आइतबार, २२ असार २०८२

आप्रवासन सेवा केन्द्र (सामी) ले सुरक्षित वैदेशिक रोजगारी बारे संचारकर्मी संग अन्तरक्रिया

औपचारिक कार्यक्रमको आयोजना गरि जिल्ला स्थीत विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरु संग सुरक्षित वैदेशिक रोजगारीका बारेमा संग छलफल गरिएकोे हो ।वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा पुगेर रोजागरीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउन कार्यक्रमको उदेस्य बताए ।

आइतबार ०८, असार २०८२ ०५:१०

रौतहटमा बस दुर्घटना : १० जना घाइते

घाइते हुनेमा तीन जना नेपालका तथा सात जना भारत बिहारको रहेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले  दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरेको थियो  ।

सोमबार ०९, असार २०८२ ०९:१६

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

सोमबार ०९, असार २०८२ ०९:१९

स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ : स्वास्थ्य मन्त्री पौडेल

व्यवस्थापिका संसदमा मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने  गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।

सोमबार ०९, असार २०८२ ०७:२५

सबै विमानस्थल सञ्चालन र नयाँ निर्माणका लागि ५० अर्ब बजेट आवश्यक: पर्यटनमन्त्री पाण्डे

प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले स्रोतको सीमितताका कारण धेरै योजना समेट्न नसकिएको प्रस्ट पार्दै मन्त्रालयले निर्माण गरेको बजेट तोकिएको सिलिङभित्रै सीमित बताउनु भयो । उहाँले मन्त्रालयअन्तर्गत निर्माणाधीन सबै योजनाहरूलाई अधुरो नराख्ने गरी बजेट विनियोजन गरिएको जिकिर गर्नुभयो । उहाँले नेपाल वायुसेवा निगमको सेवालाई प्रभावकारी बनाउनको लागि नीतिगत सुधारका कामहरू भइरहेको बताउनु भयो ।

सोमबार ०९, असार २०८२ ०७:३८

जगन्नाथको नीति कार्यक्रम : १० वर्षेशिक्षा नीति बनाउने, कृषिसामाग्री खरिदमा ५० प्रतिशत अनुदान

पालिकाले वन संरक्षण, जडिबुटी खेती र हरियाली पालिका निर्माणमा लगानी बढाउने नीति लिएको छ । पालिका अध्यक्ष कालीबहादुर शाहीले गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपन्न समुदाय, अल्पसंख्यक, सिमान्तकृत वर्गको जीवन स्तर सुधारका लागि कुल बजेटको १० प्रतिशत रकम उद्यम र सीप विकासमा लगानी गर्ने नीति लिएको छ ।

मङ्गलबार १०, असार २०८२ ११:११

आह ! जगन्नाथको पञ्चेबाजा र हुर्केउली सँस्कृति

यही मान्यताका साथ जगन्नाथ गाउँपालिकाले पनि आफ्नो साँस्कृतिक पहिचानलाई जगेर्ना गर्ने र जीवित बनाइराख्ने नीति लिएको छ । पालिकाको प्रमुख साँस्कृतिक पहिचान हुर्केउली र पञ्चेबाजा हो । मौलिक पहिचान झल्किने सँस्कृतिको जगेर्ना गर्न पालिकाले जारी आर्थिक वर्षमै नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरिएको थियो ।

मङ्गलबार १०, असार २०८२ ०१:५५

भिजिट भिसा प्रकरण : छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन

पूर्व मुख्यसचिव बैरागीको संयोजकत्वको समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य रहनुभएको छ । 

समितिको सदस्य सचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले

मङ्गलबार १०, असार २०८२ ०२:१३

त्रिवेणी नगरपालिकाको ४८ करोड ४६ लाखको बजेट सार्वजनिक, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

त्रिवेणी नगरपालिकाले आर्थीक बर्ष २०८२र८३ को बजेट पस्तुत गर्दै नगर उपप्रमुख श्रीमती कमला कुमारी जैसी न्यौपानेले नगरपालीका भित्रका पर्यटन लाई बढि  प्राथमिक्तामा राखेको बताउनु भएको छ ।

मङ्गलबार १०, असार २०८२ ०३:११

जगन्नाथ गाउँपालिकाले ३१ करोड ७२ लाखको बजेट पारित, उत्कृष्ट किसान, शिक्षक, कर्मचारी र विद्यार्थीहरू सम्मानित

यस वर्षको बजेटमा गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार, प्रशासन तथा सुशासनलाई प्राथमिकता दिएको छ। बजेट विवरण अनुसार आर्थिक विकासका लागि ४ करोड ३१ लाख, सामाजिक विकासका लागि १३ करोड ७३ लाख ७७ हजार, पूर्वाधार विकासमा ४ करोड ३० लाख ७९ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ५३ लाख र कार्यालय सञ्चालन तथा प्रशासनमा ८ करोड ८३ लाख ६८ हजार ६ सय ३२ रुपैयाँ विनियोजन गरिएको छ।

मङ्गलबार १०, असार २०८२ ०३:३८

बुढीगंगा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विशेष प्राथमिकता

नीतिमा बजेट तर्जुमालाई मध्यमकालीन खर्च संरचनासँग जोडिने र लैंगिक उत्तरदायी बजेट प्रणालीलाई मुख्य शर्तको रूपमा लागू गरिने उल्लेख गरिएको छ। आर्थिक ऐन परिमार्जन गर्दै आन्तरिक श्रोतहरू परिचालन गरेर आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको छ। व्यवसायिक कर, घरबहाल कर, सम्पत्ति कर अनिवार्य रूपमा संकलन गरिनेछ भने सरकारी तथा खाली जग्गामा बनेका निजी संरचनाहरूबाट एकीकृत दरमा कर उठाइने नीति लिइएको छ।

मङ्गलबार १०, असार २०८२ ०३:५२

बान्नीगढी जयगढ गाउँपालिकाले ३७ करोडको बजेट सार्वजनिक, “स्वदेशमै रोजगारी” नारासहित आत्मनिर्भर बान्नीगढी निर्माणमा जोड

यस वर्ष गाउँपालिकाले “विदेश होइन, स्वदेशमै रोजगारी स् आत्मनिर्भर बनाऔँ बान्नीगढी” भन्ने मूल नारा अघि सारेको छ। सो नारा अनुरूप व्यावसायिक कृषि, पशुपालन र स्थानीय स्रोतमा आधारित लघु उद्यमहरूलाई प्रवर्द्धन गर्दै स्वरोजगार सिर्जना गर्ने योजना बनाइएको छ।

मङ्गलबार १०, असार २०८२ ०३:५७

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, सुदूरपश्चिममा जनताको विश्वास झन् बढ्दै गएको छ

दुई महिना भित्र स्थलगत रिपोट बुझाउने कार्यतालिका सहीत जिल्ला पुगेका थापाले बाजुरा बाहेक सबैजिल्लाको अवस्था बारे जानकारी लिइसकेको जानकारी गराएका छन् । पार्टीले २१ बुँदे प्रश्नावली सहीतको जिम्मेवारी सहीत थापालाई पहाडका ७ वटा जिल्ला लीला भण्डारीलाई कैलाली र कंचनपुरको जिम्मेवारी दिएको थियो । भण्डारीले भने स्थलगत अध्ययनको काम थालिसक्नु भएको छैन् ।

बुधबार ११, असार २०८२ ०६:३२

कैलालीमा वृद्ध मामा मृत भेटिए, भान्जा प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतक जैशी आफ्ना भान्जा ५५ वर्षीय बर्मा भण्डारीको घरको आँगनमा लडिरहेको अवस्थामा भेटिएका थिए। प्रारम्भिक जाँचमा मृतकको शरीरमा कुनै बाहिरी चोटपटक देखिएको छैन।

बिहिबार १२, असार २०८२ ०९:३७

कैलालीको सुखडमा मदन जयन्ती बिशेष विचार गोष्ठी हुने, भट्ट र थापाले संवोधन गर्ने

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पछिल्लो समय नेकपा एमालेको नेतृत्वमा विद्या भण्डारीलाई ल्याउने गरि बहस छलफल र प्रयासमा सक्रिय छन् । उनले सबै कम्यूनिष्ट मिलाउने गरि त्यसको विकल्प पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हुने तर्क अघि सारेका छन् । भट्ट र थापाको विचार गोष्ठीमा हुने संवोधनले पनि खास अर्थ राख्ने देखिन्छ ।

शुक्रबार १३, असार २०८२ ०७:०३

बाजुरामा मोबाइल पत्रकारिता तालिम सञ्चालन, ३५ जना पत्रकारले लिए नयाँ प्रविधिमा सीप

मोबाइल पत्रकारिता तालिमले मोबाइलमार्फत भिडियो संकलन, सम्पादन, समाचार लेखन र प्रस्तुतीकरणको व्यवहारिक ज्ञान दिएको सहभागीहरूको भनाइ छ। रेडियो बुढीनन्दाकी पत्रकार सर्मीला रोकायाले भनिन्, “मोबाइलबाटै समाचार तयार पार्ने सीप हामीले सिक्यौं, जुन स्थानीयस्तरमा सहज र प्रभावकारी हुन्छ।”

शुक्रबार १३, असार २०८२ ०७:१६

बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

पुर्ण खोप सुनिश्चितताका लागि नियमितता, निरन्तरता दिरहनु पर्ने बताएका छन् । बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिघोपना घोषणा गर्न सहयोग पुर्याउने स्वास्थ्य स्वयमसेबिका, स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालालाई धन्यवाद दिएका छन् । उहाँहरुले गरेको कामको प्रशंसा गर्दै स्वयम सेबिकाको हकमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताएका छन् ।

शनिबार १४, असार २०८२ ०१:१५

मन्त्री भण्डारी भन्छन् -‘नीति नियन्त्रणमुखी होइन, प्रविधीमैत्री हुनुपर्छ’

“दैजी–छेला औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया १० वर्षअघि प्रारम्भ भएको हो, तर अझै मूर्त रूप लिन सकेको छैन । कानुनले अनुमति दिन्छ भने अर्को कानुनले उही कुरालाई खारेज गर्छ,” मन्त्री भण्डारीले भने । “निजी क्षेत्र लगानी गर्न तयार छन्, तर हामी कानुनी जटिलताका कारण जग्गा उपलब्ध गराउन सक्दैनौं ।”

शनिबार १४, असार २०८२ ०१:१६

सिस्नुबाट समृद्धिको बाटो : उद्यममा जोडिदै बडीमालिकाका महिला

यहाँका जंगलमा सिस्नुका फाँटहरु नै छन् । तर त्यो सिस्नु केवल थोरै मात्रामा भैसी र गाई गोरुका प्रयोग गरिन्छ । नभए उम्रिन्छ । र आफै बोटमै सुक्छ । सिस्नु यहाँका स्थानीयका लागि महत्व विहिन छ । हेलाको रुपमा हेरिन्छ । सिस्नु पनि खान्छन्, त भन्ने मान्यता नै छ । तर त्यही सिस्नुलाई बडीमालिका नगरपालिकाले अब ब्राण्डीङ गर्ने भएको छ ।

शनिबार १४, असार २०८२ ०३:०२

जहाँ धान रोपाइँ गर्दा बाजा बजाउँदै देउडा खेलेर उत्सव मनाइन्छ

परापूर्व कालदेखि नै सांस्कृतिक पहिचान बनेको छ पीपलडालीका लागि धान रोपाइँ मेला । पीपलडाली बुढीनन्दा नगरपालिका १ नम्बर वडा । त्यहाँ आइतबार धान रोपाइँ मेला लागेको छ । गाउँमा करिब १ सय ५० बढी परिवारको बसोबास छ । ती सबै परिवारको साझा पर्व नै हो धान रोपाइँ ।

आइतबार १५, असार २०८२ ०८:२९

शैक्षिक अधिकारमाथि हस्तक्षेप ? वडा अध्यक्ष द्वारा OJT  हाजिरी प्रमाणिकरण अस्वीकार  वडा सचिब सम्पर्कविहीन

प्रमाणिकरणका लागि आवश्यक हस्ताक्षर गर्ने वडा सचिव समेत कार्यालयमा अनुपस्थित थिए। “सचिवलाई पटक–पटक फोन गरेँ, तर फोनसमेत उठाएनन्,”अर्कोतर्फ, वडा सचिव कार्यालयमा अनुपस्थित थिए र फोन सम्पर्क गर्दा समेत फोन उठेन । “वडा सचिवको जिम्मेवारी वडा कार्यालयमा बसेर सेवा दिनु हो, तर सचिव नै थिएनन्,”

आइतबार १५, असार २०८२ ०८:३२

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा बाजुराका शुशिल गिरी

२०६९ सालदेखि अखिलमा सक्रिय गिरीले रत्न माध्यमिक विद्यालय बाजुराबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । कसमस इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट क्याम्पसमा  विबिए गरेका गिरी हाल कोेयष्ट इन्टरनेशनल कलेजमा एमबिएमा अध्ययनरत छन् ।

आइतबार १५, असार २०८२ ०८:३५