बुधबार, ०७ माघ २०८२

प्रतिनिधि सभा सदस्य उम्मेदवार गिरीद्वारा मनाेनयनमा सहभागीलाई अाभार प्रकट

बाजुरा: प्रतिनिधि सभा सदस्य उम्मेदवार जनक गिरीले मनाेनयनमा सहभागीहरूलाई धन्यवाद दिएका छन् । अागामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा नेपाली काँग्रेस तर्फका उम्मेदवार जनक गिरीले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी मनोनयन गर्न जिल्ला सदरमुकाम मार्तडीमा उपस्थित भई भव्यताका साथ सफल पार्ने पार्टी सदस्य एवम् लोकतन्त्रप्रेमीमा आभर समेत प्रकट गरेका हुन् ।

गिरीले अाफ्नाे सामाजिक संजाल प्रयाेग गर्दै निरन्तर यस्तै साथ, सहयोग र समर्थनको अपेक्षा पनि रहेकाे बताएका छन् । अागामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनाेनयन दर्ता भएको छ । बाजुरामा पनि काँग्रेस उम्मेदवार गिरी सहित ८ जनाले विभिन्न दलबाट मनाेनयन दर्ता गराएका छन् ।

मनाेनयनमा नेपाली काँग्रेस बाजुराका ९ वटै पालिकाका नेता तथा कार्यकर्ताकाे भव्य सहभागीता रहेकाे काँग्रेस नेता याेगेन्द्र रावलले जानकारी दिए । लामाे समय राजनीति सेवामा व्यतित गरेका सरल तथा त्यागी नेताकाे रूपमा परिचित प्रतिनिधि सभा सदस्य उम्मेदवार जनक गिरी लगायत काँग्रेस नेता तथा कार्यकर्ता केही दिन पछि मत संकलनका लागि चुनाव प्रचारप्रसार गर्न गाउँ-गाउँमा जाने पनि काँग्रेस नेता रावलले बताए ।

प्रतिक्रिया दिनुहोस