम्तीमा आठ कर्मचारी पक्राउ

छापा मार्ने क्रममा अख्तियारको टोलीले विमानस्थल अध्यागमनका केही कर्मचारीलाई पनि पक्राउ गरेकोछ।अख्तियारको टोलीले मंगलबार मात्रै विमानस्थल अध्यागमनबाट फिर्ता भएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी अख्तियारले अन्य ८ जना कर्मचारीलाई पनि हिरासतमा लिएको स्रोतले उल्लेख गरेको छ ।

बुधबार ०७, जेठ २०८२ ०७:१४

कांग्रेसमा क्रियाशील सदस्यता समस्या, अब असार मसान्तसम्म नवीकरण सक्नुपर्ने

समितिका संयोजक महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले असार मसान्तसम्म पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।

बुधबार ०७, जेठ २०८२ ०७:२१

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन गर्दै अख्तियार

समितिको आजको बैठकले अध्ययन प्रतिवेदनमा प्राप्त विषयलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन आयोगलाई लेखी पठाउने निर्णय गरिएको समिति सदस्य राजेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

बिहिबार ०८, जेठ २०८२ ०७:३५

बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई

भट्टराईलाई मंगलबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालय तानिएको थियो ।भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट करोडौँ रकम असुल्ने गरेको आरोप भट्टराईलाई लागेको छ । त्यही प्रकरणमा भट्टराईलाई अख्तियारले पक्राउ गरिएको थियो ।

बिहिबार ०८, जेठ २०८२ ०७:३९

खैरो सूचीभित्र गभर्नर पौडेलका बग्रेल्ती चुनौती

विभिन्न अन्तर्राष्ट्रिय निकाय, विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरदेखि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर उनले काम गरिसकेका छन् । तर, गभर्नर नियुक्ति प्रक्रियामा राजनीतिक आबद्धता जोडेर केही कोणबाट आलोचना गरिए पनि राष्ट्र बैंकको नेतृत्व गर्ने विषयमा जोडेर भने पौडेलको क्षमतामा प्रश्न उठाएको पाइँदैन ।

बिहिबार ०८, जेठ २०८२ ०७:५१

नेकपा एमाले बाजुरा द्धारा प्रजिअलाई ज्ञापन-पत्र

नेपाल सरकारले ९८ प्रकारका औषधी निःशुल्क दिने गरेको छ, तर बाजुरामा भने सिटामोल समेत नपाईने अवस्था छ । यसका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुराको औषधी खरिद गर्ने प्रक्रिया पारदर्शी हुनुपर्ने र खरिद प्रक्रियाको नियमित अनुगमन गरी सेवाग्राहीलाई निःशुल्क औषधीको प्रायाप्त व्यवस्थापनमा ध्यान दिन माग गरिएको अध्यक्ष आलीले बताएका छन् ।

बिहिबार ०८, जेठ २०८२ ११:५७

बाजुरामा हालसम्म ८६ हजार नजिक मतदाता पुगे

बिहीबार ९ वटै पालिकाका ६९ वडामा रहेका मतदाताहरुको नामावली सार्वजनिक सूचना मार्फत जानकारी गराइएको छ । 
निर्वाचन कार्यालय बाजुराले सार्वजनिक गरेको पालिकाका आधारमा सबै भन्दा बढी बुढीगंगा नगरपालिका र सबै भन्दा कम जनन्नाथ गाउँपालिकमा रहेको छ ।

बिहिबार ०८, जेठ २०८२ १२:५६

बुढीगामा बृहत कृषि मेला प्रदर्शनी

बुढीगंगा नगरपालीकाका कृषकहर लाई कृषि आधुनिक आधुनिक करणमा लैजान स्थानीय रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्नका लागि कृषि मेला संचालन गरिएको नगरप्रमुख राम बहादुर बानियाले बताएका छन् ।

बिहिबार ०८, जेठ २०८२ ०८:०९

बैतडीको खलङ्गामा ५.१ रेक्टर स्केलको भूकम्प

केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा आसपास क्षेत्र रहेको छ। भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ।

शुक्रबार ०९, जेठ २०८२ ०८:०१

बुढीनन्दामा ट्याक्टर दुर्घटना

शनिबार १०, जेठ २०८२ ०१:१९