बिहिबार, २६ असार २०८२

दुर्गेश थापाको प्रस्तुति हेर्न गुल्मी महोत्सवमा टिकट शुल्क दोब्बर

उक्त प्रस्तुति हेर्नका लागि सामान्य टिकट शुल्क अन्य दिनभन्दा दोब्बर– २ सय रुपैयाँ र विद्यार्थीका लागि १ सय रुपैयाँ लिइएको छ । यसअघिका दिनमा महोत्सवमा सामान्य प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको थियो ।कलाकार थापा प्रस्तुतिका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत तम्घास आएका थिए । उनी चिदिचौर खेलमैदानमा दिउँसो २ः१७ बजे अवतरण गरे । लगत्तै २ः३० बजेदेखि महोत्सवमा प्रस्तुति सुरु गरे । ३ः०५ बजेदेखि ३ः१९ सम्म साउण्ड सिस्टम बिग्रिएर प्रस्तुति नै रोकियो । पुनः ३ः३५ सम्म थापाले प्रस्तुति जारी राखे । त्यसपछि उनी ३ः५३ बजे हेलिकोप्टरबाटै फर्किए । उक्त समयको पारिश्रमिक थापाले हेलिकोप्टरसहित ५ लाख रुपैयाँ लिएको गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।

बिहिबार १८, बैशाख २०८२ ०७:३७

सेजमा आकर्षित हुदै उद्योगी/व्यबसायी: पूर्ण कार्यान्वयन हुँदा हजारौं रोजगार सृजना

पाल सरकारले लगानी मैत्री वातावरण निर्माण गरेसँगै सिमरा सेजको ब्लक ‘ए’ मा ६८ प्लट सहित सबै प्लटहरुको अनुमती दिने कार्य सम्पन्न भएको छ । यससँगै, अन्य ब्यवसायीहरुको लागी 178 विगाहा जग्गा रहेको ब्लक ए विस्तारको निर्माण कार्य अघि बढाईएकोमा आगामी आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भैरहवा सेजमा ६८ प्लटहरुमा अनुमति दिने कार्य भएको छ ।

शुक्रबार १९, बैशाख २०८२ ०७:५३

नीति/कार्यक्रममा निजी क्षेत्रको प्रतिक्रियाः बजेटमा आएर कार्यान्वयन भए ०४८ पछिको ‘बोल्ड

निजी क्षेत्रको मागको सम्बोधनलाई यति धेरै प्राथमिकता दिइएको र खुल्ला रुपमा सरकारको धारणा राखिएको सम्भवत २०४८ सालपछि पहिलो पटक भएको प्रतिक्रियासमेत निजी क्षेत्रले दिएको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नीति तथा कार्यक्रमलाई अध्ययन गर्दा ०४८ सालपछि पहिलो पटक खुल्ला रुपमा निजी क्षेत्रलाई सहयोग गर्ने खालको कार्यक्रम आएको बताए।

शनिबार २०, बैशाख २०८२ १२:१०

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा वृक्षरोपण

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन परिपत्र गरे अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्ला अस्पताल बाजुरामा जिल्लाका क्रियाशिल पत्रकारहरुको रक्त समुह पहिचान र अस्पताल बाजुराको परिसरमा कल्ली,मोरपङ्खी लगायतका बिरुवा वृक्षारोपण गरेर दिवस मनाईएको महासंघ बाजुराका सचिव प्रेम रौलेले बताएका छन् ।

शनिबार २०, बैशाख २०८२ १२:२७

बुढिनन्दामा एक घरमा आगलागी, लाखौँको क्षेती

अाज बिहान करिव ५ बजेतिर भएकाे आगलागीले अन्न, लत्ता कपडा, भाडाकुँडा नगद र सुन चादी जलेर नष्ट भएको पिडीत परिवारले जनाएका छन ।  सोही घरको गोठमा रहेका एक हल गोरु र १ बाख्रा समेत जलेर मरेको १ गाेरु घाइते रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएकाे छ ।

शनिबार २०, बैशाख २०८२ ०५:२२

बाजुराको बाटो, अम्कोटको पहिरो, बुढीगंगाको कष्ट

साथमा रामजीसँगै थिए स्थानीय पत्रकारहरू खम्म खत्री, पूर्णबहादुर खड्का र धीरज कुँवर । दर्शन गरियो । बुढीगंगा किनारमा अवस्थित वैद्यनाथ धाम यसअघि आउँदा जुन अवस्थामा थियो, आज पनि त्यही अवस्थामा रहेको पाएँ । जुन स्तरमा संरक्षण र प्रचारको प्रयास हुनुपर्ने थियो, त्यो हुन नसकेको मेरो निष्कर्ष छ । यति मात्र होइन निष्कर्ष अर्को पनि छ– बुढीगंगाको कटान निरन्तर जारी छ । साँफे लगातार जोखिममा छ ।

शनिबार २०, बैशाख २०८२ ०५:२८

पत्रकारलाई १० लाखको दुर्घटना बिमा

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याम खड्काले पत्रकारलाई दुर्घटना बिमा हस्तान्तरण गर्नुभएको थियो । तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बिमा गरिएको छ ।

शनिबार २०, बैशाख २०८२ ०५:४०

अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित

देशमा बढ्दो महँगीको संकटले मतदाता नराम्ररी प्रभावित भइरहेका बेला उनले दोस्रो कार्यकालका लागि जित निकाले ।देशको सार्वजनिक प्रशारक अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन ९एबीसी० ले शनिबार अन्तिम मतदान केन्द्रहरू बन्द भएको आधा घण्टापछि नै एल्बानेजको जीत घोषणा गरेको छ ।

शनिबार २०, बैशाख २०८२ ०५:४४

समृद्धिका लागि बुढीगंगा विकास कचहरी कार्यक्रम बैशाख २७ देखी

सो कार्यक्रममा नगरपालिकामा रहेका बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणा पत्र बनाएर सोही अबधारण पत्रका आधारमा संबाद छलफल र बहस गरिने नगर प्रमुख बानियाले बताए । सो कार्यक्रमबाट आगामी आवधिक योजना, वार्षिक कार्यक्रम र बजेट बनाउनमा जनचासो र प्राथमिकता अनुसार तयारी गर्न सहयोग पुग्नुका साथै महिला, दलित, जनजाति, वृद्ध, अपाङ्गता भएका व्यक्ति लगायत सबैको आवाज सुनिश्चित, नगरपालिकाले गरेका काम, चुनौती र उपलब्धिबारे जानकारी दिनु र जवाफदेही बन्नु, निजी क्षेत्र, सहकारी संस्था, विद्यालय, स्वास्थ्य संस्था आदि सरोकारवालासँग समन्वय गरेर साझा लक्ष्य निर्धारण गर्न र थानिय तहको समृद्धि सुनिश्चित गर्न दीर्घकालीन सोच र योजनाहरूको जग बसाल्न सो कार्यक्रम गरिने भएको नगर प्रमुख बानियाले बताएका छन ।

शनिबार २०, बैशाख २०८२ ०८:४१

कक्षा १२ को परीक्षा भोलिदेखि, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै

नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङरमुस्ताङमा १र१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।

शनिबार २०, बैशाख २०८२ ०८:५४

सेज पिपिपी मोडलमा सञ्चालन गरिने

मुलुकमा उत्पादन बढाउने, निर्यात गर्ने, रोजगारी सिर्जना गर्ने र स्वदेशी/विदेशी लगानी भित्र्याएर आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले सेजको स्थापना गरे पनि हालसम्म भैरहवा र सिमरा सेज स्थापना भई उद्योग सञ्चालन भए पनि अन्य स्थानमा भने सेज स्थापना हुन सकेको छैन । आगामी आवदेखि सार्वजनिक–निजी साझेदारीमा सेज सञ्चालन गर्नका लागि नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।

