सोमबार, २३ असार २०८२

आधारभूत पत्रकारीता तथा उद्घोषक तालिम बुढिगंगा नगरपालिकामा उद्घाटन

बाजुराः आधारभूत पत्रकारीता तथा उद्घोषक तालिम बुढिगंगा नगरपालिकामा सुरु भएको छ ।नेपाल पत्रकार महासंघ बाजुराको आयोजना,बुढिगंगा नगरपालिका र बुढिगंगा सीप विकास तथा प्रशिक्षण केन्द्रको सहयोगमा ५ दिने आधारभूत पत्रकारिता तालिम आज वाट सुरु भएको छ ।
आज वाट सुरु भएको आधारभुत पत्रकारिता तालिमको शुभारम्भ बुढिगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । बुढिगंगा नगरपालिकाले नगर भित्र पत्रकारीता क्षेत्रमा कलम चलाउँन चासो भएका विद्यार्थीहरुलाई पत्रकारिताको विषयमा आधारभुत तालीम गराउँन नेपाल पत्रकार महाँसध बाजुरा लाई समन्वय भुमिका दिउको छ ।

५ दिन सम्म सञ्चालन हुने तालिममा विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययनरत विद्यार्थी,जिल्लास्थित सञ्चार माध्यममा कार्यरत पत्रकार तथा प्रशिक्षकहरुको सहभागिता रहेको छ ।
 कार्यक्रमका प्रमुख अतिथि राम बहादुर बानियाँले पत्रकारिताका माध्यमबाट देशको समसामयिक गतिविधि,विपन्न , गरिबहरूको आवाज बुलन्द भइरहेको बताए। उनले बुढिगंगा नगरपालीकमा  पछिल्लो समय पत्रकारिताहरूको संख्या बढाउने तालिमको आयोजना गरिएको  बताए ।
पत्रकारिताका माध्यमबाट लुकेका कुराहरू समेत बाहिर ल्याउने काम भइरहेको हुँदा पत्रकारीता पेशा निकै महत्वपूर्ण भएकोले यसलाई थप प्रभावकारी बनाउँन हामी लागी परेको नगरप्रमुख बानियाले बताएका छन् ।
उहाँले भने पत्रकारीतामा रुचि भएकाहरुका लागि राम्रो अवसर प्रदान गरीने छ ”।यस्ता कार्यक्रमले पत्रकारीतामा कलम चलाउन ईच्छुक व्यक्तिहरुलाई ठुलो सहयोग गर्ने समेत बानियाँले भने ।साथै उनले तालिममा सिकेका कुरा आफ्नो व्यवहारमा लागू गर्न समेत नगर भित्रका तालिममा सहभागी प्रशिक्षार्थीलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको ५ दिने आधाभूत पत्रकारीता तथा उद्घोषक तालिमको प्रमुख अतिथि बुढिगंगा  नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँ रहनु भएको थियो।कार्यक्रममा बुढिगंगा  नगरपालिका सीप विकास केन्द्रका कार्यकारी निर्देशक महेश राज जोशी,बुढिगंगा वडा नम्बर २ का अध्यक्ष पदम भण्डारी ,सुदुरपश्चिमका स्काउट प्रमुख आयुक्त नरेन्द्र थापा ,पत्रकार महासंघ बाजुराका पुर्व अध्यक्ष मदन राज जोशी,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण ओली ,प्रेस चौतारी बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय,प्रेस सेन्टरका केन्द्रीय सचिव निमेन्द्र शाही,लगायत अतिथि रहेका थिए।

पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित विक,सह–सचिव जनक बोहरा,कोषाअध्यक्ष उमेश शाही,लगायत जिल्ला स्थिति पत्रकार र तालिममा सहभागी माध्यामिक विद्यार्थीलयका प्रशिक्षार्थीहरुको सहभागी छन्।रमित विकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस