आइतबार, २३ कार्तिक २०८२

राष्ट्रपति पौडेलले जेन-जीसहित आन्दोलनकारीलाई वार्तामा बोलाए

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम परिस्थितिबीच शान्तिपूर्ण समाधान खोज्नका लागि सबै पक्षलाई सहयोग गर्न आह्वान गरेका छन् ।पौडेलले मंगलबार जारी वक्तव्यमा भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकाले मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेछन् भन्ने विश्वास लिएको छु।’

वक्तव्यमा नागरिकले उठाएका मागलाई लोकतान्त्रिक प्रक्रियामार्फत् सम्बोधन गर्न सकिने उल्लेख गर्दै आन्दोलनरत जेन(जी प्रतिनिधिलगायत सबै पक्षलाई वार्ता र संवादमा आउन पनि उनले अपील गरेका छन् । पौडेलले शान्ति र स्थिरता कायम गर्न संयमित रहन सबैलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस