मङ्गलबार, ०६ माघ २०८२

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन २ अन्तर्गत सावित विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले यस सिजनको पहिलो जित निकालेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

माज सदाकत र अनिश शाहको अर्धशतकसहितको लयको ब्याटिङले जनकपुरले जित निकालेको हो ।माजले ३० बलमा ६३ रन जोडे । उनले ६ चौका र ४ छक्का प्रहार गरे । अनिल शाहले ३६ बलमा ६१ रन जोड्न ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर आशिफ शेखले १८, जान निकोल लोफ्टी(इटनले ११ र आदित्य महताले १८ रन जोडे ।
बलिङतर्फ अमर रौतेला, कमलसिंह ऐरी र सोहिल तानवीरले समान १–१ विकेट लिए । जनकपुरका जान निकोल लोफ्टी(इटन रन आउट भएका हुन् ।चितवनका रौतेलाले जनकपुरका सर्वाधिक रनकर्ता माजको महत्त्वपूर्ण विकेट लिए । जनकपुरका दोस्रो रनकर्ता अनिल शाहलाई सोहिल तानवीरले क्याट आउट गराए ।१ ओभर बलिङ गरेका सौगात ढकाल खर्चिला बलर बने । उनले १४ रन खर्चिए । कमल ऐरीले २ ओभर बलिङ गर्दा २७ रन दिए ।

यस जितसँगै जनकपुरको पराजय यात्रा रोकिएको छ । यो टिमले अघिल्ला चार खेलमा सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र काठमाडौं गोर्खाजसँग हारेको थियो ।

चितवनको यो तेस्रो हार । यसअघि यो टिमले काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सविरुद्ध जित हासिल गरेको थियो । लुम्बिनी लान्यस र कर्णाली याक्ससँग हारेको थियो ।

प्रतिक्रिया दिनुहोस