बाजुरा : संघियता पछि शहरभन्दा गाउँ विकाससँग जोडिएका छन् । दुरदराजका बस्तीमा समेत भवन संरचना देखि सरकारी सुविधा सहज पुगिरहेको देखिन्छ । यीदृश्य हेर्दा लाग्छ शहरमा सीमित विकासको लहर गाउँ पुगेको छ । गाउँ फेरिएको छ । बदलिएको छ । केही सुविधा र सहजले स्थानीयमा विकासको अनुभूतिको महशुस गरिएको छ ।
गाउँमा भइरहेको विकासको मुल प्रवाह वा जस संघियतालाई नै जान्छ । पालिका र वडाका केन्द्र बनाउनै पर्ने बाध्यताले पनि विकास गाउँ पुगेको देखिन्छ । दुर्गम बस्तीमा पक्की घरसंरचना बनेका छन् । कच्ची भएपनि गाउँसम्म सडक बाटो जोडिएको छ । हिउँदकै सिजनमा भएपनि घरकै आगँनमा सवारी चढेर जान पाइने सुविधाको भोग जनताले गर्न पाएका छन् । त्यसका प्रत्यक्ष भोगी हुन्, बुढीगंगा नगरपालिकाका स्थानीय ।
बाजुराका नौ वटा स्थानीय मध्ये बुढीगंगा एक हो । जनसंख्या र शैक्षिक स्तर यो पालिकामा अन्यपालिकाको भन्दा बढी छ । रोजगार र अवसरमा पनि बुढीगंगाकै स्थानीय बढी जोडिएका छन् । संघियता पछिको विकासमा पनि बुढीगंगा सबैभन्दा अग्रभागमा देखिएको छ । १० वटै वडामा कार्यालय बनेका छन् । भव्य र सुविधायुक्त पालिका भवन छ । सबै स्वास्थ्य संस्थाहरु पक्की भवनमा छन् । विद्यालयको भौतिक संरचना केही बाहेक लोभलाग्दो बनाइएको छ ।
सुदूरपश्चिमका ८८ पालिकाको अवस्था हेर्दा कतिपय पालिकाका आफ्ना भवन समेत छैनन् । स्थानीय तह निर्वाचनको ८ वर्षसम्म पनि आफ्नै भवन नबनाएरै भाडामा गुजारा गरिएको अवस्था छ । बहुसंख्या पालिकाले वडा कार्यालय भवनको सुरसार नै गरेका छैनन् । तर बुढीगंगा नगरपालिकाले सरकारी मापदण्डकै वडा कार्यालय निर्माण गरेका छन् । पालिका भवन र अन्य संरचना विकासमा अगाडि छ, बुढीगंगा ।
१० वटा वडा मध्ये ७ नम्बर वडा कार्यालयमा जग्गा विवादले केही निर्माण कार्य जारी भएपनि अन्य वडाभवन एकसाथ उद्घाटन भइ नियमित सेवा प्रवाह थालिएको नगर प्रमुख रामबहादुर बानीयाले जानकारी दिए । केही वडाको टेण्डर अघिल्लो कार्यकालको मेयर साव दिपक विक्रम शाहले सुरु गरिसक्नु भएको थियो, केही हामी आएर सुरु गर्यौ, अब सबै वडा आफ्नै भवनमा छन् । स्वास्थ्य कार्यालयमा भवन अभाव छैन्, विद्यालय संरचना सबैतिर सुधारकै क्रममा छन्, नगर प्रमुख बानीयाँले भने ।
बुढीगंगा नगरपालिकाले आफ्नै लगानीको आँट गरेर तीन वटा सडक कालोपत्रेको काम थालेको छ । संघ र प्रदेशले थप बजेटका लागि साथ नदिँदा काममा गति दिन नसकिएपनि निर्माण गरिछाड्ने संकल्प पालिकाको छ । आफ्नै भवन भित्र सेवा प्रवाह गर्दा सेवा लिनेपनि दिनेपनिदुबैलाई सहज भएको भन्छन्, २ नम्बर वडाका अध्यक्ष पदम बहादुर भण्डारी ।
पालिका भवनदेखि वडा कार्यालय, स्वास्थ्य भवन र सीपविकास केन्द्रको एकसाथ उद्घाटन गरिएको छ । पालिका भवनको पूर्व मन्त्री कर्णबहादुर थापा, सीप विकास केन्द्रको पूर्व प्रदेश प्रमुख देवराज जोशी, वडा कार्यालयको पूर्व सांसद लालबहादुर थापा, पूर्व प्रदेश मन्त्री प्रकाश बहादुर शाह, नरेश शाही, प्रदेश सभा सदस्य पदम शाही, संविधान सभा सदस्य बसुन्धरा रोकाया, पेम्बा गुरुग भोटे, पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मीबाट उद्घाटन गर्न लगाइएको हो ।
सबै दलका नेता र जनप्रतिनिधीलाई अपनत्व सहीतको स्थान दिने र सम्मान गर्ने गरि उद्घाटनमा सहभागि गराएको हो । पालिकाको सबै वडामा सडक पुगिसकेको छ । विजुली केन्द्रीय प्रशारण नभएको टोलमा स्थानीय विद्युत जडान गरि उज्यालोको पहुँच छन् । स्थानीय पालिकाको कामबाट खुसी र सन्तुष्ट देखिन्छन् । बाजुराकै २ वटा स्थानीय तहले आफ्नै कार्यालय बनाउन सकेका छैनन्, भने ५ पालिकाले वडा कार्यालय भवनको काम नै थालनी गरेको देखिदैन् ।
सरकारी मापदण्डलाई नै पुरा गर्ने गरि वर्षैसम्मका लागि संरचना विकास गरेकोमा पूर्व प्रदेश प्रमुख देवराज जोशीले नगरपालिकालाई धन्यवाद दिए । काँग्रेसका नेता समेत रहेका जोशीले बुढीगंगाको यो काम अरुका लागि सिकाइ र नमुना भएको धारणा राखे । पूर्व मन्त्री कर्णबहादुर थापाले विकासको अनुभूति जनतालाई मसशुस गराउने र उपलब्धीमा देखाउने कुरा हो,नै त्यसैमा आफू संस्थागत भएर बलियो हुनु विकासको बलियो प्रमाणबाट पालिका अब्बल सावित भएको बताए ।
पालिका र वडा जहाँ सेवा लिन आएपनि सेवाग्राही खुसी छन् । फाँटगत रुपमा काम हुन्छ । झन्झट नै छैन्, भव्य भवन संरचना छन्, सेवा लिन पनि दिनपनि सहज भइरहेको बुढीगंगा ४ का वडा अध्यक्ष मिनबहादुर शाहले बताए । भवन नहुँदा कागजात समेत मिलाएर राख्न समस्या हुने, हराउने र सेवा लिन आउनेहरुका लागि पनि अड्लाग्ने अवस्था थियो, अब आनन्दले सेवा दिन पाइएकोमा उनीले खुसी व्यक्त गरे ।
सबै वडा भवन करिब १ करोड बढीकै लागतमा नै निर्माण गरिएका छन् । प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशीका अनुसार भवन निर्माणसँगै सेवा प्रवाहमा सहज भएको बताए । हामीलाई सेवा दिन र सेवाग्राहीलाई लिन सहज भएको छ, यसो हेर्दा बल्ल पालिका सरकार जस्तो लाग्न थालेको जोशीले बताए । पालिकाले अब वडा कार्यालयका नाममा भाडा तिर्नुपर्ने बाध्यता समेत हटेको छ ।
भवन नबनाएसम्म सेवा लिन जानपनि अड् लाथ्यो, बस्ने कुर्सी त परकै कुरा हो, कोठा समेत व्यवस्थीत थिएनन्, अहिले त शहरका ठूला घर भित्र छिरे जस्तो लाग्छ । भवन देखेर खुसी पनि लाग्छ, सेवा ग्राही बुढीगंगा ३ का राम बहादुर अधिकारीले बताए । उनले भने ‘हाल वडा कार्यालयमा काम छिटो छरितो हुन्छ, सहज पनि हुन्छ । तर उनको गुनासो भवन बनेपनि सचिव र कर्मचारी कहिलेकहिँ नभेटीने हुँदा काममा समस्या हुने गरेको बताए ।
स्थानीय सरकार पहिला आफू संस्थागत हुने कुरा संघियता बलियो पार्नु जस्तै भएको भन्छन्, नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओली । जनतालाई सुविधा र सेवा दिने नाममा आफू नै अस्तव्यस्त हुने कुरा राम्रो होइन्, बुढीगंगाले त्यो सुधार गरेकोमा उनले बुढीगंगालाई धन्यवाद दिए । सबैपालिका आफूसंस्थागत भएर जनताको सेवामा जिम्मेवार बन्न ओलीको सुझाव छ ।
पूर्व नगर प्रमुख दिपक विक्रम शाहले आफूहुँदा सुरु गरिएका योजना निर्माण सम्पन्न भएर आह लाग्ने भएको देख्दा गर्व लागेको र अब सेवामा पनि पालिकाले श्रेष्ठता हासिल गर्नु पर्ने बताए । शाह काँग्रेसबाट जितेका हुन्, भने अहिले पालिका प्रमुख रामबहादुर बाँनीया र उप्रमुख माया कुँवर दुबै एमालेबाट जितेका प्रतिनिधी हुन् ।
एक पटक बनाउन खर्च करोडौं लागेको देखिएपनि युगका लागि संरचना बनेकामा स्थानीय खुसी छन् । संस्थागत विकासमा बुढीगंगाको प्रगतिमा छिमेकी त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले खुसी व्यक्त गर्दै आफूहरु पनि लागि रहेको बताए । सृमद्धिका लागि बुढीगंगा विकास कचहरी आयोजना गरेर पालिका र वडा भवनको उद्घाटन गरिएको थियो ।
( पत्रकारिता तथा उद्घोषण तालिकाका सहभागि गणेश बहादुर धामी, मनु रावत, दिपिका अधिकारी र सैलेजा थापाको सहयोगमा तयार पारिएको समाचार)
प्रतिक्रिया दिनुहोस