शनिबार, २१ असार २०८२

बाटोबाट लडेर एक युवकको मृत्यु

बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका–३ सिराडीका २२ वर्षीय दिनेश बोहराको बाटोबाट लडेर मृत्यु भएको छ।

अाज बिहान स्थानीयले उनलाई घोडाकोटी खोलाको किनारमा मृत अवस्थामा फेला पारेका थिए। स्थानीयले काठेपुलबाट खसेको हुनसक्ने आशंका गरेका छन्। जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेका थिए।

प्रहरीका अनुसार बोहरा सिलाजित भन्ने ठाउँबाट आफ्नै घर फर्किने क्रममा बाटोबाट लडेर खोलामा खसेको प्रारम्भिक अनुमान गरिएको छ। उनी कम्मरमाथिसम्म पानीमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।मृतकको शव पोष्टमार्टमका लागि कोल्टी अस्पतालमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

प्रतिक्रिया दिनुहोस