बाजुरा : शिक्षक लाइसेन्स (निमावि) प्राप्त गर्न इच्छुक व्यक्तिहरूका लागि निःशुल्क तयारी कक्षा संचालन हुने भएको छ। उक्त कक्षा गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा मार्तडीमा संचालन गर्न लागिएको छ ।
पछिल्लो समय बेरोजगारि समस्या बिक्राल बन्दै गएको र यस्को दृर्घकालिन समाधानको लागि युवाहरूको दक्षता अभिबृद्दी गरि शिक्षक सेवा र लोक सेवा तयारी कक्षा सञ्चालन गरेर युवाहरूलाई सरकारी सेवामा प्रबेश गर्न सहयोग पुगौस भन्ने उद्देश्य सहित कक्षा सञ्चालन गर्न लागिएको पालिका अध्यक्ष हरि बहादुर रोकायाले बताए ।
आयोग तयारी कक्षा २०८२ साल कार्तिक २५ गतेदेखि सुरु हुने गाउँपालिकाले जनाएकाे छ । अध्ययन–अध्यापन कार्य बडिमालिका शैक्षिक केन्द्र, मार्तडी, बाजुरामा संचालन गरिने गाउपालिकाले जनाएका छन्। यस निःशुल्क तयारी कक्षामा शिक्षक सेवा आयोग र लोक सेवा आयोगको तयारी गरिरहेका, साथै बाजुरा क्याम्पसमा अध्ययनरत वा अध्ययन पूरा गरिसकेका गौमुलबासी विद्यार्थीहरू सहभागी हुन सक्नेछन् ।
पालिकाका अनुसार, यस पहलले गाउँपालिकाबाट शिक्षक सेवा तथा लोक सेवा आयोगमा सहभागी हुने युवाहरूलाई गुणस्तरीय तयारीमा सहयोग पुग्ने र स्थानीय युवाको दक्षता अभिवृद्धि हुने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस