आइतबार, २२ असार २०८२

कैलालीका नदीमा जल सतह उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह

धनगढीः लगातारको वर्षाका कारण आज ९शुक्रवार० देशका केही नदीहरूमा जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कैलालीको पूर्वी भागका नदीमा बहाव उल्लेख्य बढ्ने छ।

बिहान ५ः३० बजेको सूचना अनुसार कैलालीको टिकापुर, चिसापानी लगायत आसपासको स्थानमा भारी वर्षा मापन भएको छ। ती स्थानमा थप वर्षा हुने सम्भावना कायमै रहेकोमा स– साना नदीमा बहाव बढ्नसक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
दिनेश  खबरबाट साभार 

प्रतिक्रिया दिनुहोस