शनिबार, २८ असार २०८२

आज विश्व पानी दिवस मनाइँदै

शनिबार ०९, चैत २०८१ ०९:०८

एमाले सुदूरपश्चिम कमिटीले २९ गते धनगढीमा बृहत् सभा गर्ने

शुक्रबार बसेको नेकपा एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकले विशेष सभाको तयारी तीब्र पारेको जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदेश उपसचिव भागरथी विष्टले जानकारी दिइन्।

शनिबार २३, चैत २०८१ ११:०३

बाजुराका कराते खेलाडी पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न भारत जाँदै

खेलाडी सहीत १ टिम व्यवस्थापक रमेश  बहादुर रावत र प्रशिक्षक नरेन्द्र ओली टिममा सहभागि हुने गरि विदाई गरिएको गाउँपालिका अध्यक्ष दिबहादुर रावतले बताएका छन् । गाउँ, समाज र देश चिनाउने विधा नै खेलकुद भएकोले पालिकाको लगानी र सरोकार खेलाडी उत्पादनमा केन्द्रीत गरिएको अध्यक्ष रावतको भनाई छ ।

शनिबार २३, चैत २०८१ ०१:०१

‘ग्रीन गार्डेन’ बनाउन बाजुरा जिल्ला अस्पतालमा वृक्षारोपण

अस्पताल परिसरको हालको अवस्थालाई थप मनोमोहक र हरियाली बनाउन वृक्षारोपण गरिएको कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले जानकारी दिए । अस्पताललाई ग्रीन गार्डेन बनाउने उदेश्यका साथ अस्पताल परिसर भित्र बिरुवा बृक्षरोपण कार्यलाई निरन्तरता दिईदै आएको यादवको भनाई छ ।

शनिबार २३, चैत २०८१ ०१:३८

मोदीजी सगरमाथा संवादमा नआउने, ओलीको थाइल्याण्ड भ्रमण बन्यो फलदायी

‘मोदीजीसँग भेट भयो । श्रीलंकाका प्रधानमन्त्री, भुटानका प्रधनमन्त्री, म्यानमारका प्रधनमन्त्रीसँग पनि भेट भयो,’ ओलीले भने, ‘खास यहाँहरुको चासो भारतका प्रधनमन्त्रीज्यूसँग भेट कस्तो भयो, के भयो भन्ने कुरा, भेट अत्यन्तै राम्रो, सुमधसुर वातावरणमा मित्रता, हार्दिकताका साथ भेट भयो ।’

शनिबार २३, चैत २०८१ ०१:५८

धनगढीमा एमालेले चैत्र २९ गते बृहत् विशेष सभा गर्ने

लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समयमा देखिएका अराजकताविरुद्ध जनसमर्थन र सकारात्मक सन्देश प्रवाहका लागि सभा आयोजना गर्न लागिएको प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । बिशेष सभा शान्ति, सुशासन र विकासका पक्षधरहरुलाई एकीकृत गर्न हो, अराजकता मच्च्याउने भीडका विरुद्ध हो, सकेसम्म सबै लोकतन्त्रवादीलाई सहभागि गराउने गरि तयारी गरिएको अध्यक्ष जैशीले भने ।

शनिबार २३, चैत २०८१ ०२:४२

घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु

चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए ।

शनिबार २३, चैत २०८१ ०३:२०

शिक्षक आन्दोलन समय, सन्दर्भ र जिम्मेवारी

शिक्षकको कर्म आम अभिभावकका बालबालिकालाई असल र जीवनोपयोगी शिक्षाले दीक्षित गर्ने हो । लाग्छ, अहिले शिक्षक समुदाय एक्लो सडकमा लम्पसारिरहँदा विद्यालय शिक्षा ऐन ल्याउनु भनेको शिक्षकको लागि मात्र हो जस्तो छ । देशमा वहुदलीय व्यवस्था पुनस्र्थापना भएको करिब चार दशक पुग्न थाल्यो । लोकतान्त्रिक गणतन्त्रको अभ्यास हुनथालेको पनि करिब एक दशक पुग्न थाल्यो । विडम्बना सार्वजनिक शिक्षा क्षेत्र भने २०२८ को शिक्षा ऐनबाट नै लगाम लागेको छ । व्यवस्थालाई प्रणालीले डोर्याउँदछ ।

शनिबार २३, चैत २०८१ ०९:११

जाजरकोट भूकम्पमा आठ जना घाइते

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार भूकम्पमा परी रुकुमपश्चिममा दुई र जाजरकोटमा ६ जना घाइते भएको जनाएको छ ।

आइतबार २४, चैत २०८१ ०६:२६

बाजुरा अस्पताललाई ‘ग्रीन गार्डेन’ बनाउन गौमुलले गर्यो विरुवा सहयोग

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बोटहरु अस्पतालमै पुगेर हस्तान्त्रण गरेका थिए । बाजुरा जिल्ला अस्पतालले परिसरलाई हरियाली र मनोरम बनाउने लक्ष्य सहीत ‘ग्रीन गार्डेन’ अभियान थालेको छ । अध्यक्ष हरि रोकाया सहीत जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले समेत आफै अस्पताल परिसर पुगेर वृक्षारोपण गरेका थिए ।

आइतबार २४, चैत २०८१ ०१:२८

बाजुराका गोर्खे सार्की पाँच दिनदेखि भारतको दिल्लीबाट बेपत्ता

हराएका आफ्ना ठुला बुबालाई खोजी कार्यका लागि आफन्तलाई आग्रह गरेका छन् । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले कहीँकतै भएमा परिवारलाई खबर गरी सहयोग गरिदिन अपिल गरेका छन् ।

आइतबार २४, चैत २०८१ ०१:३३

एमाले बाजुराको शुभकामना सन्देश : केही नभएको भन्ने छैन्, निराशा हटाउन थप काम देखाउनु पर्छ

नेकपा एमालेका केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले समाजमा दलहरु प्रति निराशा छाएको विषयमा गम्भीर हुनु पर्ने बताएका छन् । केही नभएको र नगरिएको छ भन्ने भ्रम नै फैलाउन खोजिएको छ । त्यो चिर्न तर्फ नेता कार्यकर्ता र वौीद्धक वर्ग अग्र भागमा देखिनु पर्छ थापाले भन्नु भयो ।

आइतबार २४, चैत २०८१ ०८:०२

अनेरास्ववियुका नेता रोकाया भन्छन्–टपरलाई शिक्षक बनाउँ, दोब्बर तलब सुविधा तोकौं

देशमा डाक्टर, इन्जिनियर बन्छु भन्नेहरु धेरै भएको र शिक्षककै छोराछोरीहरुले समेत शिक्षक बन्ने सपना नदेखेको भन्दै रोकायाले ‘विश्वविद्यालयका टपरहरुको पहिलो सपना टिचर र लेक्चरर बन्ने हुनुपर्नेमा जोड दिएका छन् ।

आइतबार २४, चैत २०८१ ०८:०५

धनगढीको स्वस्तिक अस्पतालको सेवा १०० शैयामा विस्तार, आईभीएफ केन्द्र पनि चलाइने

तिवारीले अस्पतालमा २४ घण्टै इमर्जेन्सी सेवा, जनरल मेडिसिन विशेषज्ञ सेवा, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा सौन्दर्य रोग विशेषज्ञ सेवा, मुटुरोग विशेषज्ञ सेवा, रेडियोलोजी विशेषज्ञ सेवा, नाक, कान, घाटी रोग विशेपज्ञ सेवा, डेन्टल केयर विशेषज्ञ सेवा, फिजियोथेरापी सेवा, प्रयोगशाला, एक्सरे तथा अल्ट्रासाउण्ड सेवा, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी विशेषज्ञ सेवा, युरो सर्जरी विशेषज्ञ सेवा, न्युरो सर्जरी विशेषज्ञ मेवा उपलब्ध हुने बताए ।

आइतबार २४, चैत २०८१ ०९:०२

कैलाली बहुमुखी क्याम्पसको रोजाइमा परेका यमराज, दोस्रो कार्यकालका लागि सभापतिमा लड्दै

यमराजले पनि आफ्नो जितलाई निरन्तरता दिँदै दोस्रो कार्यकाल ऐतिहासिक बनाउने संकल्प सहीत मैदानमा छन् । दुई वर्षे आफ्नो कार्यकालमा क्याम्पस हितमा उल्लेख्य काम गरेर विद्यार्थी र क्याम्पस प्रशासन दुबैको मन जितेका यमराज त्यसको निरन्तरतामा देखिदा नेविसंघका सन्तोष पन्तले कडा टक्कर दिने देखिन्छ । स्वतन्त्र उठेर टिकट वितरण देखि अन्य आन्तरिक समस्यामा रहेको नेविसंघलाई अनेरास्ववियुका उम्मेदवार यमराजले सहजै पक्षमा पार्ने रणनीतिमा छन् ।

सोमबार २५, चैत २०८१ ०८:०७

गोदावारीका मेयरका मान्छे अवैध धन्दामा, गाडीहरु सिडिओको फन्दामा

उनका अनुसार ठेकेदारले मापदण्डविपरीत उत्खनन नगर्न हुने स्थानमा रोयल्टी उत्खनन गरिरहेको पाइएको थियो। त्यसपछि त्यहाँ उत्खननमा प्रयोग भएका जेसिबी र टिप्पर प्रहरीले नियन्त्रणमा लिएको हो। मालाखेती प्रहरीका प्रमुख डीएसपी गङ्गा थापाले खैरानाबाट ठेकेदारको बदमासीपछि २ वटा २ जेसिबी र एउटा टिप्परसहित मान्छे पनि समातिएको जानकारी दिए।

सोमबार २५, चैत २०८१ ०५:३५

जमिन जोत्नेहरु नै भूमिहिन र भोकै हुने व्यवस्था अन्त्य हुनु पर्छ : शान्ता चौधरी

चौधरी भूमि अधिकार तथा श्रमिक संगठनको केन्द्रीय अध्यक्ष पनि हुन् । उनले भावक भएर राज्यलाई प्रश्न गरिन्– यो कस्तो विडम्बना हो, जमिन जोत्छन्, त्यो जमिनको हक पाउँदैनन्, अन्न उत्पादन गर्छन्, खान पाउँदैनन्, आफूले गरेको उत्पादन बजारमा विक्री हुन्छ, पेट भोकै हुन्छ । उनले विभेदकारी व्यवस्था अन्त्य गर्ने कानुन निर्माणमा आफूहरु लागि परेको जानकारी गराइन् ।

सोमबार २५, चैत २०८१ ०८:०३

विमा बोर्ड बाजुराले मनायो स्थापना दिवस : विपन्न विरामीको साहरा बन्यो स्वास्थ्य विमा

स्वास्थ्य विमा बोर्डले आफ्नो नवौं स्थापना दिवस मनाएको छ । नेपालमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनको पनि नौ वर्ष बितिसकेको छ । बाजुरामा २०७४ चैत्र २८ गतेबाट स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिएको हो । बाजुरामा स्वास्थ्य विमाबाट सुविधा लिनेको संख्या ३८ हजार ८ सय ६४ रहेको स्वास्थ्य विमा बोर्ड बाजुराका नाम दर्ता अधिकारी तारा रोकायाले जानकारी दिएकी छन् ।

सोमबार २५, चैत २०८१ ०८:०४

बुढीगंगा नगरपालिका ८ ले गर्यो सार्वजनिक सुनुवाइ

शिक्षा स्वास्थ ,किषि पर्यटन र पुर्वाधार सुरक्षित र समृद्ध विकास भन्ने मुल नारा सहीत सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना वडा अध्यक्ष रमेश रावलले जानकारी दिएका छन् । वडा कार्यालयका तर्फबाट २०७९ साउनदेखि २०८१ फागुन सम्म गरेका गतिविधी बारे जानकारी गराउने र जनताका सुझाव सुन्ने गरि जनप्रतिनिधी पनि कार्यक्रममा सहभागि हुने गरेका छन् ।

सोमबार २५, चैत २०८१ ०८:०९

चार प्रदेशमा वर्षाको सम्भावना

मङ्गलबार २६, चैत २०८१ ०८:१४

अछाम जयगढको विनाशकारी आगलागी, २७ घर जलेर खरानी, ७ करोड बढीको क्षति अनुमान

कोही कराउने, कोही रुने र कोही चिच्यान थाले । जतिबेलासम्म आधा जयगढ बजार जल्नेतयारीमा थियो । आगलागी बजारकै हिमाल जनरल स्टोरबाट सुरु भएको हो । विजुलीको तार सर्ट भएर हो, वा ग्याँस सिलिण्डर पड्केर हाृ, अझै एकीन प्रहरीले गर्न सकेको छैन् । आइएमइ सेवा सञ्चालन भइरहेको पसलबाट आगलागी भएको भन्नेबारे मात्रै प्रहरी जानकार देखिन्छ ।

बुधबार २७, चैत २०८१ ०९:३८