काठमाडौँ : सोमबार आयोजित जेन(जी पुस्ताको प्रदर्शनमा भएको निर्मम दमनविरुद्ध आज बिहानैदेखि भइरहेको आन्दोलन क्रममा नेताहरूको घरमा आगजनी र तोडफोड भइरहेको छ ।
आन्दोलनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आगजनी गरेका छन् । खुमलटारस्थित दाहाल निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका प्रदर्शनकारीले भर्खरै आगजनी गरेका हुन् ।
प्रदर्शनमा दमन भएपछि हिजै राजीनामा दिएका निर्वतमान गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखकको घरमा पनि आक्रमण भएको छ । नैकापस्थित लेखकको घरमा आक्रमण भएको हो ।
यसैगरी, सत्तारुढ नेकपा ९एमाले० का सचिव रघुवीर महासेठको जनपुरस्थित घरमा पनि प्रदर्शनकारीले आक्रमण गरेका छन् ।
प्रदर्शनकारीहरू यतिखेर सत्तारुढ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ वरपर र प्रधानमन्त्री तथा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा पनि प्रदर्शनरत छन् ।
प्रतिक्रिया दिनुहोस