आइतबार २१, बैशाख २०८२ ०९:१०

शिक्षा विधेयक अन्तिम चरणमा

अहिले हरेक दिन दिनभरजसो उपसमितिले छलफल गरिरहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमलाका अनुसार उपसमितिले अधिकांश दफामा छलफल गरिसकेको छ । विधेयकमा १६३ वटा दफा छन् । उपसमितिलाई ३५ दिनको समय दिइएको छ तर उपसमितिले चैत १८ गतेदेखि छलफल सुरु गरेकाले सोही दिनदेखि मात्रै समयावधि गणना हुने छ ।

आइतबार २१, बैशाख २०८२ ०९:१३

नमुना विकासको लयमा त्रिवेणी नगरपालिका

त्रिवेणी नगरपालीकामा मदिरा निषेध, नगरमा सडक सञ्जाल, धार्मिक पर्यटनको विकास, विद्यालय गाभ्ने र नमुना बनाउने, एक घर एक धारा, एक घर एक करेसाबारी, शान्त, सुन्दर, सुखी र खुसी नगरबासी भएको समृद्ध त्रिवेणी नगरको पहिलो स्थानीय सरकारले कार्य थालनी गरेको छ । नगरप्रमुख रावलले घोषणा र सपना देखेका त्रिवेणीको मुहार भने गरी परिवर्तन हुन लागेको पाइन्छ ।

आइतबार २१, बैशाख २०८२ १०:२३

कक्षा १२ मा बाजुराका २ हजार बढि परीक्षार्थी सहभागी हुँदै

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अाज बिहान  ८ः०० बजेदेखि ११ः०० बजे  सम्म परिक्षा हुने बताए । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले बाजुरामा ८ परीक्षा केन्द्र  ताेकीएका छन् ।

आइतबार २१, बैशाख २०८२ १०:५९

मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)

बुधबार बसेको बैठकले नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८१/१२/११ गतेको निर्णयअनुसार गठित नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा ना सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिनुभएकाले निजको सट्टा उक्त समितिका पूर्व गभर्नरहरुमध्येबाट महाप्रसाद अधिकारी सदस्य रहनेगरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।

आइतबार २१, बैशाख २०८२ ०७:०८

दलको नेता फेर्ने निर्देशन अलपत्र परेपछि प्रचण्डले झिकाए सुदूरपश्चिमका सबै सांसद

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सभाका सबै सांसदहरूलाई हेडक्वार्टर बोलाएको स्वयम सांसदले पुष्टि गरेका छन् । पटक पटक सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई पठाएको सर्कुलर कार्यान्वयन नगरेपछि आगामी २४ गते बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा सांसदहरूलाई बोलाइएको हो ।

आइतबार २१, बैशाख २०८२ ०७:१७

११ वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । उक्त अवधिमा आफ्नो निर्देशनविपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंकलाई कारबाही गरेको हो ।

सोमबार २२, बैशाख २०८२ ०७:१४

सङ्घीय संसद्को दुवै बैठक बस्दै: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

सोमबार २२, बैशाख २०८२ ०९:५१

९५ लाख नगद सहित चार जना पक्राउ

सोमबार २२, बैशाख २०८२ १०:०९

त्रिवेणी नगर सरकारले व्यवसायीक कृषकलाई, कृषी सामाग्री हस्तान्तरण

नगरपालिका वडा नं ५,६,७,८ र ९ व्यवसायीक कृषकहरू लाई विभिन्न तरकारीका विउहरु, गार्डेन पाईप, स्प्रिङ्कलर, जैविक मल सबै  वडाका  १०० जना,व्यवसायीक कृषकहरुलाई ,पोलिथेन पाईप ,सिचाईका लागि ज्म्एभ् उष्उभ २० एम एम)३५ जनालाई ,टनेल हाउस ५० जना गरि जम्मा १८५ जना प्रत्येक्ष लाभान्वित हुने गरि सबै सामाग्री वितरण गरिएको छ ।

सोमबार २२, बैशाख २०८२ ११:२१