आइतबार, २३ कार्तिक २०८२

राष्ट्र नायक हुन्, केपी ओली : जसलाई समयले प्रमाणित गरिसक्यो

धनगढी / गोपाल  ओली :नेपालको राजनीतिमा समयले धेरै कुरा प्रमाणित गर्छ  को साँचो देशप्रेमी हो, को अवसरवादी। २०७७ सालको राजनीतिक घटनाक्रमले त्यो वास्तविकता निकै स्पष्ट बनायो। त्यतिबेला माधव नेपाल नेतृत्वको समूहले पार्टी फुटाएर केपी ओलीविरुद्ध अभियान चलायो। गाउँदेखि केन्द्रसम्म, सडकदेखि संसदसम्म ओलीको चरित्रमाथि प्रश्न उठाइयो। यत्तिकैमा  तिनीहरुको चित्तकहाँ बुझ्थ्यो,, र,ओलीलाई सडकबाटै,पाटिको साधारण सदस्य,नरहने गरी   निष्कासन गरेका थिए अपराधी हरुको जत्थाले  
केही नेताहरू त यति अन्धा भए कि ओलीको फोटो जलाउँदै देशको दुश्मन भन्दै शारीरिक,अंग किड्नी बिगि्रएको भन्दै नारा लगाएका थिए।  

तर आज समयले उत्तर दिएको छ केपी ओली नै त्यो नेता हुन् जसले राष्ट्रलाई टेकेर अगाडि बढाउने सपना देखे।
आज ती नै नेताहरू पुनः एमालेको झण्डा मुटुमा टाँसेर ओलीको गुणगान गाइरहेका छन्। किनकि देश र जनता दुबैको विश्वास केपी ओलीमाथि फेरि टेकेको छ।

राजनीति कुनै व्यक्तिको स्वार्थ होइन, निष्ठा र दृष्टिकोणको विषय हो। ओलीले पार्टी फुट्दा पनि जनतालाई छोडेनन्, सडकदेखि संसदसम्म देशको स्वाभिमानको पक्षमा उभिए। जबकि पार्टी फुटाउनेहरूले आफ्नो व्यक्तिगत अस्तित्व जोगाउन खोजे परिणाम आज सबैको आँखामुनि छ।

ओलीले भनेका थिए, “देश बनाउने कुरा गफ होइन, विश्वास र इमानदारी चाहिन्छ।”
आज त्यो वाक्य देशभरि प्रतिध्वनित हुँदैछ। उनले दिएको नारा, “समृद्ध नेपाल, सुखी नेपाली”, केवल राजनीतिक पर्चा होइन  यो दिशानिर्देश हो, जुन युवापुस्ताले समेत अपनाइरहेको छ।

नेपाल आज फेरि एमालेको विचारमा, ओलीको सोचमा, र जनताको विश्वासमा फर्किँदैछ। र यही सत्य हो  समयले कसैलाई धोका दिँदैन, केवल सत्यको पक्षमा उभिनेहरूलाई मान्यता दिलाउँछ।

२०७७ मा जसले ओलीको फुत्ल जलाएका थिए, उनीहरू आज ओलीको भाषणमा तालि बजाइरहेका छन्
यसले के प्रमाणित गर्छ भने ओली हार्न सक्दैनन्, किनकि उहाँ देशप्रेम र इमानदारीको प्रतीक हुनुहुन्छ।
राजनीतिमा बदलिन्छ केवल स्वर, विचार होइन  र ओलीको विचार नै अबको नेपालको बाटो हो।

प्रतिक्रिया दिनुहोस