बुधबार, ०१ असोज २०८२

लिजा नतिजामा बुढीगंगा नगरपालीका पुनः उत्कृष्ट सबै भन्दा कम्जाेर बुढिनन्दा नगरपालीका

बाजुरा : आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) नतिजा सार्वजनिक भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिका ८४.२५ अंकसहित जिल्लामा लगातार दोस्रो वर्ष उत्कृष्ट पालीका भएकाे छ । यसले सुदूरपश्चिम प्रदेशस्तरमा दोस्रो स्थान पनि हासिल गरेको छ। गत वर्ष २०७९/८० मा समेत बुढीगंगाले ८४.५० अंक ल्याएर जिल्लामा प्रथम र प्रदेशमा तेस्रो भएको थियो।

यसपटक सुदूरपश्चिममा कैलालीको घोडाघोडी नगरपालिका ८५.५० अंकसहित पहिलो भएको मन्त्रालयले जनाएको छ। बाजुरामा बुढीगंगापछि बडीमालिका नगरपालिका ८३.५० अंकसहित दोस्रो, जगन्नाथ गाउँपालिका ८१.५० अंकसहित तेस्रो, स्वामीकार्तिक खापर ८१, हिमाली ७५.५०, त्रिवेणी ७४.७५, खप्तड छेडेदह ७३.५०, गौमुल ६९.५० अंकमा रहेका छन्। सबैभन्दा कमजोर बुढीनन्दा नगरपालिका ६१.७५ अंकसहित अन्तिम स्थानमा परेको बताइ एकाे छ । मन्त्रालयका अनुसार लिजा नतिजा सार्वजनिक गर्ने उद्देश्य स्थानीय तहको कार्यप्रक्रिया मूल्याङ्कन गर्ने, सुधार आवश्यक क्षेत्र पहिचान गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउने  हाे ।

प्रतिक्रिया दिनुहोस