शनिबार, ३० फागुन २०८२

बडिमालिका नगरपालिकामा किशोर–किशोरी तथा युवामैत्री सुरक्षित स्थान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाजुरा : किशोर–किशोरी तथा युवामैत्री सुरक्षित स्थान स्थापना सम्बन्धी समझ बढाउन तथा समुदायलाई सुरक्षित र सहयोगी वातावरण बनाउन सबै सरोकारवालाको भूमिका र जिम्मेवारी पहिचान गर्दै संयुक्त योजना तयार गर्ने उद्देश्यले बडिमालिका नगरपालिकामा एक दिने संयुक्त कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
परियोजना अधिकृत पुष्पा गिरिका अनुसार नगरपालिका स्तरमा स्वास्थ्य संस्था प्रमुख (HF), विद्यालय व्यवस्थापन समिति तथा अभिभावक संघ (SMC–PTA), समग्र यौनिकता शिक्षा (CSE) शिक्षक, बाल संरक्षण सामाजिक कार्यकर्ता (CPSW)  बाल संरक्षण सामाजिक कार्यकर्ता कार्यशाला आयोजना गरिएको हो।
 शुक्रबार गिफ्ट नेपालद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवालाहरूलाई किशोर–किशोरीमैत्री सुरक्षित स्थानको अवधारणा, समुदायको भूमिका तथा समन्वयात्मक कार्ययोजनाबारे जानकारी गराइएको थियो।
बडिमालिका नगरपालिका भित्रका जुगाडा स्वास्थ्य चौकी, पिनालेख स्वास्थ्य चौकी लगायत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा विद्यालयका शिक्षकहरूलाई किशोर–किशोरीको प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा ओरियन्टेसन कार्यक्रम समेत प्रदान गरिएको थियो।
नगरपालिका भित्रका किशोर–किशोरीहरूको स्वास्थ्य अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको सहजीकरण गिफ्ट नेपाल बाजुराका प्रबन्धक कृष्णबहादुर अधिकारीले गर्नुभएको थियो भने किशोर–किशोरीमैत्री तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा परियोजना अधिकृत पुष्पा गिरिले सहजीकरण गर्नुभएको थियो।
विद्यालयका शिक्षक तथा बडिमालिका नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरूको सहभागितामा किशोर–किशोरीमैत्री तथा प्रजनन स्वास्थ्य सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बडिमालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले किशोर–किशोरीका स्वास्थ्य, सुरक्षा र सचेतनाका विषयमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस