सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा वरिष्ठ गायक नन्दकृष्ण जोशीले शुभकामना मन्तव्य दिएका थिए । कला क्षेत्रका बारेमा बताउँदै राष्ट्रिय दोहोरीगीत आइडल आयोजना गर्नु उत्कृष्ट कार्य भएको बताए । धेरै नेताहरुले वर्षौं बहस गरेका कुरा दोहोरी गायक गायिकाले गाएको गीतले प्रष्ट पारिदिने गायक जोशीले बताए ।
शुक्रबार २६, बैशाख २०८२ ०७:०८
भोलि बैशाख २७ गतेदेखि २९ गतेसम्म बुढीगंगा नगरपालिकाको केन्द्रमा कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख रामबहादुर बानियाले जानकारी दिएका छन् । सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढिगंगाको विकास र संवृद्धिको अघि बढाउन “समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी” आयोजना गर्न लागिएको हो ।
शुक्रबार २६, बैशाख २०८२ ०८:०७
उक्त कार्यक्रममा २०८१÷८२ सम्मका योजना, कार्यक्रम र आयव्ययको विवरण प्रस्तुत गरिएका छ । वडा ५का अध्यक्ष डिल्ली बहादुर बुढाले यो बर्षमा भएका योजनाहरुको प्रतिवेदन प्रस्तुत गनु भएको थियो ।
शनिबार २७, बैशाख २०८२ ०६:३९
समृद्धिका आधार तयार गर्नका लागि विषय क्षेत्रगत रुपमा पहिचान भएका सम्भावनालाई संस्थागत अभिलेखीकरण गर्ने,नगरपालिकाको विकास अवधारणा सार्वजनिक गर्ने, स्वच्छ मर्यादित राजनैतिक संस्कार विकासका लागि सामाजिक विकासका लागि मुख्य नेतृत्वलाई राजनैतिक रुपमा प्रतिवद्धता गराउने लगायतका उद्देश्य लिएको छ ।
नगरपालिकाको शिक्षा,स्वास्थ्य,कृषि,सडक खानेपानी लगायतको अवस्थाको पनि विकास कचहरीमा जानकारी गराएको छ ।
आजबाट सुरु गरेको् समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी बैशाख २९ गतेसम्म संचालन हुने छ । बुढीगंगा विकास कचहरीबाट आएका सुझाव संकलन गरी अन्तिम दिन २० वर्षका लागि सात बुँदे घोषणा पत्र जारी गर्ने गरी कार्यक्रम संचालन गरीएको छ ।
शनिबार २७, बैशाख २०८२ ०३:१७
बर्षौं देखि समाजमा बिद्यमान जातीय छुवाछूत र विभेद जस्तो जघन्य अपराध बिरुद्ध दलित समुदायलाइ एक ठाउँमा ल्याउने उदेश्यले जागरण अभियानको शुभारम्भ गरिएको र अब जिल्लाभर यो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष कडाराको भनाइ कार्यक्रममा जिल्लामा क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधि,पुर्वोत्तरी क्षेत्र स्थित दलित समुदायका अगुवा संगै स्थानिय दलित समुदाय बिच प्रणालिगत विभेद ,न्यायमा पहुँचको अभाव र प्रतिनिधित्वको कमि जस्ता बिषयमा व्यापक छलफल गरिएको थियो।
आइतबार २८, बैशाख २०८२ ०८:११
त्रिवेणी नगरपालीका वडा न ३ अध्यक्ष तथा नगर प्रवक्ता मिन बहादुर भण्डारीले भने बेरोजगार युवाहरु लाई यहि रोजगारी बनाउन कृषी क्षेत्रमा पनि ध्यान दिँदै नागरिकलाई उत्पादनसँग जोड्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको जानकारी गराए ।
आइतबार २८, बैशाख २०८२ ०७:५६
दलिय सहकार्य र समझदारीको सन्देश दिने गरी पालिकाले सबै पूर्व र बहालवाला जनप्रतिनिधीलाई अवसर दिने गरि भवनको उद्घाटन गर्न लगाइएको नगर प्रमुख रामबहादुर बाँनीयाले जानकारी दिएका छन् । समृद्धिका लागि बुढीगंगा विकास कचहरी सञ्चालनको दोस्रो दिन पालिका भित्रका २,४, ५, ९ र १० नम्बर वडा कार्यालय उद्घाटन गरिएको छ ।
आइतबार २८, बैशाख २०८२ ०८:४३
