बाजुरा: बाजुरा जिल्लाका ९ वटै स्थानीय तहले गरेको असल अभ्यास र तथा आगामी दिनमा गरिने कार्यत्रको सिकाई आदान प्रदान कार्यक्रम संचालन गरिएको छ । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा पालिकाहरुले गरेका सकारात्कम कार्यको समिक्षा एक पालिकाबाट अर्काे पालिकाले गरेका कार्यको सिकाईलाई अनुसरण गर्ने गरी कार्यक्रम गरीएकाे छ ।
सिकाई आदान प्रदानमा एक पालिकाले गरेका राम्रा काम र अर्काे पालिकाको कार्यको समीक्षा र उनीहरुले गरेका कार्यको ९ वटै पालिकाले अनुशरण गर्दै पालिकास्तरमा लागुन गर्ने गरी असल अभ्यास सिकाई आदान प्रदान कार्यृक्रम संचालन गरिएको जिल्ला समन्वय समिति बाजुराका निमित्त समन्वय अधिकारी दीपेन्द्र पाण्डेले जानकारी दिएका छन् ।
समन्वय समितिको वार्षिक कार्यक्रम अन्तरगत पालिकाले गरेका एक पालिकाले गरेका राम्रा कार्यको अर्काे पालिकाले सिक्न र व्यवहारिक रुपमा कार्यान्वय गराउने उद्देश्यले सिकाई आदान प्रदान कार्यक्रम गरिएको बताए ।
यहाँका ९ वटै पालिकाका नगर प्रमुख उप प्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सहितको सहभागितामा सो कार्यक्रम संचालन गरिएको हो ।
पालिकाका प्रशासकीय अधिकृतहरुले जनस्तरमा गरिएका असल कार्यहरुको सहजीकरण गरेका थिए । पालिकाका प्रशासकीय अधिकृतहरुले गरेका कामलाई प्रभावकारी रुपमा कार्यान्वय र आगामी दिनमा पनि नागरिकको क्षेत्रमा काम हुनेमा विश्वास लिइएको छ ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतमा संचालन भएको कार्यक्रममा त्रिवेणी नगरपालिकाका नगर प्रम्ख कर्णबहादुर थापा,बुडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का,बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा,जिल्ला समन्वय समिति बाजुराका उप प्रमुख लाछु सार्की, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, नगर उप प्रमुख माया खड्का कुँवर,कमला कुमारी जैशी,गाउँपालिकाका उपाध्यक्ष लगायत अतिथी रहेका थिए । जिल्ला समन्वय समिति बाजुराका निमित्त समन्वय अधिकारी दीपेन्द्र पाण्डेले कार्यक्रमको संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस