शनिबार, २१ असार २०८२

राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि डोटीले जितेको छ । टिम मालिकार्जुन दार्चुलालाई फाइनल खेलमा हराउँदै राष्ट्रिय युवा सङ्घ डोटीले उपाधी जितेको हो । लागू पदार्थ दुव्र्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले भलिबल आयोजना गरेको हो ।

बुधबार ०३, बैशाख २०८२ ०९:२०

आठौ राष्ट्रिय स्केटवोर्ड च्याम्पियनशिपमा खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन

खुलातर्फको प्रतियोगिताका प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपियाँ पुरस्कार पाएका थिए । यस्तै जुनियरतर्फ प्रथमले १० हजार, दोस्रोले पाँच र तेस्रोले तीन हजार रुपियाँ पुरस्कार हात पारेका छन् ।

शनिबार ०६, बैशाख २०८२ ०८:३३

दक्षिण एसियाली खुला करातेँ प्रतियोगितामा नेपाल पहिलो, बाजुरा एक्लैले जित्यो १२ स्वर्ण

तीन दशकदेखि अन्तराष्ट्रिय रेफ्री र प्रशिक्षक भएर बिताएका नरेन्द्र ओलीले आफ्नो जीवनकालकै राम्रो सफलता हासिल गरेको प्रतिक्रिया दिएका छन् । धनगढीमा क्षेत्रीय छनोटको अ‍ेल खेलेर सहभागि भएका थिए । उनीहरुले पनि पदक विहिन फर्किनु नपरेको र पहिलो अवसरमै राम्रो नजिता ल्याएकोमा खुसी व्यक्त गरेका छन् ।

सोमबार ०८, बैशाख २०८२ १०:००

समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी आज देखि सुरु

समृद्धिका आधार तयार गर्नका लागि विषय क्षेत्रगत रुपमा पहिचान  भएका सम्भावनालाई संस्थागत  अभिलेखीकरण गर्ने,नगरपालिकाको विकास अवधारणा सार्वजनिक गर्ने, स्वच्छ मर्यादित राजनैतिक संस्कार विकासका लागि सामाजिक विकासका लागि मुख्य नेतृत्वलाई राजनैतिक रुपमा प्रतिवद्धता गराउने लगायतका उद्देश्य लिएको छ । 
नगरपालिकाको शिक्षा,स्वास्थ्य,कृषि,सडक खानेपानी लगायतको अवस्थाको पनि विकास कचहरीमा जानकारी गराएको छ । 
आजबाट सुरु गरेको् समृद्धिको आधारका लागि  बुढीगंगा विकास कचहरी बैशाख २९ गतेसम्म संचालन हुने छ । बुढीगंगा विकास कचहरीबाट आएका सुझाव संकलन गरी अन्तिम दिन २० वर्षका लागि सात बुँदे घोषणा पत्र जारी गर्ने गरी कार्यक्रम संचालन गरीएको छ  ।

शनिबार २७, बैशाख २०८२ ०३:१७

एमाले बाजुराले मदनआश्रीतको स्मृतिमा म्यूजिकल चेयर खेल सञ्चालन

पार्टी जिल्ला कमिटी सदस्य नरेन्द्र थापाले सञ्चालन गरेको कार्यक्रममा जनसंगठनमा आवद्ध नेताहरु पनि सहभागि थिए । नेताहरु बीचमै म्यूजिकल चेयर खेल आयोजना गरिएको हो । जसमा बडीमालिका नगरपालिका प्रमुख अमर खड्का प्रथम, हिक्मत रोकाया, द्धितीय र जापना शाही तृतीय स्थान ल्याएका छन् ।

शनिबार ०३, जेठ २०८२ ०७:१४

खेलकुद महासंघ बाजुरामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा रोकाया

ओलीकै प्रमुख आतिथ्यतामा आयोजित जिल्ला अधिवेशनमा उहाँले खेलको माध्यमबाट समाज विकासमा योगदान गर्न आग्रह गरेका छन् । खेलाडीलाई समाजले चिन्ने, बुझ्ने र हेर्ने दृष्टीकोण नै फरक भएकोले समाजको आशा र विश्वास गुम्न नदिन सुझाव दिएका छन् ।

शनिबार १७, जेठ २०८२ ०८:३३

प्रविधीमैत्री शिक्षण सिकाइका लागि बडीमालिकामा आइसीटी तालिम

पछिल्लो विकासित प्रविधी मार्फत शिक्षण सिकाइ गर्दा आवश्यक ज्ञानसीप र अनुभव आदान प्रदानका लागि तालिम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख रंगमल विकले जानकारी दिएका छन् । बडीमालिका नगरपालिकाले सबै सामुदायिक विद्यालयमा इहाजिरी देखि कम्प्यूटर कक्षा सञ्चालनको नीति लिएको छ ।

बुधबार २१, जेठ २०८२ ०८:२७

खेलकुद महासंघले गर्यो चौतारी सचिव बिष्ट सहित १० जनालाई सम्मान

ग्रासरुट फुटवल अभियान चलाइरहेका खड्का फुवलका पुर्व राष्ट्रिय खेलाडी हुन् । कार्यक्रमकै अवशरमा क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री, भलिवल प्रशिक्षक प्रेमराज जोशी, उसु प्रशिक्षक रतन खाती, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष समेत रहेका कराते प्रशिक्षक ललित खत्री, बक्सिङ प्रशिक्षक बम बहादुर बोगटी, राष्ट्रिय खेलकुद परिषदका सदस्य जगत धामी, खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिष्ट सम्मानित भएका हुन् ।

बुधबार २८, जेठ २०८२ ०८:००

खेलकुद महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा पुनः चन्द, सचिवमा सिंह

धनगढीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा हिक्मत रावल र प्रकाश बिक, सचिवमा कोपिला सिंह, उप–सचिवमा घनश्याम डाँगी र अमित रोकाया तथा कोषाध्यक्षमा दुर्गा शर्मा भण्डारी सर्वसम्मत चयन भएका छन् ।

बुधबार २८, जेठ २०८२ १०:३२

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा खड्का नियुक्त

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीका अनुसार खड्काले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। फुटबल र हक्कीका पूर्वखेलाडी खड्का खेल क्षेत्रमा लामो अनुभव बोकेका व्यक्ति हुन्। उनले आधा दर्जनभन्दा बढी राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका छन् भने एक पटक राष्ट्रिय हक्की प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन्।

बिहिबार २९, जेठ २०८२ ०८:०४

सुदूरपश्चिमले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट : कृषि र पूर्वाधार, उद्योग र उत्पादनमा जोड

आइतबार प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बार्षिक बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्षिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको बजेटले कृषि र पूर्वाधार, उद्योग र उत्पादनमा जोडमा जोड दिएको पाइएको छ ।

सोमबार ०२, असार २०८२ ०८:२५

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

यो समाचार तयार पार्दासम्म १४ ओभरको खेलमा स्कटल्याण्डले सात विकेटको क्षतिमा ६८ रन जोडेको छ । लामिछानेले दुई, दीपेन्द्रसिंह ऐरीले एक, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका छन्‌ ।ऐरीले ०।५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिए । वाट एक रन जोडेर पेभेलियन फर्किए ।

मङ्गलबार ०३, असार २०८२ ०९:२९

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

नेपालका लागि रुपेश कुमार सिंहले २२ बलमा ४३ रन बनाए पनि जितका लागि पर्याप्त भए । उनले एक चौका र तीन छक्का समेत प्रहार गरे । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ३३ बलको सामना गरेको ऐरीले एक चौका र एक छक्का प्रहार गरे ।

शनिबार ०७, असार २०८२ ०७:०६

योगले जीवनमा प्राकृतिक सन्तुलन

योगगुरुका अनुसार मानिससँग सूक्ष्म शरीर र स्थूल शरीर दुई प्रकारको हुन्छ । स्थूल अर्थात् बाह्य शरीरलाई धोइपखाली गरेर सफा पार्न सकिएला तर मानिसभित्रको सूक्ष्म शरीरलाई पानीले पखाल्न सकिँदैन । सूक्ष्म शरीरको रक्षा गर्ने अर्थात् रोगको निवारणकारी उपाय योग रहेको खड्का बताउनुहुन्छ । त्यस क्रममा खड्काले थप्नुभयो, “जसरी कुनै कम्प्युटरमा भाइरस लाग्दा हटाउन भित्रै प्रतिजैविक पठाउनु पर्छ, त्यसै गरी योग र ध्यान मानिसका लागि कुनै पनि रोग र शोकका विरुद्धमा प्रतिजैविक संयन्त्र हो ।”

शनिबार ०७, असार २०८२ ०७:१४

बुढीगंगा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विशेष प्राथमिकता

नीतिमा बजेट तर्जुमालाई मध्यमकालीन खर्च संरचनासँग जोडिने र लैंगिक उत्तरदायी बजेट प्रणालीलाई मुख्य शर्तको रूपमा लागू गरिने उल्लेख गरिएको छ। आर्थिक ऐन परिमार्जन गर्दै आन्तरिक श्रोतहरू परिचालन गरेर आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको छ। व्यवसायिक कर, घरबहाल कर, सम्पत्ति कर अनिवार्य रूपमा संकलन गरिनेछ भने सरकारी तथा खाली जग्गामा बनेका निजी संरचनाहरूबाट एकीकृत दरमा कर उठाइने नीति लिइएको छ।

मङ्गलबार १०, असार २०८२ ०३:५२