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीलाई प्रमुख अतिथिका लागि आग्रह गरिएकोमा उहाँको समय अभावले आउन नभ्याउने जवाफ आएको थियो । सगरमाथा संवाद आयोजनाका लागि उच्चस्तरमा प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्व रहेको ‘स्टेरिङ कमिटी’, परराष्ट्रमन्त्री डा. आरजु राणाको संयोजकत्वमा रहेको व्यवस्थापन समिति, सचिवालय, मिडिया व्यवस्थापन समिति तथा कार्यदलसहितका समितिलाई यतिबेला भ्याइनभ्याइ छ । प्रधानमन्त्री ओलीको निर्देशन र रेखदेखमा तयारी तीव्र पारिएको छ ।
कार्यक्रम आउन चार दिन मात्र बाँकी रहँदा सबैले आफ्ना क्षेत्रको जिम्मेवारीलाई विशेष ध्या
सोमबार २९, बैशाख २०८२ ०५:५८
सरुवा भएर जाने र पठाउने दुवै प्रदेश सरकारको सहमतिमा मिल्दो पद तथा दरबन्दीमा सरुवा हुन पाउने व्यवस्था समितिले गरेको हो । समितिको प्रतिवेदनमा भनिएको छ, “कर्मचारी समायोजनसम्बन्धी सङ्घीय कानुनबमोजिम प्रदेशमा समायोजन भएका कर्मचारीलाई सम्बन्धित कर्मचारीको माग र सो प्रदेश तथा सरुवा हुने प्रदेशको प्रदेश सरकारको दोहोरो सहमतिमा अर्को प्रदेशको प्रदेश निजामती सेवाको मिल्दो पद तथा दरबन्दीमा मन्त्रालयले पारस्परिक सरुवा गर्न सक्ने छ ।”
सोमबार २९, बैशाख २०८२ ०६:०१
बाजुरामा काँग्रेस र एमालेले नै राजनीतिक रुपमा प्रभाव राख्ने गरेका छन् । बुढीगंगा नगरपालिकाले समृद्धिका लागि आयोजना गरेको बुढीगंगा कचहरीमा सहभागि दलका नेताहरुले १५ बुँदे लिखित प्रतिवद्धता समेत गरेका हुन् । विगतका बसाइ, छलफल र सार्वजनिक मञ्चमा पनि नेताहरुले सहकार्यको भाषण गर्दै आएका थिए । तर कार्यान्वयन हुन सकेको थिएन् ।
मङ्गलबार ३०, बैशाख २०८२ ०६:५३
एक साताअघि कैलाली सरुवा भएर आएका एसपी राणाले मंगलबार पत्रकारसँगको भेटघाटमा भने, ‘पुलिसले पुलिसकै काम गरोस् भन्ने जनताले चाहेका हुन्छन् । पहिला हामी सुध्रिन्छौ। त्यसपछि बल्ल सेवा प्रभाव गर्ने भनेर अहिले हामी प्रहरीको आचरण सुधारमा लागेका छौं।’
मङ्गलबार ३०, बैशाख २०८२ ०७:०३
जिल्लामा आप्रवासी स्रोत केन्द्रको उद्घाटनका लागी बाजुरा पुग्नु भएका राज्यमन्त्री खड्काले वैदेशिक रोजगारीबाट समस्यामा परेका ठगिएका आप्रवासी श्रमिकहरुका उजुरी सुन्ने र यसको समधानमा सहयोग गर्ने आवश्यक परे कानुनी सहायतामा जान सजिलो हुने उहाँले बताउनुभयो । उक्त सेवा केन्द्र जिल्ला प्रशासन कार्यालय बाजुरामा स्थापना गरेको छ ।
मङ्गलबार ३०, बैशाख २०८२ ०७:१२
बडीमालिका नगरपालिकाको हलमा आयोजित अधिवेशनको प्रमुख अतिथि गैसस महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई थिए । उहाँले नै उद्घाटन गरेको कार्यक्रममा बाजुरा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, गैसस महासंघ केन्द्रीय महासचिव देवी खड्का, उपमहासचिव भवराज रेग्मी, गैसस महासंघ सुदुरपश्चिम प्रदेश ईन्चार्ज प्रेम महर र गैसस महासंघ सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष देवी खनाल रहेका थिए ।
मङ्गलबार ३०, बैशाख २०८२ ०७:२५
उपाध्यक्ष नारायण घर्तीले महाधिवेशनका लागि ५र६ वटा उपसमिति बनाएर काम गरिरहेकाले भव्य बनाउन सम्पूर्ण पंक्ति खटिरहेको बताए । यो पटकको महाधिवेशनमा नेतृत्वका लागि उमेरहद लागु गर्नुपर्ने विषय जोडदार रूपमा उठिरहेको छ । नेविसंघ, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनहरूमा उमेरहद छ । तर अनेरास्ववियुमा अहिलेसम्म छैन । पटक–पटक उमेरहद लागु हुनुपर्ने नेता तथा विद्यार्थी पंक्तिबाटै कुरा उठिरहेको छ ।
बुधबार ३१, बैशाख २०८२ ०८:२२
मुलुकी अपराध संहिता, २०७४ ले बालविवाहमा रोक लगाएको छ । संहिताको दफा १७३ बालविवाह गर्न नहुनेसम्बन्धी व्यवस्था छ । संहितामै विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु हुँदैन भनिएको छ । त्यस्तो विवाह स्वतः बदर हुने भनिएको छ । बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको सजाय छ ।
बुधबार ३१, बैशाख २०८२ १०:२४
विवादित अडियो संवाद सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले चैत्र १६ गते राजीनामा दिएका थिए। नागरिक उन्मुक्तिबाट मन्त्री भएका लक्ष्मण किशोर चौधरीले राजीनामा दिएको डेढ महिनासम्म पनि नाउपाले अर्को मन्त्री पठाउन सकेको थिएन।
बुधबार ३१, बैशाख २०८२ १०:४६
चालू आर्थिक वर्षको अन्तमा पालिकामा अत्याधिक कामको चाप पर्ने भए पनि बाध्यताले आन्दोलनमा उत्रिनु पर्ने बाध्यता भएको कर्मचारीहरूले बताएका छन् । बाजुरा सहित सबै जिल्लाका स्थानीय तहमा अत्यावश्यक काम बाहेकका सेवा ठप्प राखेर कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुको आन्दोलनमा सुदूरपश्चिम प्रदेशका कतिपय स्थानीय तहहरूले ऐक्यबद्धता समेत जनाएका छन् ।
बिहिबार ०१, जेठ २०८२ ०७:०१
२०३७ सालमा खुलेको यो सामुदायिक विद्यालयमा दस वर्षयता यो वर्ष सबैभन्दा कम विद्यार्थी सङ्ख्या रहेको प्रधानाध्यापक रामप्रसाद फुलाराले बताए। स्थानीय अभिभावकले आफ्ना छोराछोरीहरूलाई विद्यालय भर्ना नगर्दा समस्या भएको उनले बताए। विद्यार्थी सङ्ख्या निकै कम हुँदा कक्षा १० सम्म सञ्चालित विद्यालयलाई गत वर्ष कक्षा ८ सम्म कायम गरिएको थियो। यो वर्ष झन विद्यार्थी सङ्ख्या घट्दा विद्यालयकै भविष्य जोखिममा रहेको प्रधानाध्यापक फुलाराले बताए।
बिहिबार ०१, जेठ २०८२ ०७:१५
सरकारी निकायको लेखा परीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षक कार्यालयको ६२ औँ प्रतिवेदनले आर्थिक वर्ष २०८०÷८१ मा असुलउपर नै गर्नुपर्ने बेरुजुको आकार बढ्दै गएको देखाएको हो । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरिएको प्रतिवेदनले उक्त आवमा ९१ अर्ब ५९ करोड ७९ लाख रुपियाँ बेरुजु पुगेको उल्लेख गरेको छ । यसमध्ये असुलउपर गर्नुपर्ने ३० अर्ब १२ करोड रुपियाँ छ जुन कुल बेरुजुको ३२।८९ प्रतिशत हुन आउँछ । यसअघि कुल बेरुजुमध्ये औसतमा ३० प्रतिशत मात्र असुल गर्नुपर्ने बेरुजु हुने कार्यालयको प्रतिवेदनले देखाएको छ ।
बिहिबार ०१, जेठ २०८२ ०७:२०
बैठकमा सहभागि सबैका धारणा बुझ्ने, राय सुझाव संकलन गर्ने र जिल्लाको विकास, समृद्धिमा नेता कार्यकर्तालाई जोड्ने रणनीति समेत निर्माण गर्ने उदेश्य एमालेले लिएको छ । पार्टी संगठन निर्माणमा जिम्मेवारी पाएका बाहेक प्रतिनिधी सबैलाई पनिसँगै लैजाने विषयमा छलफल हुने र रणनीति सहीत समयसामयीक विषयमा छलफल गरिने बताइएको छ ।
बिहिबार ०१, जेठ २०८२ ०९:४०
ऐनको अभावमा स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापनसँगै समग्र सेवा प्रवाह समेत प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले बताउँदै आएका छन् । नेपालको संविधानको धारा २२७ बमोजिम स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी ऐन प्रदेश सरकारले बनाउने व्यवस्था छ । तर अन्य ६ प्रदेशले ऐन ल्याएर कार्यान्वयन गरिसक्दा समेत सुदूरपश्चिम सरकार भने ऐन ल्याउन सकेको छैन् । ल्याउने गरि इच्छाशक्ति नै नदेखाएकोले आन्दोलन गर्नु परेको आक्रोश उनीहरुसँग छ ।
बिहिबार ०१, जेठ २०८२ १०:३७
त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२ पेश गर्नुहुने, आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रश्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूचि रहेको छ
बिहिबार ०१, जेठ २०८२ १२:१५