धनगढी : बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रवद्र्धन गर्न बृहत कृषिमेली प्रर्दशनी गरेको छ । स्थानीय रैथाने बालीको प्रवद्र्धन, किसानहरुका लागि हौसला र बजारिकरणका लागि बडीमालिका नगरपालिकाले मार्तडीमा बृहत कृषि मेला प्रदर्शनी गरेको हो । पालिकाले आफ्नै उत्पादन र आधुनिक कृषि खेती भन्ने नारा नै दिएर गतिविधी गरिरहेको छ ।
ढम्कने आलु महोत्सव देखि तरकारी पकेट क्षेत्र घोषणा गरि योजना सहीत कृषि क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । किसानले उत्पादन गरेका बालीहरुको प्रदर्शन, बजारीकरण र प्रवद्र्धनका लागि मेला आयोजना गरिएको नगर प्रमख अमर खड्काले बताएका छन् ।
मार्तडीमा बृहत कृषिमेला प्रदर्शनी मार्फत किसानले उत्पादन गरेका बाली बीचमै प्रतिस्पर्धा गराइएको छ । बडीमालिकाले बेमौसमी बाली, तरकारी खेती, नगदेबानी र अन्य उत्पादनमा प्राविधिक नै गाउँ गाउँमा खटाएर आत्मनिर्भर कृति खेतीमा लगानी बढाएको छ ।
कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनः पूर्वाधार, बडिमालिका नगरपालिकाको समृद्धिको प्रमुख आधार भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा कृषि क्षेत्रको विकास, नवप्रविधिको प्रयोग र कृषकहरूको सशक्तीकरणमा सहयोग सहभागिको विश्वास छ । मेलाको अवसरमा कृषि शाखाले कृषिबाली कार्यतालिका सहीतको भित्रेपात्रो सार्वजनिक गरेको कार्यक्रमकमा प्रमुख अतिथि पूर्व प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले विमोचन गरेका हुन् ।
पूर्व प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले मेलाको उद्घाटन गरेका हुन् । कृषि क्षेत्रका विज्ञ देखि किसानसम्म, प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्याय देखि पार्टीका नेताहरुले कृषिमेला प्रदर्शनीको अवलोकन गरेका हुन् । पूर्व प्रतिनिधी सभा सदस्य लाल बहादुर थापा, समन्वय समिति प्रमुख तुलसीराम रोकाया, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली, काँग्रेसका गोपाल कार्की, माओवादी केन्द्रका दिपक डिसी सहीत सबैले कृषि मेलाको प्रशंसा गरेका छन् ।
उहाँहरुले उत्पादन नै अहिलेको आवश्यकता भएकोले आधुनिक कृषि खेती र रैथानी बालीको उत्पादन र प्रवद्र्धनमा पालिका लाग्न जरुरी रहेको सुझाव दिएका छन् । मेलामा नगर पालिका भित्रका ९ वटै वडाका कृषकहरुले उत्पादन गरेका खाद्यान्न बाली समुह अन्तर्गत (धान, गहुँ, जौ, मकै, फापर, कोदो, उवा, कागुनो सहीतका रैथाने अन्न बाली र फलफूल बाली प्रदर्शन गरिएका कृषि विकास शाखाका प्रमुख प्रेमबहादुर महतले जानकारी दिएका छन् ।
नगदे तथा विविध बाली समूह (मौरी, मह, च्याउ, आदि, मसला बाली समूह तर्फ (अदुवा, बेसार, लसुन, धनिया आदि) आलु तथा जरे बाली समुह तर्फ (प्याज, मुला ,आलू, पिँडालु, लहरे तरकारी बाली तर्फ जुकेनी, फर्सी, काँक्रा, सिमि, बोडी र फल तथा पातजन्य तरकारी तर्फ रायो, बन्दा, काउली, टमाटर सहीत तरकारी, बालीनाली तथा फलफूलहरुको प्रदर्शनी गरिएको छ ।
मेलामा स्थानीय ३६ बाजा झल्किने (पञ्चेबाजा) झाकी प्रदर्शन, सामुहिक एकल नृत्य तथा एकल गायन समेत प्रस्तुत गरिएको छ । सम्पूर्ण विधाका उत्कृष्ट कृषि उपजलाई आकर्षक पुरस्कार समेत दिइएको छ । मेलामा सहभागि विभिन्न विधाका कृषि उपजहरुलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
बडिमालिका नगरपालिकाको आयोजनामा विभिन्न स्थानीय उत्पादनहरू, उन्नत बीउबिजन, जैविक मल, आधुनिक कृषि उपकरण तथा प्रविधिहरूको प्रदर्शनी गरिएको छ । कृषकहरूले आफ्ना उत्पादनहरू प्रदर्शनी मार्फत जनसमक्ष प्रस्तुत गर्दै स्टलमा प्रदर्शनमा राखिएका थिए ।
युवा रोजगारी सिर्जना हुने, जिल्ला बाहिरबाट तरकारी खरिद गर्नु पर्ने बाध्यता हटाउने गरि नीति मै बडीमालिकाले कृषि विशेष लगानी बढाएको छ । पेशामा आवद्धहरुलाई पहिलो कुरा आफ्नो परिवारलाई खानेगरि उत्पादन होस्, त्यसपछि अरुका लागि पनि विक्री गर्न मिल्ने गरि व्यवसायीक रुपमा आवद्ध गराउने लक्ष्यमा पालिका छ ।
प्रतिक्रिया दिनुहोस