आइतबार, २२ असार २०८२

महेश बर्तौलाले भने- प्रतिपक्षीको माग पुरा गर्न सकिँदैन, गृहमन्त्रीको राजीनामा आउँदैन

काठमाडौं: नेकपा एमालका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पुरा गर्न असम्भव रहेको बताएका छन् ।  बुधबारको संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने र प्रतिपक्षीले भनेजस्तो छानबिन समिति पनि गठन हुन नसक्ने स्पष्ट पारेका हुन् ।

उनले गृहमन्त्रीलाई संसदबाट जवाफ दिनुपर्ने वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने धारणा राखे ।संसदको गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले हल्का रूपमा अपरिपक्व तरिकाले राखेको विषयलाई पुनर्विचार गर्नुपर्ने उनले बताए ।  बर्तौलाले सरकारलाई रोकेर प्रतिपक्षीले संसद्लाई बन्धन बनाउन नमिल्ने धारणा राखे  । 

प्रतिक्रिया दिनुहोस