बाजुरा: सदरमुकाम मार्तडीमा भीषण आगलागी भएको छ । बडीमालिका नगरपालिका ८ का स्थानीय प्रकाश थापाको कम्पेलेक्स डिपार्टमेन्टमा विद्यतकाे तार सट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
डिपार्टमेन्टमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासी आगलागि भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जान्कारी दिएकाे छ । दिउँसो साढे १२ बजेबाट सुरु भएको आगो अहिले २ बजे नियन्त्रण लिएकाे छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मीसहित स्थानीयहरु खटिएर आगाे निभाउने प्रयास गरि रहेका थिए । आगो कसरी लाग्यो भन्ने विषयमा एकिन जानकारी प्राप्त हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस