बाजुरा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाजुराले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्तापछि आफ्ना मुख्य एजेण्डा बोकेर गाँउ तिर जाने बताएका छन् । सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरेर आफ्ना एजेण्डाहरु सार्वजनिक गर्दै अव अाउने चुनावमा तीव्र तरीकाले जाने बताए ।
बाजुरामा राप्रपाले चुनावी उम्मेदारका रुपमा केशर बहादुर शाही लाइ मंगलबार उम्मेदवारी दर्ता समेत गरेको छन् । पार्टीले आयोजनाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार केशर बहादुर शाहीले धर्म निरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणासहितको राजतन्त्र नै मुख्य एजेण्डा रहेको बताए । राप्रपाले बाजुराको विकास र स्वाभिनता, पर्यटन प्रवद्र्धनमा जोड, गरिबी हटाउने, रोजगारी र जडिबुटी, स्याउ खेतीमा जोड, जिल्लाका अधुरा ठुला आयोजना सम्पन्न गर्ने एजेण्डा रहेको बताएका छन् । त्यस्तै शाहीले विद्युतीकरण गर्दै उज्यालो बाजुरा बनाउने, सुशासन, भ्रष्टाचार न्यूनीकरण, जिल्लाको बजेटमा हुने राजनीतिक भागबण्डामा हुने भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य रहेको साहीले बताए ।
पत्रकार सम्मेलनमा उम्मेदवार शाहीले संघीयताले बाजुराका जनताहरुको जीवन फेरेन, केवल नेता र कार्यकर्ताहरुलाई धनी बनाएको भन्दै अब बाजुराको माटो सुहाउँदो कम खर्चिलो र हाम्रो सांस्कृतिक पहिचान जोगाउने राजतन्त्र सहितको हिन्दु राष्ट्र र केन्द्र स्थानीय तहको शासन व्यवस्थाको मुख्य एजेण्डा राखेको जानकारी गराएका छन् ।
राप्रपा बाजुराका अध्यक्ष जित बहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य जंग कुमार गिरी, प्रत्यक्ष उम्मेदवार केशर शाही, समानुपातिक हर्क मल्ल, नेता प्रकाश विक लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन हिमाल शाहीले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस