आइतबार, २३ कार्तिक २०८२

नेपालमा यस्तो छ भाइटीकाको विधि

भाइटीका लगाउने विधि र परम्परा नेपालका विभिन्न स्थानमा फरक–फरक छ । तर यसको महत्व भने साझा छ । भाइटीकाको दिनले दिदीबहिनी र दाजुभाइबीच आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउने र अटल सौभाग्य तथा ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ ।

बुधबार २९, कार्तिक २०८० ०८:५९

भाइटीका लगाउँदा कता फर्किने ? कुन-कुन रंगका टीका लगाउने !

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने भएकाले दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किनुपर्ने उनको भनाइ छ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ ।

बुधबार २९, कार्तिक २०८० ०९:०१

बाजुराका पत्रकारले देउसी खेलेर संकलन गरेको रकम भुकम्प प्रभावितलाई सहयोग गर्ने

संकलन गरिएको रकम मध्ये ७५ प्रतिशत रकम जाजरकोटका भुकम्प प्रभावित पत्रकारलाई सहयोग गर्ने निर्णय गरेका छन् । भुकम्पबाट प्रभावित बनेका घरवार विहिन पत्रकारलाई राहत स्वरुप संकलन गरिएको रकम पठाउने तयारी गरिएको पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले बताएका छन् ।

बुधबार २९, कार्तिक २०८० ०७:५७

पदम खत्री स्मृति खुला भलिबल प्रतियोगिता बाजुराको पैमामा सुरु

प्रतिष्ठानका तर्फबाट खेल र साँस्कृतिक कार्यक्रम हरेक वर्ष आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकास र कला सँस्कृतिको जगेर्ना गर्ने गरि कार्यक्रम आयोजना गर्ने गरिएको पदम खत्री स्मृती प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले बताएका छन् । प्रतियोगिताको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका हुन् ।

बिहिबार ३०, कार्तिक २०८० ०९:१६

मंसिर १४ देखि सुरुहुने ‘समृद्धिकालागि संकल्प यात्रा’को तयारीमा जुट्यो एमाले प्रदेश कमिटी

बैतडीको झुलाघाट देखि  पाँचथरको चिवा भन्ज्याङ सम्म नेकपा एमालेले पुष्पलाल मध्य पहाडी राजमार्गमा ‘समृद्धिका लागि संकल्प यात्रा’ सञ्चालन गर्ने भएको छ । तराइ, पहार र हिमाल जोड्ने, जनताका समस्यासँग एमाले जोडिने यात्राका रुपमा देशव्यापी अभियान सञ्चालन गर्न थालिएको प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले बताएका छन् ।

बिहिबार ३०, कार्तिक २०८० ०९:३५

आकर्षक बन्दै नाटेश्वरी मन्दिर, सुदूरपश्चिमकै भव्य संरचना तयार

त्रिबेणी नगरपालिकास्थित ७ मा पर्ने नाटेश्वरी पछिल्लो समय भब्य संरचना बनेका छन् । नगरपालिकाका अनुसार ६ करोड रुपैंयाँको लगानीमा नाटेश्वरीमा आकर्षक संरचनाहरु बनेका छन् । मन्दिर बाहेक धर्मशाला, खानेपानीका धारा, मन्दिरसम्म पुग्ने सिंढी, ठाउँ—ठाउँमा गेट र बलि चढाउने ठाउको निमार्ण भएका छन् ।

शुक्रबार ०१, मङि्सर २०८० ०७:४८

नगद नभेटेपछि मार्तडीमा पक्राउ परेका ५ जना जुवाडे १२ घण्टा नबित्दै छुटे

नियन्त्रणमा लिएका व्यक्तिहरुबाट कुनै रकम नभेटिएको र तिहार बिशेष रमाइलो मात्रै गरेको प्रारम्भीक अनुसन्धानका क्रममा भेटिएपछि प्रहरीले सबैलाई छोडेको हो । आवश्यक प्रक्रिया सहीत वकिल कार्यालयमा हाजिर गराएर थप अनुसन्धान गर्ने गरि सबैलाई छोडेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार ०१, मङि्सर २०८० ०८:००

पदम खत्री स्मृति खुला भलिबलको फाइनलमा जनक दानी स्पोर्टस क्लब र एलि कन्ट्रक्सन भिड्ने

जनक दानी स्पोर्टस क्लबले त्रिवेणी ९ पैमा र एलि कन्ट्रक्सनले आयोजक ए टिमलाई सेमिफाइनलमा पराजित गरि फाइलन पुगेका हुन् । दुबै टिमबीच उपाधीका लागि भोलि प्रतिस्पर्धा हुने पत्रकार जनक बोहराले जानकारी दिएका छन् ।

शुक्रबार ०१, मङि्सर २०८० ०८:०२

पदम खत्री स्मृति खुला भलिबलको उपाधी एलि कन्ट्रक्सनलाई, जनक दानी स्पोर्टस क्लब बन्यो उपविजेता

कडा प्रतिस्पर्धाका बीच भएको खेलमा अन्तिम सेट १५ को खेलाईएको थियो । प्रतियोगिताको विजेता टिम अछामले ७१,१११। नगद, ट्रफि, प्रमाण पत्र र मेडल हात पारेको छ । भने उपविजेता बनेको जनक दानी स्पोर्टस क्लबले ३५,१११। सहीत ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

शनिबार ०२, मङि्सर २०८० ०३:५५

क्यानडामा ‘को–हजबेण्ड’लाई उत्कृष्ट अवार्ड

मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एसासियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एसासिएट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।

शनिबार ०२, मङि्सर २०८० ०६:२९

बाजुरामा मोटरसाइकल दुर्घटनामा परि दुई जना घाइते, एक जनालाई धनगढी रिफर गरियो

घाइते खड्काको टाउको र बायाँ हातमा चोट लागेको छ । भने अर्का सन्देश सिंहको निधारमा सामान्य चोट लागेको छ । बढी चोट लागेकोले खड्कालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । भने सिंहको बाजुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार ०२, मङि्सर २०८० ०७:५९

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अष्ट्रेलियाले त्यसपछि लगातार ७ खेल जितेर सेमिफाइनलमा पुगेको थियो ।

आइतबार ०३, मङि्सर २०८० ०८:१३

बाजुरामा बसले लिन थाले ४ सय बढाएर मनोमानी भाडा, प्रहरी प्रशासन मौन

तोकिएको समयमा पनि बस नहिडाउँने र यात्रुको चापलाई देखाएर आफूखुसी भाडा असुल्ने गरेको आरोप लागेको छ । यात्रुहरुले भाडा ४ सय किन बढेको भन्दा उल्टै जान मन छैन्, भन्दै थर्काउने काम समेत मार्तडी काउन्टरबाटै हुने गरेको आक्रोश यात्रुहरुको छ ।

आइतबार ०३, मङि्सर २०८० ०८:०६

बाजुराबाटै ५० जना नेपाली सेना हुन पाउने

बाजुरामा सैनिक परिवारबाट २ जना खुल्ला तर्फ २६ जना महिला ५ जना ७जना आदिबासी जनजाती ६ जना मधेशि ,दलित ३ जना १ जना पिक्षे गरि जम्मा ५० जनाका लागि कोटा निधारण गरिएको सुचनामा उल्लेख गरिएको छ । बाजुरामा दुर्गाभन्जन गुल्म मार्तडीमा भर्ना लिइने जनाएको छ । यो बाजुरामा भर्ना र छनौटका लागि दोस्रो पटक हो ।

शुक्रबार ०८, मङि्सर २०८० ११:३९

भीमदत्तको सालीक तोडफोडप्रति कंचनपुर एमालेको ध्यानाकर्षण, संलग्नलाई कारवाहीको माग

‘राष्ट्रवादी कंचनपुरबासी’ को नाममा व्यानर बनाएर प्रर्दशनमा उत्रिएको भीडले भीमदत्त पन्तको सालीक तोडफोड गरेका हुन् । राजतन्त्र र राजावादीको पहिचान दिनेहरुबाटै गरिब, दुखी र किसान जनताका प्रीय र गौरवमय इतिहास बोकेका नेताको सालीक तोडफोडमा संलग्नहरुलाई पहिचान गरि यथाशिध्र कारवाही गर्न एमाले कंचनपुरले माग गरेको छ ।

शुक्रबार ०८, मङि्सर २०८० ०६:३८

अराजकताको तमासे नहुन र दोषीलाई कारवाही गर्न सरकारसँग एमाले सुप कमिटीको माग

‘राष्ट्रवादी कंचनपुरबासी’ को नाममा व्यानर बनाएर प्रर्दशनमा उत्रिएको भीडले भीमदत्त पन्तको सालीक तोडफोड गरेका हुन् । राजतन्त्र र राजावादीको पहिचान दिनेहरुबाटै गरिब, दुखी र किसान जनताका प्रीय र गौरवमय इतिहास बोकेका नेताको सालीक तोडफोडमा संलग्नहरुलाई पहिचान गरि यथाशिध्र कारवाही गर्न एमालेले माग गरेको छ ।

शुक्रबार ०८, मङि्सर २०८० ०७:१३

बुढीगंगा ५ लाई बाल विवाह मुक्त र महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा

विहेवारी २० पारी अभियानालाई सहयोग गर्न वडा बासी प्रतिवद्ध छन् । भने महिनावारी स्वच्छताका लागि पनि प्रत्येक घर परिवार र स्वयम व्यक्तिले प्रतिवद्धता सहीत व्यवहारिक कार्यान्वयन गरेपछि घोषणा गरिएको नगर उपप्रमुख माया कुँवरले बताएकी छन् ।

शुक्रबार ०८, मङि्सर २०८० ०८:२२

पोषण अवस्था सुधारको माग सहीत मुक्तिकोट बासीले बुझाए गाउँपालिकालाई ज्ञापन पत्र

गाउँमा खानेपानीको सहज आपूर्ति हुनु पर्ने, सिँचाइ सुविधा निर्माण गरिनु पर्ने, कुपोषित आमा र बच्चालाई बिशेष पोषण कार्यक्रम लागु गर्नु पर्ने, बस्ती स्थान्तरण र रोजगारीका लागि पहल गरिनु पर्ने माग सहीत ज्ञापन पत्र बुझाएको समूहका सहजकर्ता धनपति विकले बताएका छन् ।

शुक्रबार ०८, मङि्सर २०८० ०८:३२

बडीमालिका र बुढीगंगाले लैङ्गिक हिंसा विरुद्धको अभियानका १६ सचेतना मुलक कार्यक्रम गरि मनाउने

अभियान नोभेम्वर २५ देखि डिसेम्बर १० तारिखसम्म १६ दिन मनाउने गरिएको छ । लैङ्गिक अधिकारको समानताका लागि घरबाटै सचेत र जागरुप बनाउने लक्ष्य सहीत अभियान विश्वभर बनाउने गरिएको छ ।

शुक्रबार ०८, मङि्सर २०८० ०९:५७

बाजुरामा खाद्य अधिकार हनन् र मनोमानी भाडा विरुद्ध नागरिक अगुवाले कानुनी उपचार खोज्ने

जिल्ला खाद्य अधिकार सञ्जाल बाजुराको बैठकमा सहभागि नागरिक अगुवाहरुले कृत्रिम अभाव सिर्जना गर्ने, महँगी र कालोबजारी गर्ने जस्ता खाद्य अधिकार हनन्का घटनामा जोडिएका व्यक्ति र प्रक्रियामा समावेश पात्रहरुलाई कानुनी उपचार नै खोज्ने निर्णय गरिएको सञ्जालका अध्यक्ष लक्ष्मीराज पाध्यायले बताएका छन् ।

शनिबार ०९, मङि्सर २०८० ०३:४१

‘समृद्धिका लागि संकल्प यात्रा’मा जुट्यो एमाले सुदूरपश्चिम

भारत र नेपालकको सीमा नाका बैतडीको झुलाघाटबाट सुरु भएको यात्रालाई पाँचथरको चिवा भन्ज्याङसम्म पुर्याएर समापन गर्ने तालिका नेकपा एमालेले सार्वजनिक गरेको छ । पुष्पलाल मध्येपहाडी लोकमार्ग भएरै यात्रा सञ्चालनको तयारी थालिएको हो । मध्येपहाडी लोकमार्ग पनि नेकपा एमाले नेतृत्वको सरकारकै पालामा निर्माण थालनी गरिएको हो ।

शनिबार ०९, मङि्सर २०८० ०८:४१

भुकम्पले भत्केका घर र दुखेका मन जोड्दै एमालेका योद्धा

उसोत त माओवादी प्रभावको क्षेत्रमा एमालेको प्रभावकारी काम भइरहेको छ । उद्दार र राहतका लागि जुट्न अरु पार्टीले उर्दि जारी गर्दा एमालेका योद्धाहरु मैदानमा खटिसकेका थिए । मजदुर संगठन, युवा संघ र अनेरास्ववियुले मंसिर नलाग्दै स्वमसेवी कार्यमा जुटिरहेका छन् ।

आइतबार १०, मङि्सर २०८० ०३:१८

एमालेको संकल्प यात्रामा झल्कियो सुदूरको मौलिक सँस्कृति

यो क्रम पाँचथरको चिवाभञ्जाग सम्म नै निरन्तर रहने पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन् । सुदूरपश्चिमका शिर्ष नेता समेत रहेका थापाले यो यात्राले देश निर्माणमा नयाँ तरंग दिने, पार्टी प्रतिको विश्वास र जनसम्पर्क बढ्ने दाबी गरेका छन् ।

शुक्रबार १५, मङि्सर २०८० ०५:५१