बुधबार, ०१ असोज २०८२

दुर्गमकी आमा बुट्टा विकको कहानी लाग्दो सुत्केरी कथा

ती हुन्, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका–१ की २३ वर्षीया बुट्टा विक । यौनाङबाट पानी बग्न शुरु भएपछि बर्थिङ्ग सेन्टरका स्वास्थ्यकर्मीलाई बोलाइयो । शिशुको नाल निस्किएर बाहिरै आइसकेको हुनाले आमाको स्वास्थ्य अवस्था जटिल हुन थालेको थियो । त्यसपछि हेलिकोप्टर व्यवस्थाका लागि बुट्टाका श्रीमान् किरिन्द्र विकले विभिन्न निकायमा गुहारेका थिए ।

बुधबार २८, जेठ २०८२ ०५:५७

शान्ता अचार र गुन्द्रक तालिम दिन पुगिन् बाजुरा, महिला उद्यमी बढाउँदै

राजनीतिक कामको शिलशिलामा बाजुरा आउँदा अचारको कच्चा बस्तु धेरै उत्पादन भएको देखेँ, र लगत्तै नगर प्रमुख अमर खड्का जीसँग सहकार्य गर्न प्रस्ताव गरेको दुई महिनामै तालिम सञ्चालन गरिएको शान्ताले बताइन् । बाजुरामा मुला, चोतो, टिमुर, पीडालु, खुर्सानी, लसुन, अदुवा, तामा, निगाला लगायत दर्जन बढी प्रकारको अचार उत्पादनको संभावना देखिन्छ ।

बुधबार २८, जेठ २०८२ ०६:१५

बडीमालिकामै बन्यो साबुन, हर्पिक र फिनाइल

सानो लगानीमा पनि राम्रो आम्दानी गर्ने गरि उद्यम विकासका लागि पालिकाले सीप विकास तालिम आयोजना गरेको हो । बिशेष गरि महिलाहरुलाई आयआर्जनमा जोड्न साबुन, हर्पिक र फिनाइल तालिम आयोजना गरिएको उद्यम विकास शाखा प्रमुख रञ्जीता शाहीले बताएकी छन् ।

बुधबार २८, जेठ २०८२ ०७:५७

अनेरास्ववियुको अनुशासन आयोग सदस्यमा कैलालीका अभिषेकको उम्मेदवारी

अभिषेक चौधरी हाल पोखरा वनविज्ञान कलेजको प्रारम्भीक कमिटी अध्यक्ष हुन् । सदस्यबाट कमिटीमा प्रवेश गरेका चौधरी यस अघि उपाध्यक्ष थिए । विद्यालय स्तरको पढाइकै समयमा पनि अनेरास्ववियुका गतिविधीमा सक्रिय रहने चौधरीले आफ्नो पक्षमा मतदान हुनेमा विश्वास गरेका छन् ।

बुधबार २८, जेठ २०८२ ०८:३५

पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग

पाठकले अहिलेसम्म औपचारिक रुपमा आफूविरुद्ध परेको उजुरी, लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएको पनि बताएका छन् । ‘यसबारे सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु’, उनले दुवै निकायलाई भनेका छन्, ‘ ’यससँगै समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्नु हुन पनि अनुरोध गर्दछु ।’

बुधबार २८, जेठ २०८२ ०९:३३

एयर इन्डियाको विमान दुर्घटनापछि शोकमा डुब्यो भारत, एक यात्रु जीवितै भेटिए

एयर इन्डियाको विमान दुर्घटनापछि शोकमा डुब्यो भारत, एक यात्रु जीवितै भेटिए

बिहिबार २९, जेठ २०८२ ०९:११

जनार्दनले विधि सम्झाउँदा प्रचण्डले भनिदिए- पार्टी नै छोड्नुस्

प्रचण्ड बोल्दै जान्छन् । बाबुराम भट्टराई, रामबहादुर थापा बादल, मोहन वैद्यको नामै लिएर र मञ्चका बसेका रुकुमकै नेता जनार्दन शर्मालाई लक्षित गर्दै भन्छन्, ‘एकाध नेताले पार्टी छोड्दैमा र एकाध नेता विचलित भएर अर्कातिर लाग्दैमा जनताले पार्टी छोड्दैनन् । क्रान्तिकारी जनता सतिसालझैं उभिन्छन् । रुकुम उदाहरण बनेको छ ।

बिहिबार २९, जेठ २०८२ ०९:१५

धनगढीमा सर्पको टोकाइबाट शिक्षिकाको मृत्यु

गोदावरी नगरपालिका–८ को श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीलाई बिहिवार सर्पले टोकेको थियो । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

शुक्रबार ३०, जेठ २०८२ ०९:०१

कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

रितुलाई बुधवार राती आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। विहिबार मात्रै गोदावरी नगरपालिका–८ को श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीलाई सर्पले टोकेको थियो ।

शुक्रबार ३०, जेठ २०८२ १२:५३

सेती प्रादेशिक अस्पतालमै निःसन्तान उपचार केन्द्र सञ्चालन, साढे ७ हजारमै उपचार सेवा

विश्वव्यापी रूपमा १० देखि १५ प्रतिशतमा दम्पतीहरू बाँझोपनको समस्याबाट प्रभावित रहेकोमा नेपालमा १३ देखि १५ प्रतिशत दम्पती यो समस्याबाट प्रभावित हुने अनुमान गरिएको छ । सुदूरपश्चिमलाई लक्षित गरी यो सेवा विस्तार गरिएको छ । सेवा सञ्चालनसँगै महँगो खर्च गरेर भारत जानुपर्ने बाध्यता हट्ने छ ।

शुक्रबार ३०, जेठ २०८२ ०१:३४

बडीमालिकाको विकासमा जनताको चासो : योजनामा कम अपनत्व, बढी गुनासो

योजनाको समीक्षामा उनीहरूलाई प्रत्यक्ष सहभागी गराइएको छ । नयाँ योजनाका लागि सुझाव सङ्कलन पनि गरियो । मनलाग्दी योजना माग्ने, काम नगर्ने, भुक्तानीका लागि प्राविधिक, कर्मचारी र जनप्रतिनिधिलाई नै धम्की दिने, थर्काउने, पार्टीको धाक लगाउने परिपाटी अन्त्य गरौं, भनेर नै ‘वडा समीक्षा’ तथा ‘समृद्धि बहस’ सञ्चालन गरिएको नगर उपप्रमुख नन्दा थापाले बताइन् ।

शुक्रबार ३०, जेठ २०८२ ०३:५५

‘सूर्य युग’ को विमोचन गर्दै भट्टले भने–विकास र समृद्धिलाई मुल एजेण्डा बनाऔं !

मुखपत्रको विमोचन नेकपा एमाले पार्टी केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्टले गरेका हुन् । एमालेको विचार जनस्तरसम्म लैजान र पार्टी कमिटीका गतिविधीलाई लिपिवद्ध गर्ने गरि पत्रिका प्रकाशन थालिएको एमाले प्रदेश उपसचिव समेत रहेकी प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले बताएकी छन् ।

शुक्रबार ३०, जेठ २०८२ ०८:२३

अनेरास्ववियुको नेतृत्वमा डाक्टर र इन्जिनियरहरूको पकड

मुस्लिम अल्पसंख्यकबाट सचिवालय सदस्यमा इन्जिनियर अफ्जल मियाँले प्रतिस्पर्धा गरेका थिए । तर उनी पराजित भए । खुला क्षेत्रबाट सचिवालय सदस्यमा इन्जिनियर नितेश लामिछानेले जितेका छन् । तर इन्जिनियरहरू सुवास सुवेदी र पदमबहादुर खड्काले जित्न सकेनन् । सचिवालयको तर्फबाट इन्जिनियर दीपिका पाण्डेयले प्रतिस्पर्धा गरेकी थिइन् । उनले पनि जित्न चाहिँ सकिनन् ।

शुक्रबार ३०, जेठ २०८२ ०८:३१

नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिबद्ध छु : गृहमन्त्री लेखक

सेवा प्रवाहको प्रभावकारिताका लागि संस्थागत र भौतिक पूर्वाधार सुधार महत्त्वपूर्ण रहेको जनाउँदै गृहमन्त्री लेखकले आफूले जिम्मेवारी सम्हालेपश्चात अध्यागमन प्रणाली सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरिएको जिकिर गरे । “अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेस्क’ थप गरी सूचना प्रविधिको प्रयोग गरी ‘भिसा स्क्यानिङ’ गर्ने र सुरक्षा प्रबन्धलाई थप मजबुत बनाइएको छ”, उनले भने ।

शुक्रबार ३०, जेठ २०८२ ०९:१२

पोखराका सुमन खड्का बने राष्ट्रिय लोकदोहोरी आइडल

काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा  सम्पन्न प्रतियोगितामा  पोखरा गाउँबेसी रोधिघरका कलाकार सुमन खड्काले उपाधि जितेका हुन्।  उपाधिसहित उनले  मोटरसाइकल , नगद ३३,३३३, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्  । त्यस्तै सालघारी दोहोरी साँझकी सँगिना थापा मगर दोस्रो भइन् । उनले स्कुटर, नगद  २२,२२२, ट्रफी र प्रमाणपत्र पाइन्।

शुक्रबार ३०, जेठ २०८२ १०:२८

चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्तिबाट हेम सहानी सम्मानीत

छात्रवृत्ति नेकपा एमाले बाजुराले स्थापना गरेको हो । अनेरास्ववियुका नेता स्वर्गिय चेतनदीय ऐडीको स्मृतिमा हरेक वर्ष एक जनालाई जेहेन्दार छात्रवृत्ति दिने गरि नगद पुरस्कार राशी सहीत छात्रवृत्ति स्थापना गरिएको नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले जानकारी दिएका छन् ।

शनिबार ३१, जेठ २०८२ १२:२४

भारतबाट फर्किएका कंचनपुरका गिरी धनगढीमा मृत भेटिए

शुक्रवार बिहानसम्म पनि घर नफर्किएपछि उनका आफन्तले खोजतलास थालेका थिए । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा फोटोसहित निवेदन दिइएको थियो । गिरी शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित नाला नजिकैको हिलोमा अचेत अवस्थामा फेला परेका थिए ।

शनिबार ३१, जेठ २०८२ ०४:२८

राहत कुर्दै, टहरा उठाउँदै बाम्काका आगलागी पीडित

नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्केर आगलागी भएको हो । एउटै पसलबाट सुरु भएको आगलागीले आधा बजार सखाप पार्‍यो । १३ जनाले शरीरको कपडा बाहेक सम्पत्ति जोगाउन पाएनन् । नौ वटा पसलमा आंशिक क्षति भयो । जोगाउन खोज्दा खोज्दै अरू दर्जनभन्दा बढी पसलमा पनि क्षति भयो । धन्न १ मानवीय क्षति हुन पाएन ।

शनिबार ३१, जेठ २०८२ ०६:३४

बाजुरामा हिमाली र खप्तड छेडेदहलाई भारतीय दुतावासद्धारा एम्बुलेन्स उपहार

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल र खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बीसुदेवी नाथलाई चाबी हस्तान्तरण गरिएको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेको दुतावासले बताएको छ ।

शनिबार ३१, जेठ २०८२ ०६:५६

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी मार्तडीमा नवीनतम अनुभव आदान प्रदान

बडीमालिका नगरपालिका, नर्वेजियन दूतावास, यूएनएफपीए र पीसविन नेपालको सयुक्त सहकार्यमा सिकाइ आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो । पीसविनले नर्वेजियन दूतावास, यूएनएफपीएसँगको सयुक्त सहकार्यमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार परियोजना सञ्चालनल गरिरहेको छ ।

शनिबार ३१, जेठ २०८२ ०८:०२

अनिवार्य र निशुल्क आधारभुत शिक्षा विषयक मार्तडीमा कार्यशाला सञ्चालन

आधारभुत तहको शिक्षा निशुल्क र अनिवार्य गरिएको भएपनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो बढेसँगै कार्यशाला सञ्चालन गरिएको हो । आधारभुत तहमै कक्षा छोड्ने, दोहोर्याउने, भर्ना नहुने र भर्ना गर्दा पनि शुल्क लिने गुनासो बढेसँगै सरोकारवाला सम्मेलित कार्यशाला आयोजना गरिएको हो ।

शनिबार ३१, जेठ २०८२ ०८:०६

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्नेछन् ।यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

आइतबार ०१, असार २०८२ ०७:४२

भारतको उत्तराखण्ड गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का अनुसार, हेलिकप्टर आइतबार बिहान ५ः३० बजे केदारनाथबाट गुप्तकाशीका लागि उडेको थियो । उडान भरेको केही समयपछि नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

आइतबार ०१, असार २०८२ १०:२६

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

यसैगरी, गण्डकी प्रदेशले ३२ अर्बको बजेट ल्याउने तयारी गर्दा लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षको भन्दा केही सानो बजेट ल्याउने स्रोतले जनाएको छ । लुम्बिनी सरकारले चालू आर्थिक वर्षमा झण्डै ३९ अर्बको बजेट ल्याएको थियो ।

आइतबार ०१, असार २०८२ १०:३०