बुधबार, ०१ असोज २०८२

अन्ततः झुके ओली, प्रधानमन्त्री पदबाट राजीनामा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । 
प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । 

भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सरकारी दमन हुँदा १९ जनाको मृत्यु भएपछि मंगलबार आन्दोलन चर्किएको छ ।

प्रदर्शनकारी व्यापक तोडफोडमा उत्रिएर स्थिति नियन्त्रण बाहिर गएसँगै अन्ततः उनले राजीनामा दिएका हुन्

प्रतिक्रिया दिनुहोस