मङ्गलबार, ०६ माघ २०८२

बाजुरामा सात दल सहित एक स्वतन्त्रले उम्मेदवारी दर्ता गराए

बाजुरा: बाजुरामा  फाुगन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि बाजुराबाट एक स्वतन्त्र सहित सात दलले उम्मेदवारी दर्ता गरेका छन्।  आज भएको मनोनयन दर्तामा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी र एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले  जानकारी दिएका छन् ।  

उहाँले दिएको जानकारी अनुसार नेपाली काँग्रेसका जनकराज गिरी,नेकपा एमालेका लालबहादुर थापा,नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले मनोनयन दर्ता गराएको बताउनु भएको छ  । यस्तै गरि राष्ट्रिय  प्रजातन्त्र पार्टीका केशर बहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले तोकिएको समयमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । 
विहान १० बजेबाट मनोनयन दर्ता सुरु भएपनि यहाँका राजनितिक दलहरुले समय तोकेर दिउँसो १ बजेबाट मनोनयन दर्ता गराएको छ । मनोनयन दर्तापछि उम्मेदवारहरुले आ आफ्नै एजेण्डाहरु घर दैलोमा जाने बताए । आर्थीक, सामाजिक  र विकासका कार्यमा लाग्ने प्रतिवद्धता सहित आफुहरुले उम्मेदवारी दिएको संचारकर्मीहरुसंग बताएका छन् ।मनोनयन दर्तापछि भोलि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य तालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस